अस्ट्रेलियाले जित्यो वानडे शृंखला



नयाँ दिल्ली, (एजेन्सी)
अस्टे«लियाले भारतविरुद्धको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) क्रिकेटको शृंखला ३–२ ले जितेको छ ।

भारतकै भुमिमा अस्टे«लियाले वानडे शृंखला जितेको हो । बुधबार दिल्लीको फिरोज शाह कोटाला मैदानमा भएको पाँचौ तथा निर्णायक खेलमा अस्टे«लियाले भारतलाई ३५ रनले हरायो । टस जितेर ब्याटिङ गरेको अस्टे«लियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतिमा २ सय ७२ रन बनाएको थियो । जवाफमा घरेलु टोली भारत २ सय ३७ रनमा अलआउट भएको थियो । अस्टे«लियाले भारतविरुद्धको टी २० शृंखला पनि जितेको थियो । वानडे शृंखलामा भने २–० ले पछि परे पनि अस्टे«लियाले सानदार पुनरागमन गरेको थियो ।

भारतको तर्फबाट सर्वाधिक रन ओपनर रोहित शर्माले बनाए । उनी ५६ रन बनाएर जाम्पाको बलमा पाँचौ विकेटको रुपमा आउट भएपछि भारत हारतिर अग्रसर भएको थियो । उनी आउट हुँदा भारत १ सय ३२ रनमा थियो । यद्दपि केदार जाधव र भुवनेश्वर कुमारले भारतलाई जितको आस दिलाए ।

तर दुबै जना २ सय २३ को स्कोरमा लगातार आउट हुनु नै अस्टे«लियाले शृंखला जित्ने तय भएको थियो । ४४ रन बनाएका जाधवलाई रिचार्डसनले पवेलियन फर्कार्ए भने भुवनेश्वर ४६ रनमा प्याट कमिन्सको सिकार बनेका थिए । अस्टे«लियाको बलिङमा जाम्पाले ३ विकेट लिएका थिए ।

यसअघि अस्टे«लियाको ब्याटिङमा ख्वाजा उस्मानले सतक प्रहार गरेका थिए । चौथो वानडेमा सतकबाट चुकेका उस्मानको यो वानडे करियरमा दोस्रो सतक थियो । उनले १ सय ६ बलमा १० चौका र २ छक्कासहित १ सय रन बनाएका थिए । उनको विकेट भुवनेश्वरले लिएका थिए । यस्तै पिटर ह्यान्डसकोम्बले ५२ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्