गाँठो नफुकेका काण्ड



   दीपक रिजाल

लामो समयदेखिको द्वन्द्वबाट मुलुकले मुक्ति पाए पनि बेला–बेलामा घट्ने विभिन्नखाले घटनाले भने मुलुकलाई सधैं विवाद र चर्चामा ल्याउने काम गर्ने गर्दछ। बितेको २०७५ साललाई फर्केर हेर्ने हो भने पनि केही मुख्य घटनाले मुलुकलाई चलायमान बनाइरह्यो। खास गरी मुलुमा भएका २ वटा घटनाले राज्य सञ्चालकहरूलाई विवादमा पार्ने काम मात्र गरेन नेपालको राजनीतिलाई दुई ध्रुवमा विभाजन गर्ने कामसमेत ग¥यो।
दुबई हँुदै नेपाल भित्रिएको ३३ किलो सुन र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना बितेको वर्ष सबैभन्दा बढी चर्चामा रहे। ३३ किलो सुन काण्डले राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो। सुन काण्डले बहालवाला कर्मचारी र प्रहरी अधिकारीको जागिरसमेत धरापमा प¥यो।

सरकारले उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेललको अध्यक्षतामा छानविन समिति नै गठन ग¥यो। समितिले ३३ किलो सुनको अनुसन्धान गर्ने क्रममा नेपालको भूमिलाई प्रयोग गरी बितेको केही वर्षमा ३८ किलो सुन तस्करी भएको निक्र्यौल नै निकाल्यो। समितिले सरकारलाई उक्त सुन काण्डमामा संलग्न रहेकाको नाम नै किटान टरेर कारबाहीका लागि सिफारिस गरेको भए पनि अहिले त्यो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा थन्किएर बसेको छ।

सुन काण्डको अनुसन्धानको दायरालाई फराकिलो बनाउँदा अहिलेका केही मन्त्री र नेताहरू नै कारबाहीका लागि तानिने संकेत देखापरेपछि सरकारले उक्त प्रतिवेदनलाई गुपचुप नै राखेको छ। दुबईबाट नेपालको बाटो प्रयोग गरी अवैधरूपमा सुन नेपाल ल्याउने र नेपालबाट भारतलगायतका अन्य मुलुकमा सुन लैजाने गिरोह सक्रिय रहेको निष्कर्ष छानविन समितिले निकालेको भए पनि त्यो प्रतिवेदन अहिले गुपचुप अवस्थामा छ। ७ सय ५२ पृष्ठ लामो प्रतिवेदनमा सुन तस्करी र संगठित अपराधका विभिन्न पक्षमाथि रहेर प्रतिवेदन तयार भएको थियो।
३३ किलो सुन प्रकरणमा दोषी रहेकाकै संलग्नतामा ३८ क्विन्टल सुन तस्करी भएको निष्कर्षसहित प्रतिवेदन समिति दिएको र उक्त सुन प्रकरणमा सुन बोक्ने भरिया सनम शाक्यको समेत हत्या भएका कारण छानविन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले अभियुक्त बनाएका ६३ जना प्रहरी अधिकृत तथा अन्य अभियुक्तलाई जिल्ला अदालत मोरङले भटाभट धरौटीमा छाडेपछि सर्वोच्च अदालतले समेत विवादास्पद निर्णय गर्ने न्यायाधीशलाई न्याय परिषद्मा झिकाएर कारबाहीको दायरामा ल्याएपछि सुन काण्ड विवादमा पर्ने शृंखला बढ्दै गएको थियो।
प्रहरीले ३३ किलो सुन काण्डसँग जोडिएका शाक्य हत्याको विषयमा समेत छानविन गर्दा सुनकै कारण हत्या भएको पुष्टिपछि कारबाहीका लागि अदालत पेस भएका अभियुक्तहरू धरौटीमा छुटेका थिए भने नेपाल प्रहरीका बहालवाला कर्मचारी अहिले काममा फर्किसकेका छन्।
प्रहरी इतिहासमा नै कलंक लाग्ने निर्मला हत्या काण्डमा संलग्न रहेका भनिएका अभियुक्त नै निर्दोष सावित भएपछि घटनाले थप रोचक मोड लिन पुगेको थियो।
को हो त ३३ किलो सुनको मालिक 
दुबई हुँदै काठमाडांै भित्रिएको ३३ किलो सुनको मालिक को हो भन्ने अहिलेसम्म रहस्यकै गर्भमा छ। दुबईबाट पक्राउ गरी काठमाडांै ल्याइएका चूडामणि उप्रेती ९गोरे० नै उक्त सुनको मालिक भएको बताइएको थियो। छानविन समितिले पनि गोरेलाई नै सुनको मालिक भएको बताएको थियो तर अहिलेसम्म उक्त सुनको मालिक को हो भन्ने पत्ता लाग्न सकेको छैन।

