मोबाइलको बढ्दो प्रयोग



बैज्ञान प्रविधिको विश्वमा बढिरहेको विकासले नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ। मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ।

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ। यसले गर्दा आविष्कारकर्ता फरक खालको सेवा सुविधा विकास गर्नमा कटिबद्ध रहेका छन्।

नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ। नेपालमा वार्षिक रूपमा २४ अर्ब ८८ करोड रुपियाँको मोबाइल भित्रिने गरेको तथ्यांक रहेको छ।

गत आर्थिक वर्ष २०७३÷७४ मा करिब २३ अर्ब रुपियाँको मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। जसमा ६० लाख अटो मोबाइल सेट भन्सार हुँदै नेपाल भित्रिएको छ। यता २०७४÷७५ मा भने ६२ लाख २४ हजार मोबाइल सेट आयात भएको छ। अन्य प्रयोजनमा पनि उल्लेख्य मात्रामा नेपालमा मोबाइल सेट भित्रिने गरेको पाइन्छ। यसबाट सरकारले राजस्वमा भने करिब ३ अर्ब ३९ करोड रुपियाँ आम्दानी गरेको छ।

यता नेपाल मोबाइल वितरक संंघले दिएको जानकारीअनुसार सन् २०१७ मा ३० लाखको हाराहारीमा मोबाइल सेट बिक्री–वितरण भएको छ भने सन् २०१८ मा ३२ देखि ३५ लाखको मोबाइल सेट बिक्री–वितरण भएको नेपाल मोबाइल वितरक संघ नेपालका महासचिव रघु त्रिपाठीले जनाकारी दिनुभएको छ। मासिकरूपमा करिब ५ लाखसम्मको मोबाइल आयात हुने गरेको उहाँको दाबी छ। नेपालमा मोबाइल सेवा प्रदायकको संख्या ३ करोड ४५ लाख ५७ हजार ५ सय ६३ पुगेको तथ्यांक रहेको छ।

यो संख्या जीएसएम मोबाइल सेवाको सिम प्रयोगकर्ताको संख्या रहेको नेपाल दूरसञ्चार प्रधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। नेपालको जनसंख्याभन्दा सिम प्रयोगकर्ताको संख्या बढिरहेको देखाएको छ। मोबाइलको प्रयोगसँगै सेवा प्रदायकहरूको आम्दानीमा पनि वृद्धि हुँदै गएको छ। नेपालमा २ हजार मूल्यदेखिका १ लाख ५० हजार रुपियाँसम्मका मोबाइल बजारमा उपलब्ध हँुदै आएको संघका महासचिव रघु त्रिपाठीले बताउनुभयो।

नेपालमा १५ हजार रुपियाँदेखि ३० हजार रुपियाँसम्मका मोबाइल प्रयोगकर्ताको संख्या ६० देखि ७० प्रतिशत रहेको संघले जनाएको छ। नेपालमा मध्यम आयस्तर भएका जनसंख्या बढिरहेकाले मध्यम मूल्य भएको मोबाइल प्रयोगकर्ताको संख्या बढिरहेको महासचिव त्रिपाठीको दाबी रहेको छ। विद्यार्थी, कर्मचारी, मध्यम आय भएका व्यक्तिहरू, श्रमिकहरूले सबै किसिमको सुविधा २५ हजारदेखि ३० हजारसम्मका मोबाइलमा पाउने भएकाले गर्दा यस्तो खाले मोबाइलको प्रयोग र आयत बढिरहेको संघको भनाइ रहेको छ।

त्रिपाठीका अनुसार उच्चपदस्थ कर्मचारी, व्यवसायी र ठूला घरानाका ३० प्रतिशत संख्याले भने महँगा मोबाइल प्रयोग गरिरहेका छन्। यही वर्गले नै महँगा मोबाइल खरिद गर्ने गरेको संघले जनाएको छ। भन्सार बढेर गएको र भ्याट रिफन्टको सुविधा सरकारले हटाएकाले पनि आयत २० प्रतिशतले घटेको त्रिपाठीको भनाइ छ। मासिकरूपमा १ लाख २० हजार मोबाइल बिक्री–वितरण हुने गरेको छ। भन्सार बढेको र खुला सिमाना भएकाले सीमाबाट धेरै मात्रामा मोबाइल भित्रिएको त्रिपाठीले गुनासो गर्नुभयो। सरकारले यसको नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ।

