विदेशी लगानीका लागि खुला नगर्न महासंघको सुझाव



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ ।

महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं स“स्थाहरू, ई–कमर्श, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नु पर्ने सुझाव दिएको छ ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय विमल प्रस्ताव श्रीवास्तवलाई भेटी उक्त सुझाव दिएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ अहिले संसदमा विचाराधीन रहेको छ ।

भेटवार्ताका क्रममा महासंघको प्रतिनिधिमण्डलले उल्लेखित क्षेत्रहरूमा अरबौको स्वदेशी लगानी भएकाले विदेशी लगानी आवश्यकता नरहेको सभापति श्रीवास्तव समक्ष जानकारी गराका थिए । स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्य पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायीहरू सक्षम र विशेष सीप पनि भएकाले महासंघले पेश गरेका सुझावलाई नया“ ऐनमा समावेश गर्न महासंघको प्रतिनिधिमण्डलले सो अवसरमा आग्रह ग¥यो ।

महासंघबाट गएको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ, महासंघको वस्तुगत परिषदका सह–सभापति सुमित केडिया, नेपाल वोटल वाटर एसोसिएसनका अध्यक्ष सुवाष भण्डारी र महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्