नेवानि: इतिहासदेखि वर्तमानसम्म



निनाम कुलुङ ‘मंगले’
तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानि) ले हाल आफ्नो नाम छोट्याएर नेपाल वायुसेवा निगम (नेवानि) बनाएर अघि बढेको छ । यसपछि केही प्रगति गर्न खोजैझैँ पनि लाग्छ । तर नेपालमा जे काम गर्दा पनि कामसँगसँगै कमिसन र भ्रष्टाचारको खेल पनि सँगसँगै हुने भएकाले जे काम पनि सोचे जसरी सहज ढंगले हुन सक्दैन । त्यसमाथि विश्वभरि नै चलेको कानुनीरुपमै आउने÷पाउने कमिसनले मात्रै नेपालीहरुलाई पुग्दैन, त्यही भएर भ्रष्टाचार र घूसखोरी पनि गर्नुपर्ने हुन्छ ।

शायद हालको नेवानि पनि यही कारणले गर्दा नै अलि बढी चर्चामा छ । त्यसो त नेवानिको भ्रष्टाचारका सम्बन्धमा के हो, कसो हो ? यो बबुरो पंक्तिकारले यसै भन्न सक्ने कुरो भएन । तर पनि केही महिनाअघिदेखि नेपाल वायुसेवा निगम (नेवानि) बारे विभिन्न सञ्चारमाध्यममा भ्रष्टाचारसम्बन्धी चर्चा हुँदै आएको छ । खासगरी नेवानिले गतवर्ष दुईवटा मध्यम खालका एयर बस (वाइड बडी) जहाज खरिद गरेपछि यस्तो चर्चा शुरु भएको हो । नेवानिले त्यसरी वाइड बडी जहाज ल्याउनु आफैंमा धेरै राम्रो हो । तर यी दुईवटा एयर बस (वाइडबडी) जहाज खरिद प्रक्रियामा भ्रष्टाचार भएको भनी प्रश्न उठ्नु राम्रो होइन ।

खासमा वि.सं. २०७१÷०७२ को आर्थिक वर्षको बजेट भाषणमा तत्कालीन अर्थमन्त्रीले नेपाल वायुसेवा निगम (नेवानि) का लागि आन्तरिकतर्पm १५ वटा र अन्तर्राष्ट्रियतर्पm ७ वटा नयाँ हवाईजहाज थप्ने कुरो पारेपछि नेवानिका बारेमा बढी नै चर्चा शुरु भएको थियो । यसरी बजेट भाषणमा तत्कालीन अर्थमन्त्रीले नेपाल वायुसेवा निगम (नेवानि) का लागि आन्तरिकतर्पm १५ वटा र अन्तर्राष्ट्रियतर्पm ७ वटा नयाँ हवाईजहाज ल्याउने उल्लेख भएअनुसार वि.सं. २०७३ मा नेवानिले अन्तर्राष्ट्रिय उडानका लागि मध्यम खालको (वाइड बडी) जहाज किन्ने निर्णय ग¥यो । सोही वर्षको माघको पहिलो हप्तामा वाइड बडी जहाज खरिदका लागि टेन्डर माग गरियो भने ११ वटा विभिन्न कम्पनीले टेन्डर हालेका थिए । त्यसमध्ये कन्सोर्टियम नामक कम्पनीसँग नेवानिले समझदारी ग¥यो । माघ महिनाको अन्तिम हप्तामा १० लाख बैना रकम भने आई फ्लाई नामक अर्कै कम्पनीलाई पठाइयो । यसरी नेवानिमा अनियमितता र भ्रष्टाचार भएको आशंकामा हाल अनेक झमेला भइरहेको छ । संसदीय उपसमितिको पछिल्लो छानबिनमा लगभग ५ अर्ब रकम हिनामिना भएको भनी आफ्नो प्रतिवेदन दिइएको थियो । भलै संसदीय उपसमिति पनि विवादरहित हुन सकेन ।

सन् २०१६ मा पनि नेवानि नेपालमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु ओसार्न सफल एयरलाइन्स भएको थियो । त्यसैले नेवानिले असल नियत भएको तालुकवाला मन्त्री र व्यवस्थापन पाएमा नेपालको अन्तर्राष्ट्रिय हवाई उडानको बजारमा तत्कालै लगभग २५ देखि ३५ प्रतिशतसम्म हिस्सा ओगट्ने देखिन्छ ।

