‘बुवाको सपना सकार पार्न महर्जन कम्प्लेक्स बनाएका हौ’



कृष्णलाल महर्जन
अध्यक्ष महर्जन बिजनेश एसोसियट ( महर्जन कम्प्लेक्स)

कुरा बिसं २०२४ साल तिरको हो । वुवा कर्मलाल महर्जनले बिसं २०१७ सालमा न्युरोडको फेन्सी पसल संचालन गर्दा राणाजीले हाल निर्माणाधिन महर्जन कम्प्लेक्सको जग्गा किन्न आग्रह गर्नुभएको थियो । त्यतिबेला खै किन हो वुवाले त्यो जग्गा किन्नु भएन । बुवाको त्यो अधुरो सपना हामीले ५० वर्षपछि पुरा गरेका छौ । वुवा कर्मलाल महर्जन भन्ने गर्नुभएको थियो– कर्मनै जीवन हो, कर्मनै सबैभन्दा ठुलो धर्म हो भनेर आजिवन कर्ममा लाग्न सक भनेर प्रेरणा दिनुहुन्थ्यो । अहिले वुवाको सपना पुरा गर्न सफल भएका छौ ।

तीनपुस्तासंग यो भवनमा साइनो गासिएको छ । अहिले हाम्रो नौलो व्यवसायको रुपमा महर्जन कम्प्लेक्स संचालन गर्नु रहेको छ । बिसं २०७२ सालमा तत्कालिन क्रिष्टल होटलको नाममा रहेको करिब २० आना जग्गा खरिद गरी ज्यापु समुदायमा ठुलो र आधुनिक सुविधा सम्पन्न भवन निर्माण गर्न एउटा खुसीको विषय हो । जापानको हिरोसिमा विश्वविद्यालयमा प्राध्यापन पेशामा रहनुभएका दाजु प्राडा केशवलाल, म र मेरो भाइ किरणलालका परिवार र सुभचिन्तक हरुको अथक प्रयासबाट जोडेको यो सम्पत्तीले न्युरोड घुम्न आउने पर्यटक र नेपालीको आकर्षण गराइरहेको छ । हनुमानढोका गद्धी बैठककै जस्तो झल्को दिने सो भवन अहिले न्युरोडको आकर्षक बनेको छ । भवन नबन्दै हेर्नेको घुइचो लाग्न थालेको छ ।

निर्माण सम्पन्न हुन अन्तिम चरणमा रहेको यो भवन व्यवसायीक दृष्टीले अति महत्वपुर्ण छ । अबको केही दिनमा कम्प्लेक्समा व्यवसाय संचालन हुनेछ । सो भवनमा जेठदेखि बैक तथा वित्तिय संस्था, गहना पसल, ब्राण्डेड सामानको पसल, आइसक्रिम पार्लर, रेष्टुरेन्ट लगायत व्यवसाय संचालन हुनेछ । ललितपुरको ज्यापु समुदायमा हुर्किएको एउटा सानो परिवारले नेपालको मुटु भनेर चिनिने न्युरोडमा भब्य नियोक्लासिकल भवनको स्वामित्व ग्रहण गर्न पाउनुमा गर्वको अनुभुति भएको छ । न्युरोडकै नमुना व्यावसायीक भवन हेर्न भएपनि जनताहरु आउनेछन , यस्को आकर्षणको बारेमा चर्चा गर्नेछन । अबको करिब दुई महिनापछि व्यावसायीक रुपमा संचालन हुन लागेको भवनको विषयमा नेपाल समाचारपत्रको लागि ईश्वरराज ढकालले गरेको कुराकानी

किन यति ठुलो व्यावसायीक भवन संचालन गर्ने योजना गर्नुभयो ?
भवन ठुलो होइन सोच ठुलो भएकोले भवन ठुलो देखेका हौ । विश्वको १० घुम्नैपर्ने देश मध्य नेपाल एउटा मुलुक हो । काठमाडौ आउने जो कोही स्वदेशी र विदेशीको चाहना हुन्छ एक पटक त न्युरोड घुमौ अनि केही किनमेल गरौ । यस्तै विश्वकै जनताको चाहना पुरा गराउन महर्जन कम्प्लेक्स निर्माण गरिरहेका छौ । जो कोहीले हेर्नासाथ एक पटक घुमेर केही सामान त किनौ भन्ने लाग्नेछ । भवनमा अत्याधुनिक सुविधा हुनेछ । भवनमा व्यावसाय संचालन भएपछि यस्ले सबै नेपालीको ध्यान तान्न सफल हुन्छ भन्ने लागेको छ ।

