मोरङका जिपि कोइराला र मदन मार्ग सडक अलपत्र



सरोज यादव, विराटनगर ।
मोरङको रतुुवामाई र सुुनवर्सी नगरपालिकामा पर्ने जिपि कोइराला मार्ग र मदन मार्ग अलपत्र अवस्थामा पुुगेको भन्दै सडक निर्माण शुुरु गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुुुझाइएको छ ।

जिपि कोइराला मार्ग एकवर्ष अघि शिलान्यास भएपनि काम हुुन सकेको छैनभने मदन भण्डारी मार्गको केहि काम भएपनि अहिले वजेटको अभावमा काम रोकिदा अलपत्र अवस्थामा छ ।

प्रदेश सरकारको मातहतमा रहेका उक्त दुुवै सडक लामो समयदेखि निमार्ण हुुन नसकेपछि रतुुवामाई नगरपालिकाका मेयर रविन राई, सुुनवर्सी नगरपालिकाका मेयर कालिप्रसाद दास तथा प्रदेशसभा सदस्य शिवनारायण सिंह लगायत स्थानिय वासिन्दाको टोलीले मुुख्यमन्त्री राईलाई बिहिबार ज्ञापन पत्र वुुझाएका हुन ।

जिपि कोइराला मार्गको एकवर्ष अघि सांशद मिनेन्द्र रिजालले शिलान्यास गरेपनि सडक निमार्णको कामभने हुुन सकेको छैनभने मदन भण्डारीमार्गको कामपनि एकवर्ष देखी रोकिदा दुुवै सडक अलपत्र अवस्थामा पुुगेका छन ।

मदन भण्डारी मार्ग वनाउन शुुरु गरेपनि सडक र संरचनाहरु भत्काउदा स्थानियलाई आवत जावतमा समस्या परेको भन्दै मुुख्यमंत्री कार्यालय पुुगेर मुुख्यमन्त्रीलाई ज्ञापनपत्र वुुझाउनु परेको तुवामाई नगरपालिकाका मेयर रविन राईले बताए । ज्ञापनपत्र वुुझदै मुख्यमन्त्री राईले विकास निमार्णको काममा प्रदेश सरकारले राजनितिक भेदभाव नगरेको वताए ।

उनले प्रदेशमा रहेको १९ वटा मुुख्य सडकलाई प्रदेश सरकारले स्तर उन्नती गर्न लागेको पनि वताए । उनले विकास निमार्णको कामलाई समानुुपातिक र सन्तुुलित ढंगवाट ढंगवाट अघि वढाउन प्रदेशको निर्वाचनक्षेत्रलाई आधार मानेर प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक र एउटा पक्की पुल निमार्णगर्ने योजना अघि सारेको प्रष्ट पारे ।

ज्ञापनपत्र दिदै रतुुवामाई नगरपालिकाका मेयर रविन राईले हुुलाकी मार्गदेखी पुुर्व पश्चिम राष्ट्रिय राजमार्गसंग जोडिने भएकाले यस्ता सडकको काम रोकिन नहुुनेमा जोड दिए । उनले नेपालको राजनितिका शिखर पुुरुषको नाम जोडिएका दुुवै सडकका निमार्णका लागी नगरपालिकाले सक्दो सहयोग गर्नुुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्