रोबोट चौकिदार तैनाथ



बेइजिङ (एजेन्सी)
चीनको राजधानी बेइजिङमा एक आवासिय समुदायले पहिलो पटक रोबोट चौकिदार तैनाथ गरेको छ । उक्त रोबोटले मान्छेको अनुहारको तस्विर खिच्न र कुरा गर्न सक्ने जनाइएको छ ।

उक्त रोबोटका कारण अब रातमा कुनै ब्यक्तीले चौकिदारी गर्न पर्ने छैन । मेइबाओ नामक उक्त रोबोटले गैरकानुनी गतिविधिहरुमाथि निगरानी राख्ने मात्र नभएर बेइजिङ स्थित मेईयुआन समुदायका सदस्यहरुलाई उपयोगी जानकारी पनि उपलब्ध गराउने बेइजिङ एरोस्पेस अटोम्याटिक कन्ट्रोल इन्स्टिच्युट (बीएएसीआई) का परियोजना निर्देशक लियु गांगजुनले सरकारी अखबार ग्लोबल टाइम्सलाई बताए ।

उक्त रोबोटको सन् २०१८ देखि सन् २०१९ अप्रिलसम्म परीक्षण हुने उनले बताए । बीएएसीआईले चाइना एकेडमी अफ लन्च भेइकल टेक्नोलोजीको मद्दतबाट यसको विकास गरेको लियुले जानकारी दिए ।

समाजमा कुनै संदिग्ध देखिएमा मेइबाओले उसलाई चिन्ने र अर्लाम बज्ने उनले बताए । रोबोटले मौसमको भविष्यवाणी पनि गर्न सक्ने र गीत पनि बजाउन सक्ने उनले बताए । यसले समुदायका बच्चाहरु उ प्रति आकर्षित हुने छ ।

प्रतिक्रिया दिनुहोस्