सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगायो

नेपाल समाचारपत्र, काठमाडौं । सरकारले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा जानकारी गराएका हुन् ।