लामो समयदेखि गोरे दुबईमा बसेर नेपाल सुन पठाउने र त्यो सुन नेपालको बाटो हुँदै भारततर्फ जाने गरेको पत्ता लागे पनि सुन मालिक को हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। शुरूमा सुन तस्करीका नाइके भनिएका गोरे भरिया मात्र भएको पुष्टि भएपछि अहिले उक्त काण्ड ओझेलमा परेको छ। सरकारले उक्त सुन काण्ड छानविन गर्न नेपाल प्रहरीको सीआईबीलाई दिने घोषणा गरे पनि त्यो घोषणा मात्रै सीमित हुन पुगेको छ।

निर्मला पन्त हत्या प्रकरण

कञ्चनपुरको भीमदत्त नगारपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारा अझै पक्राउ पर्न सकेका छैनन्। गत साउन १० गते उनको बलात्कारपछि हत्या भएको थियो। प्रहरीले शुरूमा रोशनी बम र उसकी दिदीलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको थियो।

प्रहरीको लापरबाहीका कारण उक्त घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो। प्रहरीले समयमा नै अनुसन्धान नगरेका कारण निर्मलाका हत्यारा भाग्न सफल भएको पीडित पक्षले आरोप लागएको छ भने प्रहरीले हत्यारा भनेर सार्वजनिक गरेको व्यक्ति नक्कली भएको पुष्टि भएपछि कञ्चनपुर पटक–पटक अशान्त हँुदै आएको छ।

भदौ ८ गते भएको झडपमा परी एक किशोरले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते भएका थिए। उक्त घटनामा सनी खुनाको मृत्यु भएको थियो। उक्त हत्या काण्ड छानविन गर्न प्रहरीले छुट्टै छानविन समिति गठन गरेको थियो भने गृह मन्त्रालयले अधिकार सम्मपन्न छानविन समिति नै गठन गरेको थियो।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितिले प्रहरीको लापरबाहीका कारण उक्त घटना भएको र अपराधि उम्कन सफल भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। प्रहरीको अनुसन्धान क्षमतामाथि नै प्रश्नचि≈न उठ्ने गरी भएको उक्त घटनाका अभियुक्त अहिलेसम्म कानुनी दायरामा आउन सकेका छैनन्। सरकारमाथि चौतर्फीरूपमा आलोचना मात्र भएन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्नुपर्ने माग राख्दै संघीय संसद्समेत अवरुद्ध गरेको थियो। प्रहरी इतिहासमा नै कलंक लाग्ने उक्त घटनामा संलग्न रहेका भनिएका अभियुक्त नै निर्दोष सावित भएपछि घटनाले थप रोचक मोड लिन पुगेको थियो।

सरकारले उक्त घटनामा लापरबाही गर्नेमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टलाई सेवाबाट अवकाश दिएको थियो भने अन्य केही प्रहरी अधिकृतलाई निलम्बन गरी छानविन गरेको थियो। छानविनपछि जिल्ला अदालत कञ्चनपुरमा मुद्दा बुझाएको थियो।

