बहिनीलाई होली नदल्न आग्रह गर्दा दाजु कुटिए



प्रदिप भण्डारी, दाङ ।
रङको पर्व होली यस वर्ष तराईका जिल्लाहरुमा बुधबार हर्षोउल्लासपूर्वक मनाईएको छ । यस वर्षको फागुपूर्णिमा अर्थात् (होली) दाङ जिल्लामा पनि हर्षोउल्लासपूर्वक मनाईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक प्रेमबहादुर शाहिले जानकारी दिनुभयो ।

शाहीका अनुसार दाङको बिजौरी भने आफ्नी बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा एक युवकमाथि कुटपिट भएको छ ।
तुलसीपुर उपमहानगरपालिका– १८ निवासी जीतबहादुर चौधरीले होली खेल्न निस्किएका दश– बाह्र जना युवाहरुको समुहले उनकी बहिनी शोभा चौधरीलाई जबरजस्ती रङ दल्न खोज्दा उनले नदल्न आग्रह गरेका थिए । सोहि क्रममा सो युवाहरुको समूहले चौधरीमाथि कुटपिट गरेको थियो ।

कुटपिट भएका चौधरी जिल्ला प्रहरी कार्यालय रुपन्देहिमा कार्यरत छन् । उनी होली मनाउने भन्दै घर विदामा आएका थिए ।
घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारको लागि बाँके लगिएको छ ।

चौधरीलाई कुटपिट गर्ने एक जनालाई पक्राउ गरिएको शाहीले जानकारी दिनुभयो । पक्राउ परेकाको भने नाम खुलाईएको छैन । बुधबार साँझसम्म उनीसंग आवश्यक अनुसन्धान भईरहेको शाहीले बताउनुभयो ।

शाहीका अनुसार तुलसीपुर क्षेत्रमा यस वर्षको होलीमा त्यस्तो अप्रीय घटना भने नघटेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्