वर्ष ०७५ का उत्कृष्ट साहित्यिक पुस्तकहरू



ज्ञानमणि नेपाल कालोटोपी, काठमाडौं ।

नेपाली साहित्यको आकाश फराकिलो छ । फराकिलो यस आकाशमा हजारौं साहित्यकार उदाए र अस्ताए युगौंदेखि । यो क्रम अझै निरन्तर छ । साहित्यको इतिहास पनि निकै लामो छ । इतिहासका कालखण्डमा जति साहित्यकार देखा परे ती सबै सम्झनायोग्य छैनन् । केही साहित्यकारलाई बिर्सियौं भने पनि बिर्सन सकिँदैन । युगौंदेखि जीवन्त रहेका साहित्यकार र साहित्यिक कृतिहरू सबैको उल्लेख गर्न पनि कठिन नै छ ।

हामीसँग वाल्मीकिले रामायणलाई संस्कृत भाषामा लेखेका थिए भन्ने साहित्यिक इतिहास छ । पछि भानुभक्त आचार्यले यसलाई नेपाली भाषामा अनुवाद गरेका थिए । मोतीराम भट्टले रामायणका नेपाली भाषाका पुस्तकलाई प्रकाशन गरेर नेपालीका घर घरमा पु¥याउन सहयोग गरेका थिए । त्यसो त मोतीराम आफैं पनि युवा साहित्यकारका रूपमा परिचित छन् । उनी पछि पनि थुप्रै साहित्यकार सक्रियरूपमा साहित्य लेखनमा लागिरहे ।

पुराना कुरा जे जस्तो भए पनि आधुनिक साहित्य पहिले जस्तो छैन । पहिले लेखक थोरै थिए । सीमित मात्रामा प्रकाशन गृह थिए । वर्षमा ८÷१० वटा पुस्तक पनि प्रकाशित हुन कठिन थियो, तर जति प्रकाशित हुन्थे, उत्कृष्ट र उल्लेख्य थिए । साहित्यले समाजमा घटेका सबैखाले घटना उतार्न सफल भएकैले साहित्यलाई समाजको दर्पण भनिएको हो, तर हिजोआजका साहित्य पृथक किसिमका छन् । पछिल्ला केही दशक यता प्रकाशित भएका कृतिहरूको संख्या बढेको छ, तर संख्यात्मकरूपमा बढे पनि गुणात्मकरूपमा ती कृतिले पाठकका मन जित्न सकेका छैनन् । तुलनात्मकरूपमा पाठकको मन जित्ने र व्यावसायीकरूपमा सफल कृतिको नाम लिने हो भने औंलामा गन्न सकिने खालका छन् ।

यसरी व्यावसायीकरूपमा सफल साहित्यिक कृति बजारमा आउन नसक्नुमा पाठक धेरै बाठा हुनु र लेखकको अल्छीपन नै मुख्य कारण रहेको मञ्जरी पब्लिकेशनका प्रबन्ध निर्देशक एवं युवा साहित्यकार कृष्ण अविरलको भनाइ छ । पछिल्ला दिनमा साहित्यका पाठक घटेका हुन् ? भन्ने प्रश्नमा अविरलले भन्नुभयो– ‘पाठक घटेका होइनन्, तर उनीहरूले फरक पृष्ठभँमिका साहित्य खोजेका छन्, लेखकले त्यस्ता कृति दिन नसकेकै कारण पाठक छरिएका हुन् ।’ हिजोआज सामाजिक सञ्जालमा पाठक व्यस्त भएका कारण पनि साहित्यका पुस्तक पढ्ने पाठक घटेका उहाँको अनुभव छ ।

यस वर्षको भदौमा साहित्यकार नीलम कार्की निहारिकाको योगमाया कृतिका लागि ०७४ सालको मदन पुरस्कार प्रदान गरियो । पुरस्कारका लागि छनोटमा परेका आठ वटा पुस्तकमध्ये निहारिकाको योगमाया कृतिलाई मदन पुरस्कार प्रदान गरिएको थियो ।
मदन पुरस्कार गुठीले ०७४ सालको मदन पुरस्कारका लागि आठ वटा पुस्तक छनोट गरेको थियो । समितिले आफँलाई प्राप्त २ सय ५३ पुस्तकमध्ये आठ वटा पुस्तक छनोट गरेको हो । योगमाया राणाकालमा समाजसुधारका लागि विद्रोह गरेकी भोजपुरकी महिला योगमायाका जीवनीमा आधारित भएर लेखिएको कृति हो । यो अघिल्लो वर्ष ०७४ मा प्रकाशित कृति हो ।

