सुदृढ बन्दै हेटौंडा अस्पताल



हेटौंडा, (नेस)
हेटौंडा अस्पतालमा ओपीडीको टिकट काट्ने ३ वटा र फार्मेसीको २ वटा लाइनमा टोकन प्रणाली लागू गरिने भएको छ। सेवाग्राहीको लाइन व्यवस्थित गर्न टोकन प्रणाली लागू गर्न लागिएको हो।

केही समयपछि डिजिटल टोकन प्रणाली लागू गरिने अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। बिरामीलाई सेवा दिन अस्पताल भवनमा एटीएम सेवा पनि शुरू गर्न पहल गरिएको छ। कृषि विकास बैंकका प्रतिनिधिले आइतबार एटीएम राख्ने स्थानको अवालोकन गरेका छन्। अस्पतालमा एटीएम राख्न आवश्यक पहल शुरू भइसकेको डा. श्रेष्ठले बताउनुभएको छ।

हेटौंडा अस्पतालमा पछिल्लो समय नाक, कान र घा“टीको सेवा थप गरिएको छ। अबका केही दिनमा भीआईए र दन्तसेवाको सम्पूर्ण कार्यहरू सुचारु गरिने श्रेष्ठले बताउनुभयो।

अस्पतालले पछिल्लो समय आफ्नो स्वामित्वमा रहेको फार्मेसीको पनि निगरानी बढाएको छ। औषधीको स्टक परीक्षण गर्ने तथा कुनै पनि औषधी अभाव हुन नदिन टेन्डर गरेका व्यवसायीलाई भेला गरेर सचेत गरिएको छ। आवश्यक मेसिन तथा औजार र प्रयोगमा आउने खालका मात्र वस्तु खरिद गरिने श्रेष्ठले जानकारी दिनुभयो।

उहा“ले जुन वस्तु खरिद गरेर प्रयोगमा आउ“दैनन्, त्यस्ता औजार, मेसिन किन्नु उचित नहुने बताउनुभयो। सामाजिक विकास मन्त्रालयले अस्पताल सुदृढीकरणका लागि अस्पताललाई २ करोड प्रदान गरेको छ। यसबाट मुख्य गरी फोहोर विसर्जन केन्द्र र ओपीडी सेवाको काम शुरू गरिने भएकोे छ।

अस्पताललाई सुदृढ बनाउन हेटौंडा उपमहानगरपलिकाले वार्षिक ४० लाख रुपिया“ प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्षसम्म पनि २० लाख रुपिया“ हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पतालको सुदृढीकरणका लागि प्रदान गरिसकेको छ। अस्पतालको भवन निर्माण जारी छ। अस्पतालमा औसत एक सय बिरामी भर्ना भएर उपचार गराइरहेका हुन्छन्। दैनिक ६० देखि ७० जना स्वास्थ्य परीक्षण गर्न आउने गरेका छन्। दैनिक साधारण तथा जटिल शल्यक्रिया पनि हुने गरेको छ। सेवाग्राहीले स्वास्थ्य बीमामा पर्ने १ हजार १ सय ५२ प्रकारका औषधीसहित नेपाल सरकारले निःशुल्क प्रदान गरेको ७० प्रकारका औषधी सहजै अस्पतालको फार्मेसीबाट पाउने डा. श्रेष्ठले दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्