अप्रिल फुलका नाममा ‘रिप’



सामाजिक सञ्जालमा रोक लगाउने नभई दर्ता गर्नुपर्ने सञ्चारमन्त्रीको भनाइ सोरै आना ठीक लागेको छ । जथाभावी सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ ।

आइतबार बारामा २०७२ को भूकम्पजस्तै विनाशकारी विपत्तिले मनै खिन्न भएका बेला अप्रिल फुलका नाममा जताततै ल म आउँदै छु, नेपालगन्ज एयरपोर्टमा बुद्ध एयरको प्लेन भन्दै कुनै पुरानो फोटो पोस्ट गर्ने, कतै वनभोज गरी रमाइलो गर्दै भनेर पोस्ट गर्ने, कतै फुटबल खेलाडी नेपाल आयो भन्ने, कतै प्रम सिकिस्त बिरामी भन्ने यो पनि कुनै कुरा हो र । खै हामी नेपालीको सामाजिक चेतनाको स्तर कता गयो ?

तन, मन, धन जेले सकिन्छ सहयोग गर्ने बेलामा अप्रिल फुलका नाममा आफ्नो मर्यादालाई बिर्सेर जथाभावी पोस्ट गर्नेलाई खै के विशेषणले पुकारौं ? तसर्थ समयको ख्याल नगरी बेमौसमी बाजा बजाउने, हिमाल, पहाड, तराई कोही छैन पराइ भन्ने मान्यतालाई कुल्चनेविरुद्ध कडा कारबाहीको माग गर्दछ धरहरा । जहाँ दुखे पनि नेपाल दुख्ने हो भन्ने कुरा बेलैमा चेत खुलोस्, अन्यथा अप्रिल फुलका नाममा विकृति फैलाउनेलाई ‘रिप’ बाहेक अरु केही भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्