साफ च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारत ६–० गोलले विजयी



विराटनगर ।
वराटनगरमा जारी पाँचौ साफ महिला फुटबल प्रतियोगितामा भारतले माल्दिप्सलाई ६–० को गोल अन्तरले हराउँदै जित हाँसिल गरेको छ ।
खेल सुरु भएको ७ मिनेटमा भारतका जर्सि नम्बर ११ की ग्रेस दाङ्मेइले गोल गरेकी थिइन् ।

पुनः १२ औं मिनेटमा जर्सिनम्बर २ कि स्वीटीदेवी नगङबमले अर्को गोल थपिन भने २२ औं मिनेटमा जर्सिनम्बर १२ कि इन्दुमती कथिरेसनले अर्को गोल थपिन् । खेलको २७ औैं मिनेटमा भारतकी खेलाडी जर्सिनम्बर ८ की सन्जुले हानेको बल गोलमा परिणत भएको थियो । त्यस्तै पहिलो हाफको इन्जुरी टाइममा भारतकी जर्सिनम्बर ७ कि रतनबालादेवी नोन्गामाइथिमले अर्को थोल थपिन् । फेरि दोस्रो हाफको ८८ मिनेटमा सञ्जुले थप गोल गरेर टिमलाई ६ गोलको अग्रता दिलाएकी थिइन ।

प्रतियोगिता विराटनगरको सहिद रंगशालामा खेल दिउँसो ३ बजे सुरु भएको थियो । साफको यसअघि सम्पन्न चारै प्रतियोगिताको उपाधि भारतले उचालेको थियो । भारतले अहिलेसम्म १९ वटा साफ प्रतियोगितामा पराजय व्यहोरेको छैन । सन् २०१६ को एसियन गेम्समा भारतले माल्दिभ्ससंग खेलेको थियो । सो खेल गोल रहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको बलियो टोली भारतको प्रर्दशनमाथि नेपाल र बंगलादेशले पनि महत्वका साथ हेर्नेछन् । हिंजोसम्पन्न उद्घाटन खेलमा भने नेपालले भुटानलाई ३–० ले हराउँदै समूह चरणमा ३ अंक जोड्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्