किर्तिमानी परेवा



ब्रसेल्स (एजेन्सी)
बेल्जियमको एक परेवा किर्तिमान मुल्य १२ लाख ५० हजार युरोमा लिलाम भएको छ । लिलाम संस्था पिपाले अर्माडो नामक उक्त परेवालाई ‘लामो दुरीका सबैभन्दा उत्कृष्ट बेल्जियमका परेवा ‘ भएको बताएका छन् ।

उक्त परेवाको नाम ‘परेवाहरुको लुईस हेमिल्टन‘ बताइएको छ । यसअघि सबैभन्दा महँगो परेवा ३ लाख ७६ युरोमा विक्री भएको थियो । अर्माडोको लिलामीले उक्त किर्तिमान तोडिएका पिपाले जनाएको छ ।

उक्त परेवा पाँच बर्षको भएको र अहिले अवकाशको आनन्द लिएरहेको जनाइएको छ । पिपाका सीईओ निकोलस गाएसेलब्रेख्टले कुनै परेवा यति धेरै मुल्यमा विक्री हुनु अविश्वनिय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्