२३ करोड ९१लाख मुनाफा



काठमाडौैं(नेस)
साना किसान विकास लघुवित्तीय संस्थाको अर्धवार्षिक मुनाफा सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्ष ७५÷७६ को अर्धवार्षिको अवधिमा २३ करोड ९१ लाख बराबरको मुनाफा प्राप्त गरेको छ । अहिले संस्थाको अधिकृत तथा जारी पुँजी १०० करोड पुगेको छ भने चुक्ता पुँजी ७८ करोड ६० लाख ३५ हजार रहेको संस्थाले जनाएको छ ।

वित्तीय संस्थाको शेयर पुँजीमा साना किसानहरुको हिस्सा ४४ प्रतिशत रहेको छ भने गत वर्षको तुलनामा यो रकम १६ प्रतिशतले बढेको हो । वित्तीय संस्थाले गत पुसमा ७५ अर्ब ३ करोड लगानी गरी ५७ अर्ब ६५ करोड असुली गरेको थियो ।

यस वित्तीय संस्थाको भाखा नाघेको ऋण १ प्रतिशतभन्दा कम, ऋण असुली दर ९९ प्रतिशत भन्दा बढी, प्रतिशत शेयर आम्दानी ५० दशमलव ०१ प्रति शेयर बजारमूल्य ११६० प्रति शेयर बुक नेटवर्थ रु २५० दशमलब ७० , पुँजीको प्रतिफल ० दशमलब २१ मुल्य आम्दानी अनुुपात २३दशमलव २० ,ब्याजदर अन्तर ४ दशमलव ४२ प्रतिशत र निष्क्रिय कर्जा ० दशमलब ०४ प्रतिशत र कुल पुँजी कोष १० दशमलब ३८ प्रतिशत रहेको बैँकले जनाएको छ ।

देशका ६९ जिल्लामा आवद्ध साझेदार ६ सय ९१ र अनसरण क्रममा रहेका थप २ सय २९ सहकारी गरी ९सय २० सहकारी मार्फत झण्डै ८ लाख परिवारमा वित्तीय संस्थाको सेवा पुगेको छ । त्यस मध्ये दलित ११ प्रतिशत, जनजाति ४३ प्रतिशत र अन्यको ४६ प्रतिशत रहेको संस्थाले जनाएको छ ।

वित्तीय संस्थाले लघुकर्जा,सहुलियत ब्याजदरमा दुध तथा मासु जन्य पशुपालन कर्जा, भूकम्प पिडितहरुको लागि जीविकोपार्जन पुनःस्थापना कर्जा, वैकल्पिक उर्जा कर्जा, चिया उद्योग सञ्चालन कर्जा जस्ता किसानका माग अनुसारको कर्जा कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्