बाँदर लखेट्न प्रहरी र स्थानीयको संयुक्त गस्ती



नेपाल समाचारपत्र, गोरखा ।
जिल्लाको गण्डकी गाउँपालिका ३ र ४ मा बाँदर आतंकले हैरानी भएपछि स्थानीयले प्रहरी गुहारेका छन् । बाँदरले अन्नवाली सखाप पार्न थालेपछि प्रहरी र स्थानीयले संयुक्त गस्ती समेत सुरु गरेका छन् ।

बाँदर धपाउन भन्दै ताङलीचोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सहित करिव तीन सय स्थानीय मिलेर गत शुक्रवार बाट गस्ती शुरु गरेका हुन् । ‘समूहमा बाडिएर आज पन्तारी गाउँको सिरानबाट बादर धपाउदै तल तिर झ¥यौ,’ स्थानीय बिष्णु पन्तले भने, ‘बाँदरको हुल देखेपछि कराउने, ढुङ्गा हानेर तर्साउने र सम्भव भए समाउने पनि गरेका छौ ।’

गस्तीमा हिँड्ने सबैले हातमा लाठी, गुलेली, ढुंगा बोकेर हिँडेको स्थानीयले बताएका छन् । टोली टोली बनाएर विभिन्न ठाउँबाट बाँदर लखेट्न थालेको पन्तले जानकारी दिए । ‘गाउँ तिर जाने समूहमा थोरै मान्छे भएपनि घना जंगलमा जाने समूहमा करिव ५० जना हुन्छौ,’ उनले भने । गस्ती गर्नुपुर्व सहयोगका लागी स्थानीयले प्रशासनलाइ समेत खवर गरेका थिए । स्थानीयको सहयोगका लागी प्रशासनले प्रहरी टोली खटाएको छ । बाँदरलाइ तर्साएर गाउँबाट लखेट्ने उदेश्यले गस्ती शुरु गरिएको स्थानीयको भनाइ छ ।

खेतिवाली नष्ट गर्दै आएको बाँदरले मान्छेलाइ कुटपिट गरी घाइते समेत बनाउन थालेको पन्त बताउछन् । ‘केही दिन अघि मात्र एक जनालाइ शक्त घाइते हुने गरी पिट्यो, फेरि टाउँको र अनुहारमा मात्र आक्रमण गर्दाे रहेछ,’ उनले भने । फुजेलमा मात्र हाल सम्म करिव २० जनालाई बाँदरले पिटेर घाइते बनाइसकेको छ ।

पुरुष भन्दा महिला र केटाकेटीलाइ बढि झम्टिने गरेको उनी बताउछन् । रातको समयमा उनीहरु गाउँ नजिकै बास बस्छन् । ‘मान्छे एक्लैदुक्लै हिड्न हुन्न झम्टिहाल्छ, फेरि बारीमा लगाएको खेति त नष्ट ग¥यो ग¥यो, घरमा राखेको अन्न पनि लिएर जान्छ,’ स्थानीय सुजन अम्गाइले भने । भान्छामा पकाएर राखेको भात समेत खाइदिने गरेको उनी बताउछन् ।

विहान देखि साँझ सम्म स्थानीयको दिनचर्या बाँदर धपाउदैमा जाने गरेको छ । बाँदर आतंक बढेपछि बिद्यार्थीहरु बिद्यालय जान समेत डराउने गरेका छन् । स्थानीयहरु दिउँसै घरमा ढोका थुनेर बस्नुपर्ने अवस्था छ । बाँदर आतंक बढेपछि फुजेलका करिव १३ सय घरधुरी प्रभावित भएका छन् । बाँदरका कारण सबैभन्दा बढि मर्का किसानलाइ परेको अम्गाइ बताउछन् ।

प्रतिक्रिया दिनुहोस्