प्रचण्ड वरिपरि ५९ सुरक्षाकर्मी खटिए



काठमाडौं, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ।

आफूलाई मारेर समस्या समाधान नहुने धारणा प्रचण्डले बिहीबार एक कार्यक्रममा व्यक्त गरेको थिए। प्रचण्डले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिएलगत्तै सरकारले सार्वजनिक जीवनमा रहेको सबै व्यक्तिउपरको सम्भावित सुरक्षा खतरा विश्लेषण गरी आवश्यक सुरक्षा व्यवस्थापन गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ।

गृहमन्त्रालयले सबै सुरक्षा निकायलाई विशिष्ठ व्यक्तिहरुको सुरक्षाका लागि विशेष ध्यान दिनसमेत दिइसकेको समाचार नागरिक दैनिकमा छ। स्रोतका अनुसार प्रचण्डका सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्