होली खेल्ने क्रममा विवाद हुँदा खुकुरी हानाहान



नेपाल समाचारपत्र, काठमाडौं ।
होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुदाँ नयाँ बानेश्वर चोकमा खुकुरी हानाहान भएको छ।

झडपको क्रममा खुकुरी प्रहार हुदाँ दुई जना घाइते भएका छन्। होली खेल्दै गरेको भीडमा एक युवकले एक्कासि नाँगो खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गरेपछि पनि युवकसहितको टोलीले उनीहरुलाई लखेटेका थिए।

प्रहरीले घटना तत्काल नियन्त्रणमा लिएको थियो। खुकुरी लागि सौगात केसी र छत्र भण्डारी घाइते भएको महानगरीय प्रहरी बृत नयाँ बानेश्वरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्