एकै सिजन १५ उपाधि जितेकी मिकाएला



न्यूयोर्क, (एजेन्सी)
यसै साता अमेरिकाकी स्की प्लेयर मिकाएला शिफ्रिनले स्लालोम इभेन्टको महिला विश्वकप जितेकी छन् । स्लोभेनियाको क्रान्स्का गोरामा भएको इभेन्टमा मिकाएलाले पहिलो दूरी ०.३७ सेकन्डको अन्तरले र दोस्रो दूरी ०.८५ सेकन्डको अन्तरले जितेकी हुन् ।

योसंगै मिकाएलाले यस सिजनमा आफ्नो १५औं उपाधि हात पारेकी हुन् । यस्तो गर्ने उनी विश्वकै पहिलो खेलाडी समेत बनिन् । यसअघि कुनै पनि महिला अथवा पुरुष स्कीयरले एकै सिजनमा १५ वटा उपाधि जितेको थिएन ।

पछिल्लो पटक उक्त इभेन्टमा एकै सिजनमा १४औं उपाधिको कीर्तिमान रहँदै आएको थियो । जुन सन् १९८८ मा स्विट्जरल्यान्डकी स्कीयर ब्रेनी स्नाइडरले कायम गरेकी थिईन् । एकै सिजनमा १५ वटा उपाधि जितेर किर्तिमान बनाएकी मिकाएलाले यो समेत विश्वकपमा कुल ५८औं जित दर्ता गरिन् ।

स्लालोम इभेन्टको एक दिन अघिसम्म मिकाएला तेस्रो स्थानबाट गुज्रेकी थिईन् । स्लोभाकियाकी पेत्रा व्लहोभा लगातार मिकाएलाभन्दा अघि रहेकी थिईन । तर अन्तिम दिन मिकाएलाले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्न सफल भईन् ।
विश्वकपमा ५८औं जित दर्ता गरेकी मिकाएलाको प्रेरणा भनेको उनका १९ वर्षीय एकजना समर्थक हुन, जो क्यान्सरबाट पिडित छन् । मिकाएलाले नै आफ्नो र ती समर्थकबीच रहेको सम्बन्धका बारेमा खुलासा गरेकी हुन् ।

मिकाएला वर्तमान समयकै सर्वश्रेष्ठ स्कीयर मानिन्छन्, किन भने उनले कठिन मानिने स्लालोम स्पर्धाको विश्वकप लगातार तेस्रो पटक जितेकी हुन् । आफ्नो करियरमा मिकाएलाले कुल ६ पटक स्लालोम विश्वकपको उपाधि जितिसकेकी छन् ।

मिकाएलाले स्कीइंग जगतको क्रिस्टल ग्लोब पनि हात पारिसकेकी छन् । यो बाहेक उनले सुपर जी मा स्वर्ण र जाएन्ट स्लालोममा काश्य पनि जितेकी छन् । ओलम्पिकमा उनले २ स्वर्णसहित ३ पदक र वल्र्ड च्याम्पियनशिपमा ५ स्वर्णसहित ७ पदक जितेकी छन् ।

FLACHAU, AUSTRIA – JANUARY 8 : Mikaela Shiffrin of USA takes 2nd place during the Audi FIS Alpine Ski World Cup Women’s Slalom on January 8, 2019 in Flachau Austria. (Photo by Christophe Pallot/Agence Zoom/Getty Images)

मिकाएलाले आफ्नो हरेक जित विश्वका उदियमान महिला एथ्लीट्सलाई समर्पित रहेको बताए । मिकाएलाले भने,–“जब म सानो थिए, खेलको माध्यमबाट नाम कमाउने ठूलो सपना थियो । अहिले त्यो पूरा भएको छ ।

आज धेरै वर्षपछि विश्वका राम्रा एथ्लीट्सबीच आफ्नो नाम पनि जोडेको देख्दा म धेरै नै उत्साहित हुने गरेको छु । मेरो हरेक जित संसारका ती सबै उदियमान महिला एथ्लीट्सहरुलाई समर्पण गर्न चाहन्छु । किनभने एक दिन मेरो पनि भेट यस्तै एकजना महिला एथ्लीटसँग भएको थियो, जसले मलाई धेरै नै प्रेरित गरेकी थिईन र आजसम्म प्रेरित गर्दै आइरहेकी छन् ।“

उनले सात वर्ष अघि एमालाई भेटेकी थिईन् । उनले अगाडि भने, “जुन दिन मैले आफ्नो पहिलो विश्वकप जितेको थिए, त्यो दिन मेरो भेट स्वीडेनकी एमा लन्डेलसँग भएको थियो । १९ वर्षीय एमा मेरो प्रशंसकको हैसियतले मसँग भेट्न आएकी थिईन् ।

आत्मविश्वास र सकारात्मकताले भरिपूर्ण एमासँगको कुराकानीपछि उनलाई क्यान्सर भएको मैले थाहा पाए । उसको केमोथेरेपी चलिरहेको थियो । तैपनि स्कीइंगलाई लिएर उसको रुची र उत्साहमा भने कुनै कमी थिएन । एमामा स्कीइंग हेर्ने र खेल्ने चाहना देखे । त्यो एउटा भेटघाटले म यति प्रभावित भए की आज त्यो भेटघाट भएको ७ वर्ष बितिसक्दा पनि एमाको कुराबाट प्रेरित छु ।


एमाको कुराले जीवनको हर क्षेत्रमा अगाडी बढ्ने उत्साह थपेको उनले बताए । मिकाएलाले भने,–“जिन्दगीसँग यसरी संघर्ष गरेको कथा आँखा अगाडी देख्नाले जुन प्रेरणा पाउंछ, त्यसले खेलमा मात्र नभएर जीवनका हरेक क्षेत्रमा अगाडी बढ्न अभिप्रेरित गर्दछ । एमाबाट पाएको प्रेरणाले मलाई धेरै मद्दत गरेको छ । जसको उदाहरण हेर्नुस, स्लालोम इभेन्टमा एक दिन अघिसम्म तेस्रो स्थानमा थिए ।

तर अन्तिम दिनमा मसँग जोगाएर राख्ने केही नभएपछि मैले सबै शक्ति र सिप दाउमा लगाए । मैले मनमनै प्रण गर्दै भने,–‘खतरा मोलेर स्कीइंग गर, जुझारू भएर स्कीइंग गर, रमाइलो मानेर स्कीइंग गर, त्यसपछि जे हुन्छ त्यो हेरौला । जसको नतिजा आज म एउटै सिजनमा किर्तिमानी १५ उपाधि हात पार्ने पहिलो खेलाडी बनेकी छु ।“

 

प्रतिक्रिया दिनुहोस्