मन्त्रीको राजिनामा



टयुनिस,(एजेन्सी)
टयुनिसियाको राजधानी टयुनिसको एक अस्पतालमा एघारजना नवजात शिशुको मृत्यु भएपछि स्वास्थमन्त्री अब्देर्राउफ चेरिफले राजिनामा दिएका छन् । मार्च ७ देखि ८ बिच राव्टा प्रशुति अस्पतालमा संक्रमित रोगको कारण ति शिशुको ज्यान गएको संचार माध्यमले आइतवार जनाएको छ ।

प्रधानमन्त्री युस्सेफ चाहेदले यस घटनापछि सरकारी अस्पतालको चिकित्सा , औषधि र स्वास्थ सरसफाइ सम्बन्धमा अनुसनधान शुरु गरिएको जानकारी दिएका छन् । चेरिफलाई चार महिना अघि मात्र स्वास्थ मन्त्री नियुक्त गरिएको थियो । ट्युनिसियाली बाल समाजले खाना ख्वाउने क्रममा सक्रमण भएको हुनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्