राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, कमल थापासहित थुप्रै कार्यकर्ता समातिए (तस्विरसहित)



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले १० मिनेट नियन्त्रणमा लिएर छाडेको छ ।

देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम भइरहेका बेला सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडमा प्रहरीले थापालाई नियन्त्रणमा लिएपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच केहिबेर झडप पनि भएको थियो ।

शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै कार्यकर्ताहरु उफ्रिएपछि अध्यक्ष थापालाई छुटाइएको बताइएको छ । झडपमा परी सय जनाभन्दा बढी कार्यकर्ता घाइते भएका र उपचारका लागि बागबजारस्थित मोडल अस्पतालामा लगिएको प्रहरीले जनाएको छ ।

राप्रपाले सरकारसमक्ष पेश गरेको २२ बुँदे कार्यान्वयन गर्न दबाब दिन सोमबार दिउँसो धर्ना र प्रदर्शन कार्यक्रम गरेको थियो। राप्रपाले राजासहित लोकतन्त्र स्थापना गर्न गोलमेच सम्मेलन, हिन्दुराष्ट्रको माग गर्दै आएको छ।

 

तस्विरः उज्जोल डंगोल, काठमाडौं ।

  

प्रतिक्रिया दिनुहोस्