हिलटेकको नयाँ ट्याङ्की बजारमा



हिलटेकका संचालक कमल जैन

नेपाल समाचारपत्र, काठमाडौं ।
हिलटेक नेपालले नेक्स्ट ट्याङ्की बजारमा ल्याएको छ । अहिलेसम्म बजारमा आएका हिलटेकका ट्याङ्की भन्दा राम्रो र गुण्स्तरीय नेक्स्ट ट्याङ्की बजारमा आएको हो ।यसका साथै हिलटेकले मोर्डन सेरामीक सेनिटरी प्रोटक्टसहरु पनि बजारमा हालसालै सार्वजनिक गरेको छ ।

पुरोनो ट्याङ्कीको मूल्यमा नेक्स्ट ट्याङ्की बजारमा आएको हिलटेकका संचालक कमल जैनले समाचारपत्रलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार हालसालै बजारमा आएको हिलटेक नेक्स्ट ट्याङ्की विभिन्न कलरमा उपलब्ध छ । निकै बलियो र हल्का रहेको उक्त ट्याङ्कीले राम्रो बजार पाएको कम्पनीले जनाएको छ ।

हिलटेकको नेक्स्ट ट्याङ्की सँगै हिलटेकको एचडिपिसी पाईपको पनि बजार माग राम्रो रहेको बताइएको छ । अहिले हिलटेकका उत्पादन लोकप्रिय हुँदै आइरहेका छन ।

२५ वर्ष अगाडि स्थापित भएको हिलटेक कम्पनिले अहिले प्लाष्टिक मात्रै नभएर स्टीलका ट्याङ्की समेत उत्पादन गरीरहेको छ । खिया नलाग्ने स्टीलको प्रयोग गरेर बनाइएको ट्याङ्कीले समेत राम्रो बजार पाईरहेको बताईन्छ । नेपालको सबभन्दा पहिलो पलाष्टिक उद्योग हिलटेकले पलाष्टिकका ट्याङ्की उत्पादन गर्न शुरु गरेपछि जिआई ट्याङ्की विलाएर गएको हो । पलाष्टिकको क्वालिटी राम्रो हुनुको साथै यो ट्याङ्की पहाड, हिमाल जुन ठाउँमा पनि लैजान सजिलो हुने भएकोले निक्कै लोकप्रिय बनेको छ ।

बजारमा ट्याङ्की उत्पादन गर्ने कम्पनी जति आए पनि हिलटेकको विक्री प्रत्येक वर्ष १० प्रतिशतले बढिराखेको कम्पनिले जनाएको छ । २५ वर्षको इतिहासमा उत्पादन सँगै बजार पनि ब्यापक रुपमा बढेको बताइएको छ । एकपटक प्रयोग गर्नेले फेरि–फेरि हिलटेक नै प्रयोग गर्ने गरेको र अरुलाई पनि यही प्रयोग गर्न सल्लाह दिने गरेकोले उपभोक्ता उत्साहीत भएको बताइन्छ । हिलटेक बलियो र राम्रो हुनुमा नयाँ टेक्नोलोजी नै हो ।

हल्का र बलियो भएकोले १५ तला माथिबाट झर्दा पनि यो नफुट्ने कम्पनिको दावि छ । कच्चा पदार्थ पनि महङ्गो खालको र राम्रै प्रयोग गरीरहेकोले क्वलीटी मेन्टेन गर्न सकिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्