विस्फोटम्यान



धरहरा आजकल निकै झुक्किन थाल्या छ पीएम ओली क्याविनेटका सञ्चारमन्त्रीको थर बास्कोटा हो कि ‘विस्फोटम्यान’ ? पत्रकार र सञ्चार माध्यमप्रति सँधै आक्रामक शैलीमा प्रस्तुत हुन्छन्, उनी कड्क्या देख्दा लाग्छ कि सञ्चार माध्यम र पत्रकार त उनको जुत्ताको धुलो पनि हैन ।

विगतमा बास्कोटा आफै पनि पत्रकार थिए तर सत्ताको स्वादले उनलाई ‘विस्फोटम्यान’ बनाएको छ । आइतवार पनि उनले मिडियालाई लक्षित गर्दै भने–‘आफ्नो धोती फुस्किएको थाहा छैन, सरकार माथि सँधै ख्याउ ख्याउ ग¥या छ, अचम्म लाग्छ ।’ विस्फोटम्यानको पछिल्लो तर्क सुन्दा धरहरा मात्रै होइन आम देशबासीनै तीनछक प¥या छन् ।

उनको पछिल्लो तर्कले नेकपाकै खाँटी कार्यकता तिरिमिरी भा’छन् । ‘सरकारले के चाहिँ प्रशंसनीय काम ग¥या छ र जय–जयकार अनि आरती उतार्दै हिड्नु’–यस्तो तर्क गर्नेहरु निकै बढ्या छन् । ‘सरकार विरोधी मिडिया र सञ्चारकर्मी आफैले बनाएका समाचारका कारण लज्जित हुन थाल्या छन्’–यसो भन्दै उनी सरकारको गल्ती कमजोरी ढाकछोप गर्न थाल्या छन् ।

पीएम ओलीको छत्रछायाँ र मलजलमा अटाएसी बास्कोटा विस्फोटम्यान हुनु स्वभाविक हो । तर उनको यो पृथक पहिचान क्याविनेटबाट उछिटिएपछि पनि उत्तिकै दिगो र बलियो होला र भन्ने चर्चा पनि सहर बजारमा राम्रैसँग चल्न थाल्या छ ।

प्रतिक्रिया दिनुहोस्