यसरी नेपालमा इस्वी सन्को १ जुलाई, १९५८ मा स्थापना भएको तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानि) लाई २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि नाम फेरेर नेपाल वायुसेवा निगम (नेवानि) बनाइएको हो । हुन त अभैm पनि अधिकांश मानिसले नयाँ नाम नेवानि भन्दा पनि पुरानो नाम शानेवानि भनेर नै चिन्छन् वा भनौं नाम बोलाउँछन् । जे होस्, नेपाली आकाशमा संस्थागतरुपले व्यावसायिकरुपमा विमान अर्थात् हवाईजहाज भित्रिएको इतिहास हेर्दा शानेवानिले आफ्नो स्थापनाको लगत्तै २६ सिट क्षमताको डग्लस (डीसी–३) डकोटा भित्र्याएको देखिन्छ । सो विमानले नै नेपालमा हवाई यात्रुहरुलाई नियमितरुपमा व्यावसायिक सेवा दिन शुरु गरेको थियो ।

यसरी तत्कालीन शानेवानिले व्यावसायिकरुपमा उडान शुरु गरेलगत्तै आफ्नो विमान संख्या पनि बढाउँदै लग्यो । फलतः २६ सिट क्षमताको डग्लस (डीसी–३) डकोटा भित्र्याएको लगभग ३ वर्षपछि दोस्रो विमानको रुपमा सन् १९६१ मा पिलाटस पोर्टर (पीसी–६) भित्र्याएको थियो । त्यस्तै तेस्रो विमानको रुपमा आफ्नो स्थापनाको लगभग ५ वर्षपछि सन् १९६३ मा १२ सिट क्षमताको फोङ शु हार्भेस्टर (एएन–२) ल्याएको थियो । जुन विमान चिनियाँ विमान थियो भने यो विमान छोटो समय अर्थात् सन् १९६५ सम्ममात्रै चल्यो ।

तत्कालीन शानेवानिको इतिहास हेर्दा सन् १९६६ मा चौथो विमानको रुपमा ४४ सिट क्षमताको फोकर (एफ–२७) ल्याएको थियो । त्यस्तै पाँचौं विमानको रुपमा सन् १९७० मा ४४ सिट क्षमताकै हकर सिड्ले (एचएस–७४८) एभ्रो भित्र्याएको थियो । यसरी व्यावसायिक उडान विस्तार गर्ने र विमान थप्ने क्रममा सन् १९७१ मा त्यो बेला पहाडी रुटमा निकै चल्तीमा रहेको १९ सिट क्षमताको ट्वीनअट्टर विमान पनि भित्रियो । हो, यही विमान भित्र्याएपछि नै हालको नेवानिले नेपालका धेरै पहाडी जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको हो । त्यसो त विश्वमा विमान उडानको निकै लामो इतिहास भैसक्दा पनि नेपालमा बोइङ युग आएको थिएन तर विश्व इतिहासमा विमान उडानको धेरै लामो समयपछि सन् १९७२ मा नेपालमा पनि बोइङ युगको शुरुवात भयो । किनभने, नेवानिले आफ्नो स्थापनाको लगभग १४ वर्षमा ठूलो आकारको वा भनौं त्यो बेलासम्म धेरै यात्रु बोक्ने क्षमता भएको बोइङ विमान पनि भित्र्यायो ।

यसरी लगभग ६१–६२ वर्षको इतिहास भएको नेवानिमा बीचको समयमा धेरै राम्रो प्रगति गर्दै गएको थियो । तर, दुःखको कुरो, सन् १९८९÷९० को पहिलो जनआन्दोलनसँगै तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानि) को प्रगतिमा अधोगति शुरु भयो । अर्थात् निगमसँग चालू हालतमा भएका विमानहरु बेच्दै भाडामा लिने प्रचलनको शुरुवात भयो । त्यस क्रममा धमिजा काण्ड, लाउडा काण्ड, गरुडा काण्ड, चेज एयर काण्डलगायत अनेकौं काण्डहरु भए, तत्कालीन शानेवानिमा ।