 विभिन्न आकर्षक लगानी क्षेत्रको सम्भावना बीच ठँलो लगानीमा व्यापारिक कम्प्लेक्स बनाउँदै हुनुहुन्छ । के ले आकर्षित ग¥यो ?
संसारमा सात अर्ब मान्छे छन् । त्यो सात अर्बमा कोहीले आफ्नै कर्मको बलमा संसारभरी नाम चम्काएका छन्, कोही खान नपाएर भौंतारिइरहेका छन् । यहाँनेर प्रश्न उठ्छ, मान्छे त सबै उस्तै हुन् तर कसैले कल्पनानै गर्न नसकिने गरी सफलताको शिखर चुम्छ, कसैलाई विहान बेलुकाको छाक टार्न पनि मुस्किल छ, किन ? आखिर सबैले प्रयास त गरेकै हुन्छन् । तैपनि कसैलाई सफलता मिल्छ, कसैलाई मिल्दैन । हो, मुख्य कुरा यहीँ आएर अडकिन्छ । संसारभरीको उदाहरण हेर्दा उही कामलाई पनि फरक ढंगले, अलि इनोभेटिभ किसिमले गर्ने मान्छेहरु सफल हुन्छन् । अरुको देखासिखी गर्दा सफलता मिल्न मुस्किल हुन्छ । हामीले यही कुरालाई मनन् गरेर केही नयाँ चिज दिन खोजेका छौं । राजधानीको मुटुमा रहेको यो कम्प्लेक्स सम्पदामैत्री छ । परम्परा र आधुनिकता मिसाएर हामीले यो कम्प्लेक्स तयार गर्दैछौं । यसलाई हामीले निओक्लासिकल आर्किटेक्टको नमुनाको रुपमा प्रस्तुत गर्दैछौं ।

 भवन निर्माण गर्दा अवरोध आएन ?
कुनैपनि मेघा परियोजना संचालन गर्दा अवरोध आउनु सामान्य कुरा हो । दृढ निश्चयका साथ काम गर्दा ती अवरोधलाई सजिलै पन्छाउन सकिन्छ । त्यसो गर्न हामी सफल भएका छौ । सकरात्ममक सोचले काम गर्दा कुनै समस्या आउदैन । तर समस्या समाधान गर्न आतिने र मातिने र बानी गर्नु हुदैन । कहिले मापदण्ड त कहिले मन्दीरको विषयमा अवरोध सिर्जना गर्ने काम भयो । मापदण्डलाई फलो गरेर काम गरेको हुँदा कुनै समस्या भएन ।

मापदण्डको कुरा नि ?
मापदण्डमा कुनै समस्या छैन । महानगरपालिकाले नक्सा स्वीकृत गरेपछि निर्माण शुरु गरेका छौ । केही समय अघि यो भवन विश्वसम्पदा क्षेत्रभित्र पर्छ भन्ने हल्ला चलाइयो । तर त्यो हल्ला सत्य सावित हुन सकेन । यो कोर जोन होइन बफरजोनमा रहेकोकुरा सम्मानीत सर्वोच्च अदालतले समेत फैसला गरीसकेको छ । विगतमा रहेको ८ तले कृष्टल होटल भत्काएर हामीले ४ तला ३५ फिटको नक्सा स्वीकृत गरी हाल ३ तले ३१ फीटमा रहेको छ । भवन मापदण्ड २०६४ को ४.४.२ अनुसार पुरानो घर भत्काउदा साविकको उचाइमा जान पाउने प्रावधान अनुसार बिसं २०२४ सालमै ५३ फिट नक्सा पास भएको थियो । अहिले पनि ५३ फिटसम्म जाने बाटो खुलेको फैसला अदालतले गरीसकेको छ । अहिले काठमाडौं महानगरपालिकाले भवनको तारिफ गरिरहेको छ । पुरातत्वकर्मीले भवनप्रति खुलेर प्रशंसा गरेका छन् ।

भवनको विशेषता के छ ?
अत्याधुनिक यो भवनमा एक त यो सम्पदामैत्री छ । युनेस्कोले यो भवनको पटक पटक प्रशंसा गरिसकेको छ । युनेस्कोले २२ नोभेम्बर २०१७ मा लखेको एक पत्रमा ‘नियो क्लासिकल’ स्वरुपको तारिफ गरेको छ । यो कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग तुलना गरेको छ ।

कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ । हामीले सटर राख्ने व्यवस्था हटाएर काठको ढोेका र झयल राखेका छौ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ । विभिन्न फँलको सुगन्धसहितको फ्रेस एअर सप्लाइएको व्यवस्था हुन्छ । यो कम्प्लेक्स तयार भएपछि यहाँ कहिले चमेली, कहिले पारिजात, कहिले गुलाफ लगायत फँलको सुगन्ध मगमगाउँनेछ ।

