कालीगण्डकी प्रसारण करिडोर पिडीत स्थानिय आन्दोलित



नेपाल समाचारपत्र, पर्वत ।
राष्ट्रिय गौरबको कालिगण्डकी प्रसारण करीडोर आयोजना पिडीत पर्वतको पाड र खुर्कोटका स्थानियबासी आन्दोलित भएका छन ।

कालीगण्डकी करिडोर प्रसारण आयोजनाले स्थानियबासी संग सहमति बिपरित निर्माण कार्य अघि बढाएको भन्दै पिडीत स्थानियबासी आन्दोलनमा उत्रिएका हुन । प्रसारण करिडोरको मुख्य सबस्टेशन पर्वतको खुर्कोटमा निर्माण भैरहेको छ ।

२२० केभीए क्षमताको आयोजनाले खुर्कोटकै अर्मादी देखि हिमालय उच्च मावि सम्म मटरवाटो कालोपत्रे गर्ने, अर्मादी साईडमा आउने पानीको ढलको उचित व्यवस्थापन गर्ने, प्रभावित क्षेत्रका उपभोक्ताहरुलाई स्वरोजगारको व्यवस्था गर्ने, प्रकृतिक वातावरण नविग्रने गरि भौतिक संरचना निर्माण गर्ने, हाईटेटेन्सन लाईन वस्ति भन्दा टाढा वाट लैजाने,विद्यूत हाईटेन्सन टावर निर्माण गर्दा प्रभावित उपभोक्ता संग अन्तरकृया गर्ने लगायतका कार्यहरु नगरीकन एक पक्षिय ढंगले आयोजनाको काम वढाएको उपभोक्ताको आरोप रहेको छ ।

कूश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदुनाथ वास्तोला र वडा नं १ का अध्यक्ष देवेन्द्र सुवेदीको नेतृत्वमा आएको उपभोक्ताहरुको टोलीले प्रमुख जिल्ला अधकारी गुरुदत्त ढकाल संग आपना माग पेश गरेका छन ।

प्रमूख जिल्ला अधिकारीको पहलमा कालिगण्डकी प्रसारण आयोजनाका प्रमुख चन्द कुमार घोस संग छलफल भएको छ । छलफलमा वडा नं २ का अध्यक्ष यदुनाथ वास्तोलाले वर्षातको वेला केटीचौर देखी वगेर आउने पानीले अर्मादीको सयौ रोपनी खेतीयोग्य जमिन पूर्ने र वगाउने भएकाले तुरुन्त कलभर्ट सहितको नालीको निर्माण गरेर मात्र सडकको थप काम गर्न आग्रह गरे ।

उनले त्यो भन्दा ठूलो समस्या विद्यूत हाईटेन्सन टावर निर्माण गर्दा उपभोक्ता संग कूनै सरोकार नगरी निर्माण गरेकोमा आक्रोस पोखे,निर्माण भईसेको ८ वटा हाईटेन्सन लाईनका टावर सार्नु पर्ने माग उनीहरुको छ । लाइनका कारण खुर्कोट र पाडका ६०० भन्दा वढी घरधूरीलाई प्रत्यक्ष असर गरेको जानकारी गराए ।

५० घरधुरी उक्त टावरको लाईन नै मूनी परेकाले वसाईसराई गर्नु पर्ने अवस्था आएको जानकारी दिए , सक्नेहरु त घर छाडेर अन्यत्रै वस्ती वसाउलान तर विपन्न परिवार कसरी अन्यत्र जाने जस्को जग्गाको नाममा भएको सवै प्रभावित एरियामा परेर अतिक्रमण भएको छ ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनताको गूनासा आएकाले सम्भव भए सम्म छिटो परियोजनाले कार्य गर्न निर्देशन गरे । उनले सानातिना कलभर्ट निर्माण,सडकको ग्रेडडिड मिलाउने कूरामा परियोजनाले कन्जूसाई नगर्न आग्रह गरे । सव स्टेशनका हाईटेन्सन लाईन सार्ने कुरा माथिल्लो निकाय सम्म गुनासोलाई पूयाउने वताए ।

यता परियोजनाका प्रमूख चन्दनकुमार घोषले परियोजनाले निर्माण गर्नुपर्ने कलभर्ट सहितको सडक ढलान गर्ने कार्य उपभोक्ताको मग वमोजिम नै कूश्मा नगरपालिकाको प्राविधिक टोली मार्फत थप स्टीमेट वनाउन लागाई सो अनुार एक हप्ता भित्र कार्य गर्ने प्रतिवद्धता जनाए । सव स्टेशनका कारणले पारेका उपभोक्ताका अप्ठेयाराहरु परियोजनाले गर्न सक्ने पूरा गर्ने वताए ।

तर २२० के भि ए हाईटेन्सन लाईनको स्थान परिवर्तनका लागी क्याविनेटले नै निर्णय गर्नुपर्ने भएकाले त्यसको वारेमा छूट्टै प्रकृया अपनाएर जानुपर्ने वताए ।

प्रतिक्रिया दिनुहोस्