स्मार्ट हतियार परीक्षण



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानले स्वदेशमै विकसित विस्तारित रेन्जको एक स्मार्ट हतियार जेएफ–१७ थन्डर लडाकु विमानमा सफल परीक्षण गरेको घोषणा गरेको छ । यसले लडाुक विमानलाई दिन र रात दुबै समयमा अत्यन्त सटिक निसानामा लक्ष्यमाथि प्रहार गर्न सक्षम बनाउने छ ।

पाकिस्तानको वायुसेनाले उक्त परीक्षण देशका लागि कोशेढुंगा भएको जनाएको छ । उक्त हतियारको विकास पाकिस्तनी वैज्ञानिक तथा इन्जिनियरहरुले स्वदेशमै गरेको र त्यसलाई चीन निर्मित विमानमा सफल प्रयोग हुनुले जेएफ–१७ थन्डरलाई दिन र रात दुबै समय सन्चालनमा ल्याउन सक्षम भएको वायुसेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्