निखिल र सिर्जुलाई हेर्न दश हजार



धनवीर दाहाल,रुकुम
संगित भन्न बित्तिकै मान्छेहरुको भिडभाड हुने गर्दछ । त्यसमा पनि आफुले मन पराएका कलाकारको प्रस्तुती हेर्न भिड नलाग्ने कुरै भएन । शुक्रबार रुकुम पश्चिममा मानव सागर ओर्लियो ।

रुकुम पश्चिमको सदरमुकाम खलंगामा संचालन भइरहेको प्रादेशिक कृषि, सांस्कृतिक पर्यटन महोत्सवमा गाँउ गाँउबाट आएका दर्शकको साह्रै भिड लाग्यो । चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व नायक निखिल उप्रेतीलाई हेर्न बृद्धबृद्धादेखी वालवालिका सम्मको निकै भिड थियो ।

आयोजक समितीका सचिव तुल देवकोटाका अनुसार ब्रहाटाकुरा खुल्ला मञ्चमा १० हजार बढी दर्शक आएका छन् । नायक उप्रेतीले आफुले अभिनय गरेका फिलिममा भएका अभिनय बारे दर्शकको माग अनुसार प्रस्तुती राखेका थिए ।

चर्चित गायिका तथा मोडल सिर्जु अधिकारीले पनि आफुले गित गाउँदा दर्शकको उत्तिकै हुटिङ थियो । नेपाली गित क्षेत्रमा अधिकारीले निकै चर्चा बटुलेकि छन् । उनको गित रेडियोमा सुनिरेहका, टेलिभिजन र युटुवमा मात्र देखिरेहका दर्शकले आफ्नै अगाडी देख्न पाएका छन् । अधिकारीले आफुले बजारमा ल्याएका बिभिन्न गितहरु गाएर दर्शकलाई नचाएकी थिइन् ।

रुकुम पश्चिम समद्धिका आधार, कला संस्कृति पर्यटन विकास र हाम्रा उद्योग व्यापार भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

जिल्लाको कला संस्कृतिको जगेर्ना गर्ने, कला संगित प्रशिक्षण केन्द्र निर्माण गर्ने, जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउँने, भेष भुषा तथा खाद्य उत्पादनको जगेर्नामा सहयोग गर्नुका साथै कर्णाली भ्रमण वर्ष २०७५ लाई सफल बनाउँने उद्ेश्य समेत राखिएको छ ।

आगामी १७ गते सम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सहित स्थानीय कला संस्कृति, कृषि, पर्यटन सम्बन्धी स्टल संगै व्यापारीक स्टलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्