महोत्सव कसको ?



कीर्तिपुर नगरपालिकाले नगरपालिका स्थापना भएको २३ औं वर्षगाठको अवसरमा महिला महोत्सव आयोजना ग¥यो । गत विहीवार देखिको ३ दिने महोत्सव महिलाका सीप चिनाउन केन्द्रित थियो । महिलाले तयार गरेका परम्परागत र आधुनिक सीप, खानाका विविध परिकारले कीर्तिपुरको परिचय फराकिलो बनाउन सघाएको छ ।

महोत्सव उद्घाटनका दिन स्टेजमा देखिएको जमघट भने हास्य महोत्सव जस्तो देखियो । व्यानरमा प्रस्ट लेख्या छ–‘कीर्तिपुर महिला महोत्सव’ तर बाक्लो जमघट थियो पुरुषको । स्टेजमा देखिएका एक दर्जन भन्दा बढी अनुहार मध्येमा एक महिला, बाकी सबै पुरुष । धरहराले बुझ्न नसक्या कुरो, कार्यक्रमको मूल मर्म अनुसार जतिसुकै बरिष्ठ पुरुष भएपनि तीनलाई दर्शकदीर्घामा राखेर महिला मात्रै स्टेजमा अटाए पो कार्यक्रमको गरिमा झल्किन्थ्यो ।

पुरुष भालाम्दीहरु पनि उस्तै । आज एक दिन हामी तलै बसेर ताली पड्काउछौ भन्न नसक्ने । पाठकवृन्दलाई चुरो कुरो प्रष्ट पार्न तस्वीर हाजिर छ ।

प्रतिक्रिया दिनुहोस्