नेपाल प्रहरीमा ३० वर्षे अवधि हट्दै, ३ एआइजी र २ डीआईजी थप्ने तयारी



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउने तयारी गरिएको छ । यसका साथै ३ जना एआइजी र २ जना डीआईजी थप्ने तयारीसमेत थालिएको छ ।

यस प्रस्तावका आधारमा हालका डिआइजीहरू शुरेशविक्रम शाह, मनोज न्यौपाने र केदार रिजाल एआइजी हुनेछन् । यस्तै डिआइजीका लागि भने एसएसपीहरू, वीरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, गणेश ऐर, पुुरुषोत्तम कँडेल, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, विश्वराज पोखरेल, उत्तम सुवेदी, बसन्त लामा लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरी संसदबाट अनुमोदन हुनासाथ लागू हुनेछ ।

मस्यौदामा प्रहरी महानिरिक्षक (आइजी)को उमेर ५८ र कार्यकाल तीन वर्ष, प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) को ५७ र २ वर्ष, प्रहरी नायव महानिरिक्षक (डिआइजी)को ५६ र ४ या ५ वर्ष प्रस्तावित छ ।

यस व्यवस्था अनुसार हालका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पदावधि एक वर्ष बढ्ने छ भने आगामी वर्ष तीन एआइजीहरू पुष्कर कार्की, ठूले राई र धीरु वस्नेत घर जानुपर्ने हुन्छ ।

नेपाल प्रहरीले तयार पारेको संघीय प्रहरी ऐन मस्यौदामा उक्त प्रावधान हटाएर प्रमुखको कार्यकाल र उमेरलाई आधार मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्