यसपटक हामीले ०७५ सालमा प्रकाशित भएर व्यावसायीकरूपमा सफल र पाठकका मन जित्ने पुस्तक कुन कुन हुन् भनेर खोजी गरेका छौं । यसवर्ष करिब ४ सय जति साहित्यिक कृति बजारमा आएको एक तथ्यांकले देखाएको छ । त्यसमध्ये केही उल्लेख्य कृति यस्ता छन् ः

१. प्रिय सुफी (उपन्यास )

पछिल्लो पुस्ताले धेरै रुचाएका लेखक सुविन भट्टराईको प्रिय सुफी उपन्यास यसवर्ष सफल उपन्यासको रुपमा रहेको छ । यसअघि मनसुन, साया, समर लभजस्ता उपन्यास कृति पाठकलाई दिइसकेका भट्टराईको प्रिय सुफीलाई फाइन प्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिका पाठक विशेष गरी युवायुवती रहेका छन् । किनकि उनका सबैजसो उपन्यास युवायुवती लक्षित गरी लेखिएका पाइन्छन् । मायाप्रेम, विछोड र युवायुवतीमा विपरीत लिंगप्रति हुने शारीरिक आकर्षण सुविनका उपन्यासका विशेषता हुन् । त्यसैले पनि उनी युवायुवतीमाझ लोकप्रिय लेखकका रूपमा स्थापित भएका छन् । उनको पछिल्लो कृति प्रिय सुफी पनि यस्तै उपन्यास हो । यसलाई बजारमा ३ सय ७५ रुपियाँमा किन्न पाइन्छ ।

२. न्याय ( आत्मकथा )

कतिपय कृति साहित्यभन्दा बाहिर रहेर लेखिएका हुन्छन् । लेखकले आफँले भोगेका जीवनका विविध आयामलाई कहिलेकाहीं पुस्तकको रूप दिने प्रवृत्ति हिजोआज बढ्दो छ । यस्तै साहित्यइतरको कृति हो न्याय । पँर्वप्रधानन्यायाधीस सुशीला कार्कीले आफँले काम गर्दा भोगेका विविध घटनाक्रम र न्याय सम्पादनलाई आत्मकथाको रूपमा यसवर्ष पुस्तकको आकार दिएर सार्वजनिक गरेकी छिन् । जसले गर्दा सुशीला कार्की र उनको न्याय पुस्तकलाई खोजी गरेर पढ्ने पाठक यो वर्ष उल्लेख्य रहे । यसमा उनले न्याय सम्पादनमा आफँले भोगेका अनुभव, महिला भएर न्याय सम्पादनमा भोग्नुपरेका कठिनाइ र चुनौतीका विषयलाई घतलाग्दो पाराले चित्रण गरेकी छिन् । जुन विषय भविष्यमा पनि उपयोगी रहने निश्चित भएकाले यसको खोजी धेरै भएको हो । यसलाई बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।

३. विमान विद्रोह ( संस्मरण )

विमान विद्रोह पनि साहित्यभन्दा फरक पुस्तक हो । पँर्वप्रधानन्यायधीस सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीको यो पुस्तक संस्मरणात्मक कृति हो । प्रजातान्त्रान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको आत्मवृत्तान्त विमान विद्रोह एउटा राजनीतिक अपहरणको बयान हो । विसं २००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनमा चर्चित नाम हो ।

तत्कालीन पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पु¥याउनका लागि नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपियाँ लुट्न सुवेदीले वसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर ०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए । विमान अपहरणपछि करिब १० वर्ष लामो प्रवास बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति संवाद गराउने सँत्रधारसमेत बनेका थिए ।

यसरी एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भँमिका खेल्दाका दुवै परिवेश र अनुभव विमान विद्रोहमा समेटिएको छ । यो पुस्तकले पाठकलाई नेपाली इतिहासको रोचक अतिततर्फ फर्काएको छ ।

