हेटौंडमा देखियो सलिनमानको क्रेज



डेब्यु फिल्म ए मेरो हजुरमार्फत नै राईजीङ स्टारको ट्याग पाएका सलिनमान बनियालाई प्रत्यक्ष हेर्नको लागि हेटौडांमा जारि औद्योगिक मेलामा दर्शकको भिड उर्लिएको छ। गत फागुन १६ देखि चलिरहेको औगोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको आयोजकले जनाएका छन्।

शनिवार सलिन आप्mनो रिलिजका लागि तयार दोस्रो फिल्म यात्रा ः अ म्युजिकल भ्लगको प्रवद्र्वनको लागि टिमसहित हेटौंडा पुगेका थिए। सलिनमासँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्यसहित निर्माता सुशील पोखरेल तथा प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ मेला पुगेका थिए। सलिनमान झण्डै १० मिनेट स्टेजमा रहँदा उनले फिल्मकै गीत चट्ट रुमालमा नृत्य गर्न‘का साथै आप्mनो फिल्मको डायलग समेत सुनाएका थिए। हेटौंडामा पहिलोपटक चकलेटी हिरोलाई देख्दा स्थानीयले भरपुर स्वागत गरेका थिए। उनले ‘नमस्ते हेटाँैडाु भन्दै गर्दा हेटौडाका दर्शकले ठुलो स्वरमा नमस्ते फर्काएका थिए। कार्यक्रममा उपस्थित सम्प”र्ण कलाकारले चट्ट रुमालमा नृत्य गरेका थिए। फिल्ममा सलिनमान भ्ल्गीस्टको भ”मिकामा छन्।

‘दर्शकसमक्ष पुग्दा निकै खुसि लाग्यो। हेटौडामा दर्शक मार्फत पाएको माया प्रति निकै आभारी छु। दोस्रो फिल्मको यात्रामा रहँदा नै जसरि माया पाइरहेको छु र जुन विश्वास सिर्जना गरेको छु यसलाई आगामी दिनमा पनि टुट्न दिने छैनु सलिनमानले भने ‘हामीले फिल्मको छायांकन यहाँ पनि गरेका छौँ।ु प्रस्ुतकर्ता केशव भट्टराईले हेटौडा पहिलेदेखि नै नेपाली फिल्मलाई माया गर्ने ठाउँ भएको र मेलामा पाएको मायाले त्यसलाई प्रस्ट्याएको बताए।

यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल , विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर , इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शमालगायत पनि प्रमुख भ”मिकामा छन् भने चाइनाका जुन झाङ र केन्याका बबीले समेत अभिनय गरेका छन्। फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्। कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्मित फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन्। फिल्ममा शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत, प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्