यसको बीच भागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ । यसमा अत्याधुनिक क्पासुल लिफ्ट छ जुन बाहिर सडकबाटै देखिन्छ । भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता गरिएको छैन । भँकम्पीय सुरक्षाका दृष्टिले यो भवन ९ रेक्टर स्केलको भकम्प आउदापनि थेग्न सक्छ । अल्ट्रा मोर्डन क्यासुल लिफ्ट जडित हुनेछ । २४ घण्टा सुरक्षा सेवा, अत्याधुनिक अग्नी नियन्त्रण प्रविधि, पुर्ण वातावुकुलित प्रविधिमा आधारित छ ।

विशेषता
-सम्पदामैत्री र क्लासिकल
-सटर हटाएर काठको ढोेका र झयल राखेका छौ ।
-अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ प्रविधि
-विभिन्न फँलको सुगन्धसहितको फ्रेस एअर सप्लाइएको व्यवस्था
-कम्प्लेक्स तयार भएपछि चमेली, पारिजात, गुलाफ लगायत फँलको सुगन्ध मगमगाउँछ ।
-बीच भागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ ।
-यसमा अत्याधुनिक क्यासुल लिफ्ट जुन बाहिर सडकबाटै देखिन्छ । भुकम्प प्रतिरोधी अल्ट्रा मोर्डन क्यासुल लिफ्ट जडित हुनेछ । २४ घण्टा सुरक्षा सेवा, अत्याधुनिक अग्नी नियन्त्रण प्रविधि, पुर्ण वातावुकुलित प्रविधिमा आधारित छ ।

 

 कति लगानीमा निर्माण गर्दै हुनुहुन्छ ?
नेपालमा पनि यस्तो भवन छ र भन्ने भान गराउन महर्जन कम्प्लेक्स निर्माण गरेका हौ । भवन निर्माण गरेको हो । सरस्वती हुनेसंग लक्ष्मी हुदैन लक्ष्मी हुनेसंग रसस्वती हुदैन । यो मैले विद्या र धन संग जोडेको प्रशंग हो । दुवै हुनेसंग आट हुदैन । आट नभै केहीपनि हुदैन । तर हामीले आट गरेर सम्पुर्ण तीन पुस्ताको नाम दाम दाउमा लगाएर यो भवन निर्मँण गर्दैछौ । झण्डै तीन अर्ब खर्चेर यो व्यावसायीक भवन निर्माण गदैछौ । फेरि हामीले पैसा धेरै भएर यहाँ लगानी गरेको पनि होइन । नेपालीले शुरु गरेको मेघा परियोजनाले अन्य नेपालीलाई पनि आकर्षित गर्न सफल होस भन्ने उद्धेश्यले भवन निर्माण गरेका हौ । नेपालीको एकल परिवारले शुरु गरेको यो परियोजनाले सबैलाई अभिप्रेरित गर्न सकोस भन्ने हाम्रो चाहना हो ।

ड्ड यो भवनमा पुर्ण व्यावसायीक हुन्छ भन्ने आधारहरु के हुन ?
हाम्रो काठमाडौं सहरलाई ट्रिप एडभाइजरजस्ता पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नै पर्ने उत्कृष्ठ दश स्थानमध्य काठमाडौंको उत्कृष्ठ गन्तब्य हो । यस हिसाबले नेपाल विश्वकै एउटा गन्तव्य हो । र काठमाडौंको न्युरोड, इन्द्रचोक, दरबारक्षेत्र जस्ता क्षेत्र सदियौंदेखि नेपालीको प्रमुख गन्तव्यको रुपमा छन् । मुलुकको दँरदराजबाट राजधानी आइपुग्ने व्यक्तिलाई न्युरोड, इन्द्रचोक जस्ता ठाउँ नपुगी वास्तविक काठमाडौं पुगेको अनुभँति हुँदैन । लोकेसनका हिसाबले महर्जन कम्प्लेक्स विश्वकै टप टेन गन्तव्यको पनि केन्द्र भागमा छ । त्यस्तो ठाउँमा आफ्नो प्रोपर्टी होस् भन्ने चाहना कसको हुँदैन ? ल भन्नुस् त ? एकपटक पुग्दा मात्रै त चित्त बुझ्ने ठाउँमा आफ्नै सम्पत्ति छ भन्न पाउनु एउटा नेपालीका लागि कति गर्वको विषय होला ? यस हिसाबले पनि अपेक्षाकृत सफलता पाइन्छ भन्नेमा हामी विश्वस्त छौं ।