पुस्तकमा कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षड्यन्त्रको पनि सुवेदीले खुलासा गरेका छन् । साथै आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पुस्तकमा रहेकाले यस पुस्तकले यो वर्ष निकै चर्चा पाएको हो । यसलाई किताब पब्लिसर्स प्रालिले प्रकाशन गरेको हो ।

४. द्रौपदी ( अनुवादित उपन्यास )

द्रौपदी डा. प्रतिभा रायद्वारा लिखित उपन्यास हो । यसलाई नेपालीमा विन्द्या सुब्बाले अनुवाद गरेका हुन् । अनुवादित यस कृतिलाई मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो । यो पुस्तक पनि यो वर्ष धेरै पाठकले रुचाएको पुस्तकका रूपमा रहेको छ । यसमा पौराणिक विषयवस्तु समेटिएको छ ।

भर्खरै नेपाली साहित्यको बजारमा आएको यो कृति सर्वप्रथम ओडिया भाषामा प्रकाशन भएको थियो । धेरै भाषामा अनुवाद भई चर्चाको शिखर बटुलेको यस कृतिको नेपाली संस्करण भने निर्माण प्रकाशन नाम्ची सिक्किमले सन् २०१२ मा गरेको थियो । विन्द्या सुब्बाले हिन्दी संस्करणलाई नेपालीमा अनुवाद गरी याज्ञसेनीबाट द्रौपदी बनाएका हुन् । बदलाको भावनाले प्रेरित राजा दरुपदकी छोरीको नाममा उनैलाई प्रमुख पात्र बनाई लेखिएको यो उपन्यास एउटा सशक्त नारीवादी उपन्यास हो । धर्म स्थापना गर्न होस् या कायम गर्न नारीको सहयोग महŒवपँर्ण छ भन्ने यस पुस्तकले वकालत गरेको छ ।

५. छुटेका अनुहार ( संस्मरण निबन्ध )

भागेर भँगोलभरि कवितासंग्रह (२०७१) बाट निकै नै चर्चामा आएका कवि रमेश सायनले पछिल्लो पटक सार्वजनिक गरेको संस्मरण निबन्ध छुटेका अनुहार पनि यसवर्ष सबैभन्दा बढी रुचाइएको पुस्तकका रूपमा रहेको छ । आफँ कोरियामा बसेर दिनभरि काम गरिरहँदा पनि उनले नेपाली साहित्य लेखनलाई निरन्तरता दिइनै रहे ।

सायनको यस कृतिमा अटाएका निबन्धमा मनोरञ्जन, सपना, दुर्घटना, दुःख, प्रेम, परिवार, संघर्ष, धर्म, समाज, सामाजिक उच निच, आन्दोलन, शिक्षा, परम्परावादी आचरण, आधुनिकीकरणतिरको अनुकँल पाइला, अथाह मनोकांक्षा, स्वतन्त्र अवधारणा, हास्यव्यंग्यात्मक अभिव्यक्ति, विदेशका विविध परिघटनालगायतका विषय वस्तुले प्रवेश पाएका छन् ।

छुटेका अनुहारको पहिलो निबन्ध सिमकार्डमा एउटा सिमकार्ड पाउन कतिसम्म संघर्ष गर्नुप¥यो भनेर सायनले आफ्नै जीवनको एउटा पाटोलाई प्रस्तुत गरेका छन् । यसलाई लिपि बुक्सले बजारमा ल्याएको हो ।

६. छलियुग ( उपन्यास )

करिव २ दशक बढी सक्रिय पत्रकारिता गरेका कृष्ण अविरलको पछिल्लो कृतिको नाम हो छलियुग । यो उपन्यास हो । भर्खरै मात्र बजारमा आएको यो पुस्तक पनि यतिबेला चर्चामा छ । यसअघि रक्तकुण्ड, शाहवंशको शल्यक्रिया, विषपुरुष, रक्तबीज, नम्रतालगायत १२ वटा कृति प्रकाशित गरिसकेका अविरल यथार्थमा आधारित कृति लेख्न खप्पिस छन् । उनको छलियुग पनि यस्तै सामाजिक उपन्यास हो । यसमा वैदेशिक रोजगारले निम्त्याएको सामाजिक विचलन अनि सन्तान भएर पनि निःसन्तान हुनुको पीडा भोगिरहेका समाजका अनेक बाबुआमाको आँसु पोखिएको छ । आजको युग कसरी नैतिक पतनतिर गइरहेको छ भन्ने कुराको एउटा सुन्दर साहित्यिक दस्तावेज हो छलियुग ।

