चचिर्त गायक यौनकाण्डमा मुछिए



सोल,(एजेन्सी)
दक्षिण कोरियाको सबैभन्दा सफल पुरषहर मात्र सम्मिलित एउटा सांगितिक ब्यान्डका एकजना स्टारले सोबिजनेसबाट सन्यास लिने घोषणा गरेका छन् । पाँचजना सदस्य रहेको बि ब्याँग नामक ब्यान्डका सदस्य सेउनग्रीले आफु माथि व्यापारी लगानीकर्ताहरुलाई वेश्याहरु उपलब्ध गराएको आरोप लागेको थियो ।

सन् २००६ मा गठन भएको सो ‘ किंग्स अफ के –पप ’ नामले समेत चिनिने यस ब्यान्डबाट अब उनी अलगिने भएका छन् । यस व्यान्डले अहिलेसम्म १४ करोड पैति भन्दा बढि एलवम बिक्रि गरिसकेको छ । २८ वर्षिय सेउनग्रीले इन्स्टाग्राममा लेखेका छन् , ‘ विवाद निक ैचर्केकाले मैले अवकाश लिने निर्णय गरेको छुँ ।

तर वास्तविक नाम लि सिउँग ह्युन रहेका उनले वेश्या आपुर्ति गर्ने नगरेका अडान लिएका छन् । फेब्रअरीमा नै सम्पर्ण पुर्व निर्धारित साँगितिक कार्यक्रम रद्ध गरिसकेका उनका मार्चमा एकल सागितिक भ्रमण गर्ने योजना रहेको थियो ।

एक विज्ञप्ति मार्फत आफ्ना प्रशंसकहरुसंग क्षमा माग्दै उनले आफु विरुद्धको अनुसनधानमा इमानदारितापुर्वक सहभागि हुने वाचा गरेका छन् । फेब्रुअरीमा दक्षिण कोरिको प्रहरीले उनलाई बर्निंग सन क्लवमा ड्रग्स सेवन गरेको तथा यौन उत्पीडन कार्यमा संलग्न रहेको विषयमा सोधपुछ गरेको थियो ।

उनी सो क्लवका जनसम्पर्क निर्देशक रहेका छन् । स्थानिय संचार माध्यमले गायक सेउनग्रीले आफ्नो रेस्टुरेनट तथा मनोन्जन व्यापार कम्पनी युरी होल्डिंग्सका संभावित लगानीकर्ताहरुलाई घुसको रुपमा यौन सेवा उपलब्ध गराउादै आएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्