प्रधानमन्त्री मेको ब्रेक्जिट मस्यौदा दोस्रो पटक संसदबाट अस्विकृत



लन्डन (एजेन्सी)
बेलायतको संसदले प्रधानमन्त्री टेरिजा मेको संशोधित ब्रेक्जिट योजना मस्यौदा ठुलो अन्तरले खारेज गरेको छ । यो हार प्रधानमन्त्रीलाई यस मुद्दामा ठुलो धक्काका रुपमा लिइएको छ ।

मेको युरोपेली संघबाट बाहिरिने सम्झौताको मस्यौदालाई सांसदहरुबाट अस्विकृत भएको यो दोस्रो पटक हो ।

सांसदहरुले सम्झौताको मस्यौदालाई यो पटक २ सय ४२को विपक्षमा ३ सय ९१ मतले अस्विकृत गरेका छन् । यो गत जनवरमा भएको मतदानको अन्तर भन्दा धेरै हो ।

सोमबार रानी युरोपेली संघका नेताहरुसँग वार्ता गरेकी टेरिजा मेले सांसदसँग ‘ब्रेक्जिटको संशोधित मस्यौदा‘को समर्थन गर्न वा ‘ब्रक्जिटलाई नै अस्विकार ‘गर्न अपिल गरेकी थिइन् ।

बे्रक्जिट सम्झौता अस्विकृत भएपछि प्रधानमन्त्री मेले अब सांसदहरुले बेलायत मार्च २९ मा बिना कुनै सम्झौता नै युरोपेलीसंघबाट वाहिरिनु पर्छ वा बिना सम्झौता युरोेपेली संघबाट बाहिरिनका लागि तयार नभएको हो भने ब्रेक्जिटलाई नै पन्छाउनु पर्छ वा पर्दैन भन्ने मतदान गर्नु पर्ने बताएकी छिन् ।

उनले टोरी सांसदलाई बे्रक्जिटलाई लिएर कुनै सम्झौता नगर्ने विषयमा आफनो इच्छाले मतदान गर्न छुट दिएकी छिन् ।

यदि बुधबार हुने संसदले बिना सम्झौता ब्रक्जिटका लागि अनुमति दिन्छ भने बेलायतलाई युरोपेली संघबाट बाहिरिने प्रक्रियाका लागि आवश्यक आर्टिकल ५० मा मतदान गर्नु पर्ने उनले बताइन् ।

टेरिजा मेको सरकारलाई समर्थन दिइरहेका टोरी सांसद र डेमोक्र्याटिक युनियनिस्ट पार्टीका सांसदहरुले ब्रक्जिट मस्यौदालाई समर्थन गर्न अस्विकार गरेका थिए ।

उनीहरुले बेलायत सधैँका लागि युरोपेली संघको हिस्सा नहरनका लागि प्रधानमन्त्रीले ल्याएका कानुनी आश्वासनका कुरा पुर्ण नभएको बताएका छन् ।
टोरी सांसद जेकब रिस मगको नेतृत्वमा युरोपेली रिसर्च ग्रुपको एक विज्ञप्ती जारी गरी कानुनी आंकलनका आधारमा सरकारको मसौदालाई स्विकार गर्न असमर्थ रहेको उल्लेख गरेका थिए ।

यसअघि टोरी एमपीजेका उपाध्यक्षले सरकारको हार भएमा पुन आम चुनाव गराउनु पर्ने स्थिति आउन सक्ने बताएका थिए । उनले भने– संसदमा अहिले जुन स्थिति छ त्यो स्थायी होइन ।

विवादको प्रमुख केन्द्रमा रहेको आयरल्यान्डसँगको विवादका कारण बेलायत र युरोपेली संघ अलग हुनमा अनिश्चितकालको समय नलाग्ने वा विना कारण ढिलाई नहुने महान्याधिवक्ता जेफ्रि कोक्सले बताएका थिए ।
आयरल्यान्डका मुद्दामा उचित प्रस्ताव अस्विकृत हुने प्याटर्न भएको उनले बताए ।

यसअघि यसै बर्ष जनवरीमा टेरिजा मेले युरोपेली संघसँग भएको सहमतिका आधारमा तयार पारिएको ब्रक्जिट योजना मस्यौदा बेलायती संसदमा पेश गरेकी थिइन् । संसदमा भएको मतदानमा कुल ४ सय ३२ मध्य २ सय २ ले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्