भिक्षु अश्वघोषको स्वास्थ्य खर्च सम्पूर्ण सरकारले व्यहोर्ने



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपालका संघ महानायक भिक्षु अश्वघोण महास्थविरको स्वास्थ्य उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।
हाल टोखास्थित ग्राण्डी इन्टरनेशनल अस्पताल मा उपचार गराइराख्नुभएका ९३ वर्षीय संघमहानायक भिक्षु अश्वघोष स्वास्थ्योपचार सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भनीे निर्णय गरेको सांसद् एवं नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालको बुद्ध धर्मको विकास र विस्तारमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहा“को स्वास्थ्य उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको पनि सांसद् श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी दिनुभयो ।सोही अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालको व्यवस्थापन र चिकित्सकहरुलाई स्वास्थ्य उपचारमा कुनै कसर बा“की नराख्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताउनुभएको थियो । राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहनुभएका भिक्षु अश्वघोष झाडापखाला, वान्ता आउने र रक्तचाप सम्बन्धी समस्याका कारण दुई सातादेखि अस्पतालमा उपचार गराइरहनुभएको छ ।

बुद्धजन्मभूमि नेपालमा बुद्धशिक्षाप्रति आजीवन समर्पित एक ज्येष्ठ भिक्षुको कदर गर्न प्रत्यक्ष रुपमा नेपाल सरकारबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरिनु अत्यन्त स्वागतयोग्य रहेको अखिल नेपाल भिक्षु महासंघले जनाएको छ ।महासंघका महासचिव भिक्षु कौण्डन्यले प्रधानमन्त्री ओली र नेपाल सरकारलाई साधुवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्