ओली र कस्तुरी



कस्तुरीले आफूसँगै भएको बिनाको गन्ध बुझ्न नसक्दा गन्ध खोज्दै वन जंगल दौडिन्छ भन्ने कुरो धरहराले सुन्न थाल्या जुगौ भयो । अहिले पीएम ओली ठ्याक्कै कस्तुरी झैं भा’छन् । उनी भ्रष्टाचारको गन्ध पत्ता लगाउन मरिहत्ते ग¥या ग¥यै छन् । त्यै पनि भ्रष्टाचार देख्दैनन्, भेट्दैनन् ।

भ्रष्टाचार कहाँ, कहिले, कति, कसरी भइरा’छ र त्यसका मुख्य नायक÷नायिका को–को हुन्, को–को छन् भन्ने कुरो घामझैं छलङ्ग भइरा’छ । अन्य कुरा फ्याट–फ्याटी देख्ने, बुझ्ने कम्रेड ओली यो मामलामा निकै कमजोर रहेको पुष्टी भा’छ । कतै चस्माको पावर कमजोर भएर पो हो कि ?

आइतबार गरिबी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई उनले ग¥या सम्बोधन सुन्दा कम्रेडको चस्माको पावर थप्न ढिलो भइसक्यो भन्ने धरहराले बुझ्यो । धेरैदिन यता बालुवाटार किचेनमा हरियो सागपात नै पाक्दैन कि भन्ने लाग्यो । ‘भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य हुँदैन’–उनले यस्तै बताएसी चुरो कुरो पाठकवृन्दले नै बुझ्नु पर्ने हो ।

अहिले भन्दा धेरै भ्रष्टाचार भयो भने सैह्य हुँदैन भन्या हो कि ? अनि गन्ध धेरै हुँदा पनि खास गन्ध थाहा पाइदैन भन्छन्, त्यस्तै भएको पो हो कि ?

प्रतिक्रिया दिनुहोस्