त्यसोभए बिक्रीका लागि बनाउनुभएको हो र ?
हो । कम्प्लेक्सका अधिकांश कलब बिक्री गर्छौं । केही चाहिँ आफैंले राख्छौं । पाच दशक पछि हाम्रो भाग्यमा आएको यो भवनलाई हामी अरु ५० जनाजतिलाई भाग्य बाड्दैछौ । न्युरोडको व्यावसायीक भवनमा फ्ल्याट खरिद गर्न पाउनु गर्वको विषय हो । व्यवसाय गर्न नि पाउने अनि त्यसमाथी पनि आफ्नै भवनमा यो त ठुलो कुरा हो नि ? हामीले बिक्री गरेपछि त्यसको लालपुर्जा एक वर्षभित्र उपलब्ध गराउछौ ।

व्यावसायिक सम्भावना के कस्तो देख्नुहुन्छ ?
मैले भनिसकें यो लोकेसन नेपालको मात्र नभएर विश्वकै प्रमुख गन्तव्यमा परिसकेको छ । जुन हामीले मात्रै दाबी गरेको होइन विश्वलेनै मुल्याङन गरेको कुरा हो । यस क्षेत्रमा हुने मानिसको आवागमन हेरेर पनि तपाईंले अनुमान गर्न सक्नुहुन्छ । नेपालको सबैभन्दा बढी मानिसको आवागमन हुनेक्षेत्र न्युरोड, इन्द्रचोक नै हो । यहाँको व्यावसायिक सम्भावनाको कुरा गर्दा यहाँ हुने मानिसको चहलपहल नै काफी छ ।

दोस्रो कुरा न्युरोडको प्रोपर्टीको एस्केलेसन भ्यालु असाध्यै राम्रो छ । हामीले नै तीन वर्षअघि किनेको जग्गा अहिलेसम्म राखेर बेचेको भए आफँले किनेको भन्दा तेब्बर मँल्य पाउँथ्यौं । न्युरोड क्षेत्रमा हुने व्यापारको पनि हामीले हिसाब निकालेका छौं । एउटा गहना पसललाई आधार मानेर हिसाब निकाल्दा तीन–चार वर्षमा प्रोपर्टीका लागि तिरेको भ्यालु रिटर्न हुने देखिन्छ । व्यावसायिक सम्भावनाको विषयमा यहाँभन्दा बढी के भनौं ? यहीँ छेउको इन्द्रचोकमा २०६२ सालमा एक करोड सम्पत्तीको मँल्य अहिले २५ करोड पुगेको छ ।

अढाइ अर्बभन्दा बढी लगानी छ भन्नुहुन्छ । यति रकम ले त झण्डै १५ मेगावाटको जलविद्युत् आयोजना बन्छ । किन मेगा प्रोजेक्टतिर लाग्नुभयो ।
एकदम सही कुरा । यो आफैमा मेघा परियोजना भैसकेको छ । हाम्रा लागि यो १५ होइन १५० मेगावाटको प्रोजेक्ट जस्तै महत्वपँर्ण छ । यसमा व्यापार, लगानी, नाफा जस्ता कुरामात्रै छैनन् । सपना पनि जोडिएको छ । हामी लो प्रोफाइलमा बसेर इमानदारीपँर्वक वुवाले सुरु गरेको व्यापार, व्यवसाय चलाउँदै आएको हौं । कृषकका रुपमा पहिचान बनाएको उपत्यकाको ज्यापु परिवार सुभचिन्तकहरुको साथ, सहयोगल र सदभावले यस्ता मेगा प्रोजेक्ट सम्पन्न गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्न हामीले यो रोजेका हौं । अहिले भवन बनायौ । अब तपाईले भन्नुभएजस्तो जलविद्युत सुचना प्रविधि लगायत अन्य क्षेत्रमा लगानी गर्ने सोच बनाएका छौ ।

कम्पनीको नाम ‘एमबिए राख्नुको कारण ?
हाम्रो कम्पनीको नाम महर्जन बिजनेश एसोसियट हो । यस्लाई एमबिए पनि भनिन्छ । एमबिए पढ्न सकिएन त के गर्ने । २०४६ सालतिर साथिहरु एमबिए पढ्न कलेज गए । आफु व्यवसायको कारण एमबिए पढ्न भ्याइन । मलाई पनि एमबिए पढ्ने धोको थियो । तर सकिन । हाल कम्पनीको नामनै एमबिए राखेर सो तृष्णा मेट्न सफल भयौ । पढ्न नसकेपनि कम्पनीको नाम एमबिए राख्दा हामी सबैले खुसीको महसुश गर्न पाएका छौ ।

र अन्त्यमा हामी सबै नेपालीको सझा उद्धेश्य भएको छ । हाम्रो यो भवनमा हुने करिब ६० वटा पसल बाट १ हजारलाई रोजगारी पाउनुको साथै यहा हुने आर्थिक क्रियाकलापले देशकै सम्वृद्धीमा एउटा नया आयाम थपिनेछ । भन्नेमा हामी विश्वस्त छौ ।

 

प्रतिक्रिया दिनुहोस्