अदालतले पूर्वएसपी विष्टलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यस्तै सो घटनामा संलग्न रहेका भनिएका डीएपी अंगुर जीसी, ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चादनी साउदलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

उक्त घटनाको विषयलाई लिएर प्रहरीले अभियुक्त आशंका गरिएका १ सय जनाभन्दा बढीको पोलिग्राफ टेस्ट गरेको भए पनि हत्यारा फेला पर्न सकेको छैन भने निर्मलाको हत्या प्रकरणले उनको घरमा समेत कलह उत्पन्न भएको थियो। उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तबीच हत्याको विषयलाई लिएर विवाद भएको थियो।

डीएनए टेस्टको विषयमा यज्ञराजले दुर्गादेवीलाई सार्वजनिकस्थलमा नै आक्रमणको प्रयाससमेत गरेका थिए। पटक–पटकको धर्ना आन्दोलन र प्रहरीको लामो अनुसन्धानले समेत निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि देशभर ठूल्ठूला प्रदर्शनसमेत भएका थिए। यही मौकाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय समुदायले यसलाई अन्तर्राष्ट्रियकरण गर्न खोजेका थिए।

पूर्वराजदूत झाको हत्या

राजधानीको मुटु मानिने बबरमहलस्थित आफ्नै घरमा बस्दै आएका फ्रान्सका लागि नेपाली राजदूत केशव झाको गत भदौ ४ गते बिहान घरमा मृत अवस्थामा फेला परेका थिए। कूटनीति क्षेत्रका प्रख्यात व्यक्तित्वका रूपमा चिनिएका झाको हत्यामा कसको हात छ भन्ने रहस्य प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।

झाको टाउको र गर्दनमा चक्कु प्रहार गरेको देखिए पनि प्रहरीले हत्याराको हो भन्ने क्लु अहिलेसम्म पत्ता लगाउन सकेको छैन। झा मृत फेला परेको तेस्रो दिन प्रहरीले घरका तीन जना कामदारलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो।

झाको हत्यासम्बन्धी अनुसन्धानका लागि सुरक्षा गार्डको काम गर्ने सानुकान्छा तामाङ तथा मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङमाथि प्रहरीले अनुसन्धान ग¥यो तर हत्या उनीहरूबाट भएको कुनै संकेत फेला पारेन। अपराध अनुसन्धानमा एउटा स्थापित मान्यता छ, अपराधी जतिसुकै सातिर ९चलाख० भए पनि ‘क्राइम स्पट’मा केही न केही कमजोरी गरेकै हुन्छ।

अपराधीको सोही कमजोरीमाथि टेकेर अनुसन्धान गर्ने गरिन्छ। तर, झाको हत्या प्रकरणमा भने प्रहरीले अहिलेसम्म अपराधीकोे कुनै ‘कमजोरी’ भेट्टाउन सकेन। प्रहरीले झा मृत फेला परेको कोठाबाट रगत लागेको चक्कु, केही पन्जा, कपडाको टुक्रालगायत बरामद गरेको थियो। भेट्टाएका सामग्रीको फरेन्सिक परीक्षण पनि गरियो। तर, न त चक्कुमा कसैको हातको छाप भेट्टियो, न त पन्जा र कपडाका टुक्राको परीक्षणबाट अपराधी बारे ‘क्लु’ फेला नै प¥यो। अहिले पनि उक्त घटना रहस्यको गर्भमा नै छ।

साधुको मट्टितेल खन्याएर हत्या

भारतीय साधुको बुटवलमा साउन १४ गते राति साढे ९ बजे मट्टितेल हालेर जलाइएको छ। भारतको उत्तर प्रदेशको उन्नाउ भन्ने स्थानका ५२ वर्षीय साधु रमेश पाल बुटवल–५ मा बस्दै आएका थिए। पाललाई मट्टितेल हालेर जलाइएको छ। पालको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पहलमा पालको शव भारततर्फ पठाइएको हो।

