रवीन्द्र अधिकारी यस्तो प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा थिए



नेपाल समाचारपत्र
काठमाडौं
भूवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरिया विस्तारको कामलाई अगाडि बढाइएको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडान क्षेत्रतर्फ ६ वटा साना विमान एयरबस–३२० र ६ वटा ठूला विमान ३३० गरी थप १२ वटा विमान पार्किङ गर्न मिल्ने पार्किङ वेको निर्माण कार्य असारसम्म सम्पन्न गर्ने गरी अगाडि बढाइएको विमानस्थल कार्यालयले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षको कार्यप्रगति सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

फागुन १५ गते हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले एक वर्षमा सम्पादन गरेका कार्य प्रगति विवरण सार्वजनिक गरेको हो। मन्त्री अधिकारी आफैंले गर्न सार्वजनिक गर्ने योजना भए पनि ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।

मन्त्री अधिकारीको एक वर्षको अवधिमा २ सय १२ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको जनाएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ६३ प्रतिशत सम्पन्न भएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालन आएको छ। साथै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्तीको अभियानलाई तीव्रता दिएको छ। मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको उडान तथा यात्रुचापमा न्यूनीकरण गर्न दैनिक ४ घण्टा वृद्धि गरी उक्त विमानस्थल दैनिक २२ घण्टा सञ्चालनमा ल्याएको थियो।

यसबाट हवाई यात्रुलाई सुविधाका साथै उडान तथा अवतरणको क्रममा विमानलाई आकाशमा होल्डमा रहनु नपर्ने अवस्था सिर्जना भएको छ। विगत लामो समयदेखि योजनामा मात्र सीमित रहेको विमानस्थलको धावनमार्ग पुनर्निर्माण धावनमार्ग स्तरोन्नती असार महिनाभित्र सम्पन्न गर्नेगरी कार्य अघि बढेकोछ।

विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने परियोजनाका कार्य यस अवधिमा ३० प्रतिशत सम्पन्न भई हालसम्मको प्रगति ४० प्रतिशत पुगेको मन्त्रालयले सावर्जनिक विवरणमा उल्लेख गरिएको छ। त्यस्तै पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्य २२ प्रतिशत सम्पन्न भएको छ भने ६ वटा विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ।

झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा उपकरणहरू जडान गरी रात्रिकालीन उडान सेवा समेत शुरु गरिएको नागरिक उड्डयन प्राधिकरणल जनाएको छ। प्राधिकरणले काठमाडौं बाहेकका विमानस्थलहरू (भैरहवा, नेपालगञ्ज, सुर्खेत, पोखरा र विराटनगर) बाट रात्रि उडान गरी अन्तर प्रदेश, क्षेत्रीय तथा पहाडी क्षेत्रमा उडान सेवा सञ्चालन भएको जनाएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएको छ। मन्त्री अधिकारीले पदवाहाली गर्दा एक महिनामा मोडालिटी तय गरेर निमार्ण कार्य अगाडि बढाउने कार्ययोजना रहेको भए पनि विभिन्न प्रविधिक कारणले गर्दा तो कार्य अगाढि बढ्न सकेको छैन। कार्य सम्पादन विवरणमा मुलुकभर सय वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ। सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्नको लागि मन्त्रालयले कार्ययोजना बनाएरै कार्य सम्पादन गरेको थियो।

कार्यसम्पादन पुस्तिकामा सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै करिब १२ लाख पर्यटक नेपाल भित्र्याउन सफल भएको थियो। जापान, कम्बोडिया, थाइल्यान्डलगायतका मुलुकसँग हवाई सम्झौता पुनरवलोकन गरी हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। समग्रमा, नेपालको मौलिक संस्कृति झल्किने तथा अत्याधुनिक सुविधा प्रवाह हुने गरी यस विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ भएको छ।

प्रतिक्रिया दिनुहोस्