स्मरणीय छ, पछिल्लोपटक नेवानिले किनेको दुईवटा वाइड बडी अर्थात् मध्यम खालका एयरबसका बारेमा पनि अनेक टीकाटिप्पणी, छानबिन, प्रचारबाजी, भ्रष्टाचार भएको÷नभएको आदिबारे मिडियाका विभिन्न माध्यमा र राजनीतिक दलमा चर्चा–परिचर्चा चली नै रहेको छ । खासगरी नेवानिले किनेको दुईवटा वाइड बडी अर्थात् एयरबस किन्ने क्रममा व्यापक भ्रष्टाचार भएको, खरिद प्रक्रिया नमिलेको, विमान किन्न नक्कली कम्पनी खडा गरेकोलगायतका विषयमा नेपालका विभिन्न सञ्चारमाध्यममा अनेक टीकाटिप्पणी र समाचार आएपछि संघीय सरकारअन्तर्गत रहेको संसदीय उपसमितिले पछिल्लोपटक छानबिन गरेको थियो । त्यसरी संसदीय उपसमितिले छानबिन गर्ने क्रममा वाइड बडी जहाज खरिद गर्ने क्रममा लगभग ४ अर्ब रकम भ्रष्टाचार भएको भनी आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक ग¥यो । सो क्रममा वाइड बडी खरिद काण्डमा को–को दोषी हुन् त ? भनी सम्भावित दोषी र संलग्न व्यक्तिहरुको नामसमेत किटान गरेको थियो । त्यसमा पूर्वप्रधानमन्त्री, तालुकवाला मन्त्रीलगायत उच्चपदस्थ कर्मचारीहरुको पनि नाम मुछिएको थियो ।

त्यसैले अबका दिनमा हालको नेपाल वायुसेवा निगम (नेवानि) लाई धेरै उन्नति वा प्रगतिको दिशामा लान नसके तापनि कम्तीमा विगतमा शानेवानि हुँदाको अवस्थामा पु¥याउन के गर्ने, कसो गर्ने ? त्यसतर्पm हामीले सोच्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।

हुन त हालको अवस्थामा नेवानिको सुनामभन्दा पनि बदनाम हुँदै गएको जस्तो देखिए तापनि केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सन्दर्भ–स्रोत मान्दै प्रकाशित एक समाचारअनुसार नेवानिले सन् २०१८ भरि नेपालमा उडान भर्ने÷गर्ने विश्वका विभिन्न देश र नेपालका निजी क्षेत्रका एयरलाइन्सहरु गरी ३० वटा एयरलाइन्सहरुले छिमेकी देश भारतलगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान गर्दै आएकोमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु ओसार्न सफल एयरलाइन्स नेवानि भएको छ ।

जुन समाचार हामी सबै नेपालीका लागि गर्व गर्नलायक विषय हो । किनभने, नेवानि नेपालको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स पनि हो । समाचारमा जनाइएअनुसार सन् २०१८ मा नेवानिले जम्मा (नेपाल ओहोर–दोहोर गर्ने) ४ लाख ९१ हजार ९ सय ७९ जना यात्रु ओसारेको थियो । त्यस्तै नेवानिले सन् २०१८ मा ३ हजार ५ सय ३४ अन्तर्राष्ट्रिय उडान गरेको थियो भने सो उडानबाट २ लाख २४ हजार यात्रुलाई विभिन्न देशको गन्तव्यमा लगेको थियो । त्यस्तै २ लाख ४७ हजार यात्रुलाई विभिन्न देशको गन्तव्यबाट नेपाल भित्र्याएको थियो । त्यसपछि सन् २०१८ मा नेपालमा धेरै विदेशी यात्रु ओसार्ने एयरलाइन्स भारतको निजी क्षेत्रको जेट एयर थियो । जेट एयरले ४ लाख ५० हजार ९ सय ९४ जना यात्रु ओसारेर दोस्रो भएको थियो । त्यस्तै कतार एयरवेजले ३ लाख ९९ हजार यात्रु ओसारेर तेस्रो भएको थियो ।

स्मरणीय छ, सन् २०१६ मा पनि नेवानि नेपालमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय यात्रु ओसार्न सफल एयरलाइन्स भएको थियो । त्यसैले नेवानिले असल नियत भएको तालुकवाला मन्त्री र व्यवस्थापन पाएमा नेपालको अन्तर्राष्ट्रिय हवाई उडानको बजारमा तत्कालै लगभग २५ देखि ३५ प्रतिशतसम्म हिस्सा ओगट्ने देखिन्छ । तर नेवानिमा तालुकवाला मन्त्री वा व्यवस्थापनमा जो आए पनि उनीहरुले नेवानिलाई खाने बानीमा चाहिँ परिणत नगरुन् ! असल नियतले नेवानिलाई हाँकून् ! भन्ने कामना भने हामी जो–कोहीले गर्नै पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्