विद्यार्थीबीच झडपमा खुकुरी हानाहान, एक गम्भीर घाइते



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङको एक विद्यालयमा दुई विद्यार्थीबीच भएको झडपमा खुकुरी हानाहान हुुँदा एक विद्यार्थी गम्भिर घाइते भएका छन् । बेसीशहर नगरपालिका– ३ को गाउँशहर स्थित लमजुङ माविमा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।

सो झडपमा कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजा गम्भिर घाइते भएको विद्यालयका प्रधानाध्यापक सीता बरालले बताउनु भयो । उहाँका अनुसार होस्टलमा बस्ने घाइते देउजा स्कूल आउँदै गरेको अवस्थामा विद्यालयको कम्पाउण्ड बाहिर झगडा भएको रहेछ । कक्षा सुरु भएपछि पहिलो पिरियडमा उनीहरू बीच झगडा भएछ । स्कूल नलाग्दै भएको झगडाको सिलसिलामा थप झगडा झगडा भएको प्रअ बरालको भनाई छ ।

एक विद्यार्थीको खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएका देउजालाई उपाचारका लागि लमजुङ जिल्ला अस्पताल पठाइएको थियो । सो अवस्पतालमा उनको उपचार सम्भव नभए पछि प्राथमिक उपाचर गरी थप उपचारका लागि काठमाडौंै पठाइएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत खुकुरी प्रहार गर्ने सञ्जीव तामाङसहित उनको ४ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

लमजुङ माविका प्रधानाध्यापक बरालका अनुसार उनीहरूबीचको झगडाको कारण गत महाशिवरात्रीमा भएको फुटवल प्रतियोगितामा उत्पन्न मनमुटाव र भनाभन भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्