यसैबीच रूपन्देहीको कञ्चन गाउँपालिका–५ की किशोरी समीक्षा ठकुरीको असार ९ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा शरीरमा आगो लगाएर हत्या गरिएको थियो। घाइते समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो।

हत्या आफ्नै बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला माया ठकुरी, समीक्षाका फुपू अमृता भनिने शोभा राना ठकुरीले गरेको भनी पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ।

समीक्षाको मृत्युपछि इराकमा रहेकी आमा माया ठकुरी नेपाल फर्की मार्ने उद्देश्यले मट्टितेल छर्केर आगो लगाइदिएको र सोही कारण जलेर मृत्यु भएको दाबीसहित आफ्नै श्रीमान्विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

तरुण दलका नेताको हत्या

त्यस्तै गरी फागुन २६ गते रूपन्देहीको देवदह नगरपालिका घोडाहामा तरुण दल नगर समिति सदस्य अनिश पुरीको हत्या गरिएको छ।

साथीसँग मोटरसाइकलमा सवार पुरीलाई दाउरा तथा चिटपट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले देवदह–९ घोडाहाका अर्जुन सारू, आकाश थापा मगर, जीवन भण्डारी, विश्वास गुरुङ, शिशिर राना, मनोज क्षत्री, पाल्पा मदनपोखरा घर भई हाल देवदह–९ बस्ने कमल बौडेल सार्की, पाल्पा तिनाउ गाउँपालिका–५ घर भई हाल घोडाहा बस्ने ताराबहादुर बराल र अन्य ४ जना नाबालक पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

पाण्डेको हत्या

त्यस्तै लमजुङ मध्य नेपाल नगरपालिका–२ सोतीपसलका हरिबहादुर पाण्डेकोे चैत १ गते हत्यामा गरिएको छ। हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पोखराका बलबहादुर सुनारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद लिई थप अनुसन्धान अगाडि बढाएको छ।

पाण्डेलाई बुटवल–११ मझुवा र बिनापाते बीचको तिनाउ नदी बगरमा हत्या गरी झाडीमा फालिएको थियो। कास्कीको पोखरा महानगरपालिका–३० डुडाकोमुख बस्ने दीपक मल्ल, कर्णबहादुर मल्ल, देवीराज ढकाल, कर्णबहादुर थापा, महेन्द्रकुमार मल्ल, देवीबहादुर ढकाल, बलबहादुर विकलगायतका उपनामले फरक–फरक स्थानमा फरक–फरक पहिचान बनाएको बलबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले आफ्नै घर नजिकैबाट पक्राउ गरेको छ। त्यस्तै चैत १३ गते बुटवलको अटो भिलेजमा हत्या भएका फिरोज खानको आफ्नै श्रीमतीसँग मिलेर साडुदाइले हत्या गरेको रहस्य खुलेको छ।

गोली हानी हत्या

बुटवल उप–महानगरपालिका–१ मैनावगरस्थित बुटवल अटोभिलेजको ज्योति मोटर्स अटो ग्यारेजमा काम गर्ने विहार प्रदेश चम्पारण वेतिया जिल्ला टाउन थाना भारतका खानको यही चैत १३ गते साँझ करिब ८ बजेको समयमा गोली हानी हत्या भएको थियो।

काम सकेर डेरामा जाने क्रममा हत्या गरिएको खान घटनाको अनुसन्धानका क्रममा आफ्नै श्रीमती ३० वर्षीय साहिन खातुनसँग मिलेर साडुदाइ कादिर अन्सारीले हत्या गरेको खुलेको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार खानकी श्रीमती साहिन र उनका भिनाजु कादिर अन्सारीबीच लामो समयदेखि अनैतिक सम्बन्ध रहँदै आएको थियो। त्यस्तै गरी फागुन २६ गते रूपन्देहीको देवदह नगरपालिका घोडाहामा दरुण दल नगर समिति सदस्य अनिश पुरीको हत्यामा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्