रौतहटमा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरीसहित ५ जना घाइते



नेपाल समाचारपत्र, रौतहट ।
रौतहटमा बिहिबार साँझ प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परि ३ जना प्रहरी र २ जना स्थानिय घाइते भएको प्रहरीले जनाएको छ ।

होली मनाउने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले ७ राउण्ड अश्रु ग्यास र ६ राउन्ड सर्ट गनको रबर सेल प्रहार गरेको छ ।

स्थानीयले प्रहरीमाथि एक्कासी ढुंगामुढा गर्न थालेपछि अश्रु ग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्