यस्तै सरोज रेग्मीको लेखन रहेको र बुक वल्र्ड पब्लिकेसनले बजारमा ल्याएको उपन्यास मिस यु , डा. तारानाथ शर्माको नेपालदेखि अमेरिकासम्म (पुनः प्रकाशित ) कृतिलाई पनि पाठकले रुचाएका भए पनि कुनै समय सोच पुस्तक सार्वजनिक गरेर चर्चा पाएका कर्ण शाक्यको पछिल्लो पटक बजारमा आएको संस्मरणत्मक कृति कोषले भने सोचेजस्तो बजार पाउन सकेन । यस्तै शिखा बुक्सबाट प्रकाशित दामोदर न्यौपानेको स्कुल बेच्ने बालक, किशोर पहाडीको रोजा कथा, भुवनहरि सिग्देलको अद्भुत तिवारी, शहदेव बस्नेतको सहकारी ज्ञानसागरलगायतका कृति पनि यसवर्ष पाठकले धेरै रुचाएका कृतिभित्र परेका छन् ।

यसवर्ष शब्द्धार्थ प्रकाशनबाट करिब ३ दर्जन साहित्यिक कृति प्रकाशित भए । जसमध्ये अमरत्वको सम्झना (प्रा.शिवगोपाल रिसाल), छेउ न टुप्पो (प्रकाशप्रसाद उपाध्याय ), समसामयिक नेपाली समालोचना (प्रा.राजेन्द्र सुवेदी), देवानको औँठी (जनक वाग्ले), भविष्यवाणी (राममणि पोखरेल), चँडाला (वेदमणि घिमिरे), सम्मीलन (ठाकुर शर्मा), नेपाली गणित कोष (महेश्वरप्रसाद उपाध्याय), सुदर्शन (कमल रिजाल), कोशीको उडान (डा.विदुर चालिसे), निदाउन नसकेका रातहरू (गोपाल अश्क), जिलेटिनमा फँल (दुर्गाप्रसाद ग्वालटारे), प्रेमाञ्जली (विनयकुमार शर्मा नेपाल) राप (चन्द्रमणि पौडेल), ब्रिटिस ओइदर (रामहरि पौड्याल), मानव अधिकार शब्दकोश (माधव रेग्मी र कैलाशकुमार सिवाकोटी), मुक्तकाञ्जली (तिलस्मी प्रभास), आभास (विनोदकुमार श्रेष्ठ) लगायतका पुस्तक पनि चर्चामा रहेका छन् ।

उल्लेखित पुस्तकका अतिरिक्त विभिन्न प्रकाशनले धेरै पुस्तक बजारमा ल्याएका छन् । तर कतिपय प्रकाशनले आफँले सार्वजनिक गरेका र बिक्री भएका पुस्तकको सही तथ्यांक दिन चाहेनन् । पछिल्ला दिनमा सरकारले राजस्वमा कडाई गरेपछि प्रकाशनगृहले सही राजस्व सरकारलाई नदिएका कारण केही प्रकाशन बन्द नै भएको पाइएको छ ।

यस्तै समस्या अन्य गृहमा पनि आउन सक्ने अवस्थालाई बुझेका त्यस्ता संस्थाहरुले बिक्री भएका पुस्तकको अवस्था अपडेट नगरेका हुन् । सरकारले यस्ता राजस्व छली गर्ने प्रकाशनगृहमाथि निगरानी राख्ने हो भने पक्कै पनि सही सत्य बाहिर आउन सक्नेछ । यसवर्ष जति साहित्यिक पुस्तक प्रकाशित भए सबैलाई शुभकामना छ । आगामी वर्ष अझ उत्कृष्ट पुस्तक प्रकाशित हुन सफल होऊन् ।

प्रतिक्रिया दिनुहोस्