नेपाल मोबाइल इम्पोट्र्स एसोसिएसन नेपालका अध्यक्ष दीपक मलहोत्राका अनुसार अबको पुस्तामा मोबाइल अत्यावश्यक वस्तुका रूपमा विकास हँुदै जानुले पनि मोबाइलको माग अत्यधिक रहेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘मोबाइलले गर्दा अरू वस्तुलाई विस्थापित गर्दै लागेको अवस्था छ।ु मोबाइलको विकाससँगै घडी, रेडियो, क्यामेरा, टर्च, क्यासेट, भिडियो प्लेयर आदि विस्थापित हँुदै गएका छन्। नेपालमा मासिक ५ लाखको हाराहारीमा मोबाइल आयात भइरहेको मलहोत्रा भन्नुहुन्छ। ९० प्रतिशत वैधानिक च्यानलबाट मासिकरूपमा विमानस्थल हुँदै मोबाइल आयात भइरहेको उहाँको दाबी छ। यसका आधारमा भन्ने हो भने प्रयेत्क वर्ष नेपालमा मोबाइलको आयात र माग दिनप्रतिदिन बढिरहेको अवस्था छ। खुला सिमानाका कारण अवैधानिक बाटोबाट पनि नेपालमा मोबाइल आयात हुँदै आएको छ। सरकारले यसलाई चाँडै नियन्त्रण गर्ने बताएको छ।

आईएमआई
नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक महिना करिब ४ लाख ५० हजारको हाराहारीमा आईएमआई अर्थात् इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी नम्बर दर्ता हुने गरेको बताएको छ। प्राधिकरणले २०७३ साल वैशाख १ गतेबाट आईएमआई दर्ता प्रक्रिया शुरू गरेको थियो। २०७३ मा मात्र प्राधिकरणले ९९ लाख ९८ हजार ८ सय २६ आईएमआई नम्बर दर्ता भएको जनाएको छ। ७४ सालमा दर्ता भएकामध्ये अनलाइनमा ६६ हजार, अफलाइनमा ९५ लाख ९व्यापारिक वर्गले ल्याएर दर्ता गरेको०, व्यक्तिगतमा ५ सय र व्यावसायिकमा ७ सयभन्दा बढी रहेका छन्। ७५ सालमा हालसम्म ७० लाखभन्दा बढी दर्ता भएका छन्। हरेक मोबाइलमा हुने १५ देखि १७ अंकको लामो अंकबाट नै मोबाइलको पहिचान गरिन्छ। मोबाइलमा जतिवटा सिमकार्ड प्रयोग गरिन्छ त्यति नै मात्रामा आईएमआई नम्बर अंकित गरिएको हुन्छ।

बजारमा मोबाइल
बजारमा साधारण फोन उठाउन मिल्नेदेखि लिएर गेम खेल्ने, भिडियो हेर्ने, फोटो खिच्ने, रेडियो सुन्नेलगागतका विविध काम गर्ने मोबाइल पाइन्छन्। सामसुङले हालै सार्वजनिक गरेको एस ९ र एस ९ प्लसमा इमोजी र भिस्वी भन्ने सफ्टवयरले कुनै पनि भाषालाई फोटो खिचेपछि आवश्यकताअनुसारको भाषामा रूपान्तरण गर्न सक्ने फिचर रहेको छ। साथै यस मोबाइलबाट सोलो मोसनमा भिडियो छायांकन गर्न सकिन्छ। यस्तै बजारमा ओप्पो एक्स ७ लन्च भएको छ।

यसको हालको एक्स ५ मोडेल बजारमा चलेको छ। जसमा क्यामेरा सेल्फी राम्रो रहेको छ। हुवाइ कम्पनीको हार्डवयर र ब्याट्री राम्रो रहेको छ भने बजारमा हुवाइ ९, नोभा २, भिवोको भी ९ लगायतका मोडेल प्रचलित छन्। बजारमा धेरै कम्पनीका मोबाइल रहेको र ग्राहकले आफ्नो क्षमताअनुसार खरिद गर्न सक्ने मोबाइल रहेको नेपाल वितरक संघका पदाधिकारी दिनेश चुल्याद्योलले जानकारी दिनुभयो। बजारमा सामसुङको ५० प्रतिशत हिस्सा रहेको अनुमान छ भने बाँकी हुवाई, जिओनी, ओप्पो, लाभा, एमआई, लिवनी, मोटोरोला, नोकिया, आइफोनले हिस्सा ओगटेका छन्।

हालसालै एप्पलले आफ्नो दसौं वार्षिकोत्सवलाई विशेष बनाउन सार्वजनिक गरेको बहुप्रतिक्षित आइफोन १० ९एक्स०, ८ र ८ प्लस बजारमा ल्यायो तर यो आइफोनको सिरिजले सोचेजस्तो ग्राहकको मन जित्न भने सकेन। कम्पनीले सिरिज त जारी ग¥यो तर यसको फिचरमा केही फरकपन दिन सकेन जसले गर्दा यसको माग खासै हुन सकेन।

प्रतिक्रिया दिनुहोस्