कुलेन्द्र ५ पटकसम्म सालको पात गाउन बाध्य



अनिल खत्री, गुल्मी

केहि गीत र कलाकार यस्ता हुन्छन्, जसलाई हेर्न र सुन्न दर्शकको भिड लाग्ने गर्दछ। गीत चलेकै कारण कलाकारलाई हेर्न र उसको प्रस्तुति नजिकबाट नियाल्न धेरैको चाहना हुन्छ।

लोक गीतअन्तर्गत उत्कृष्ट बन्न सफल गीत सालको पात सबैको मन र मुखमा गुन्जिन सफल भएको छ। अहिले त्यो गीत नसुन्ने कमै होलानन्। पछिल्लो समय उत्कृष्ट बनेको सालको पात टपरी नहुने सल्लैको बोलको गीत युट्युबमा मात्रै ४ करोड बढीले हेरिसकेका छन्। निकै मन पराइएको यो गीतका गायक हुन् कुलेन्द्र विश्वकर्मा र विष्णु माझी, रचनाकार वसन्त थापा। यतिबेला उक्त गीतले गायक सर्जक दुवैको हाइहाइ भएको छ।

गीत चलेपछि नेपाल र नेपालबाहिर हुने मेला महोत्सवमा उक्त गीतका कलाकारहरू पनि व्यस्त छन्। मंगलबार उक्त गीतका गायक विश्वकर्मालाई दर्शकले एउटै गीत पा“चपटक बढी वान्स मोर भन्दै गाउन लगाए। कृषि पर्यटन र उद्योगको व्यापार प्रवद्र्धन गर्ने भन्दै गुल्मीमा चलेको गुल्मी महोत्सवमा लोक दोहोरी गायक विश्वकर्माले एउटै गीत दर्शकको रोजाइमा मात्रै पा“चपटक बढी गाउन बाध्य भए।

महोत्सवको सातौं दिनका मुख्य आकर्षक बनेका गायक विश्वकर्माले शुरूमै सालको पात गाउ“ भन्दै दर्शकलाई सोध्न के भ्याएका थिए, दर्शकबाट हुटिङ र ताली आयो। सालको पात ५ पटक गाउ“दा पनि दर्शकबाट वान्स मोर आउन छोडेन। तर उनले नजाऊ है सानु प“धेरीमा, रुमाल हल्लाई हल्लाईलगायतका गीतहरूस“गै दर्जन बढी गीत गाए। तर मुख्य गरी दर्शकको रोजाइ थियो सालको पात मात्रै।
गीत धेरै चलेकाले उक्त गीतका गायकलाई हेर्न र उनको प्रस्तुति सुन्न महोत्सवमा अरू दिनभन्दा बढी मात्रामा दर्शक बढी ओइरिएका थिए। उनले सबै गीतमा दर्शकको उत्तिकै मात्रामा नाच र समर्थन पाए।

गीत गाउ“दै जा“दा दर्शक हात मिलाउन पुगेका गायक विश्वकर्मालाई दर्शकले ढाका टोपीसमेत लगाएर नचाएका थिए। मंगलबारको प्रस्तुतिमा विश्वकर्मासहित, शोभा त्रिपाठी, हास्यकलाकार सन्ध्या बुढा, शिलु भट्टराई, दीपक परियार, टीकाराम पोखरेललगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो। चैत २० गतेबाट शुरू भएको महोत्सव चैत ३० गते सोमबार समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्