‘विगतमा लोडसेडिङ गरी चलखेल गर्नेहरु फेरि सल्बलाए’



नेपाल समाचारपत्र, काठमाडौं
विगतमा लोडसेडिङ गरेर रमाउनेहरू पुनः सल्बलाउन थालेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ । सोमबार पत्रकार सम्मेलन गरी घिसिङले प्राधिकरणले नाफा आर्जन ग¥यो, लोडसेडिङ मुक्त ग¥यो, प्राधिकरणको सफलता नदेख्नेहरू प्राधिकरणको सिंगो टिमलाई असफल बनाउनको लागिपरेको बताउनु भएको हो ।

जुन मान्छे लोडसेडिङका कारक थिए, उनीहरुकै निर्देशनमा प्राधिकरणमा धेरै कुरा भइरहेको छ, आज त्यही मान्छे प्राधिकरणको सिंगो व्यवस्थापनलाई असफल बनाउन लागिपरेको घिसिङले दाबी गर्नुभयो । प्राधिकरण नाफामा र सक्षम बन्दै गएस“गै लोडसेडिङकर्ताहरूले नकारात्मक भ्रम सिर्जना विषयमा मिडियाबाजी गरेको आरोप घिसिङको छ ।

तीन जना चार्टर्ड एकाउन्टेनले प्राधिकरण नाफामा भनेर प्रमाणित गर्दा एउटा ५ तहको कर्मचारीले घाटामा छ भन्दै नकारात्मक प्रचार गर्नुका पछाडि कुनै सत्यता नरहेको घिसिङको भनाइ छ । हालसम्म मैले नियमसंगत तरिकाबाट कर कटाएर ६ लाख रुपिया“ बुझेको रहेछु, त्यसैलाई ६० लाख रुपिया“ बनाएर भ्रम फैलाइएकोमा घिसिङको असन्तुष्टि थियो । वार्षिक कार्यसम्पादन मूल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी निर्देशकलाई सरकारले मासिक २ लाख रुपिया“को दरले वार्षिक २४ लाख प्रोत्साहन भत्ता दिएको भन्दै ऊर्जा मन्त्रालयका सहसचिवको संयोजकत्वमा रहेको मूल्यांकन समितिले आफूलाई ८९ प्रतिशत अंक दिएको हु“दा सोही आधारमा सरकारले प्रोत्सहान भत्ता दिएको घिसिङले बताउनुभयो ।

गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको भन्दै घिसिङले भन्नुभयो–‘विगतका केही एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु, विगतका एमडीहरुले कसरी प्राधिकरणका कर्मचारीलाई परिचालन गरिरहेको छन् भन्ने कुरा मैले बुझेको छु। केही गर्न नपाएपछि छट्पटाएर अभिव्यक्ति दि“दै हि“डेका छन् । म उनीहरु जस्तो कमजोर एमडी होइन, मस“ग उनीहरुका कामका एक–एक हिसाब किताब छ, कसले कति लुटेको थियो भन्ने हिसाब किताब आवश्यक परे सावर्जनिक गर्नेछु ।’

अहिलेको अवस्थामा प्राधिकरणमा कुनै आधिकारिक ट्रेड युनियन नभएको उल्लेख गर्दै भोलिका दिनमा जस्ले चुनाव जित्छ उही आधिकारिक युनियन हुने भएकाले अहिले प्रँधिकरणका कर्मचारी सा“धेजस्तो भएका छन् । यो अराजकताको पराकाष्ठ हो । अब उनीहरुलाई कारबाही हुन्छ मैले स्पष्टिकरण सोधेको छु । डेडिकेटर फिडर लिएकाहरुले महशुल तिर्नबाट उन्मुक्ति नपाउने घिसिङको भनाइ छ ।

प्राधिकरणका अनुसार विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सबस्टेशनबाट अर्को सवस्टेशन जोड्ने लाइन) बाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहक रहेका छन् । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट सप्लाई लिइरहेका ग्राहकहरु असार मसान्तसम्म क्रमशः २३१ र ६७ गरी रहेका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइन लिएका ग्राहकले विद्युत् आपूर्ति लिइरहेका त्यसमध्ये १८४ ग्राहकलाई प्रिमियमसहितको विद्युत् महशुल दर लागू गरिएको छ । डेडिकेटेड एवं ट्रंक लाइनबाट विद्युत् सेवा प्रयोग गरिरहेका सरकारी अस्पताल, सामुदायिक खानेपानी र सि“चाइ वर्गका ग्राहकको संख्या ५० छ । बा“कीको हकमा विलिङ भइरहेको छ । प्रिमियमसहितको महशुल बिलिङ भएका ग्राहक पुनरावेदनका लागि उच्च र सर्वोच्च अदालतमा गएका छन् । उनीहरुको मुद्दा अदालतमा बिचाराधीन छ । केही औद्योगिक तथा व्यापारिक ग्राहकले प्रिमियम शुल्क नलगाउन प्राधिकरणमा लिखित तथा मौखिक गुनासो दर्ता गरेका छन् ।

डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक वर्गका सबै ग्राहकहरुले विद्युत् महशुल निर्धारण आयोगले स्वीकृत गरेको प्रिमियमसहितको महशुल दर विद्युत् महशुल संकलन विनियमावली २०७३ मा उल्लेख भए बमोजिम प्राधिकरणबाट विलिङ हु“दा ग्राहकहरुले विनियमावलीको व्यवस्था अनुसार महशुल तिर्न नपर्ने भनी दाबी गरेका छन् । यस सम्बन्धमा प्राधिकरण सञ्चालक समितिमा छलफल भइरहेको छ ।

‘विगतका केही एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु, विगतका एमडीहरुले कसरी प्राधिकरणका कर्मचारीलाई परिचालन गरिरहेको छन् भन्ने कुरा मैले बुझेको छु। केही गर्न नपाएपछि छट्पटाएर अभिव्यक्ति दि“दै हि“डेका छन् ।’

कुलमान घिसिङ
कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस्