ललितपुरमा चित्रकला प्रदर्शनी



ललितपुरमा सामूहिक चित्रकला प्रदर्शनी शुरू भएको छ।

प्रदर्शनीको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारीको सभापतित्वमा प्रदेश ३ का सभासद तथा पूर्व उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले पानसमा दीप प्रज्वलन गरी पाटनको म्युजिममा शुभारम्भ गरिन्। समारोहमा प्रतिष्ठिानका कुलपति केके कर्माचार्य, संस्थापक कुलपति किरण मानन्धर, उपकुलपति गोपाल चित्रकार, सदस्य–सचिव विपिन घिमिरे, पूर्व उपकुलपति शारदा चित्रकार, प्राज्ञ परिषद् सदस्यहरू बुद्धि गुरुङ, मिथिलादेव यादव, लालकाजी लामा, धर्मराज शाक्यलगायत सहभागी थिए।

प्रदर्शनीमा ५७ जना महिला कलाकारले बनाएका चित्रहरू सजिएका छन्। जसमा प्रतिष्ठानकी पूर्व कुलपति रागिनी उपाध्याय, पूर्व उपकुलपति शारदा चित्रकार, डा. सिमा शाह, सुषमा राजभण्डारी, चन्दा श्रेष्ठ, आर्य राजभण्डारी, भावना मानन्धर, विपना महर्जन, विधाता केसी, चन्द्रा श्रेष्ठ, डाफु बोहोरा, दीपमाला महर्जन, इन्दु पन्त, प्रमिला वज्राचार्य, एरिना ताम्राकार, जया शर्मा, ज्योति खड्का, कलादेवी लिम्बु, मिथिलादेवी यादव, पुनमकुमारी दास, रञ्जुकुमारी यादव, रीता मानन्धर, रेबिका शाक्य, रेणुका महर्जन, संगी श्रेष्ठ, सम्झना राजभण्डारी, सविता डंगोल, सरितादेवी मण्डल, सपना शाह, सपना पौडेल, सौरगंगा दर्शनधारी, सुषमा शाक्य, सुशीला सिंह, सुमित्रा राणालगायतका चित्रहरू छन्। कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति शारदा चित्रकार, संस्थापक कुलपति किरण मानन्धर, कुलपति केके कर्माचार्य, प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यले आआफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्