चौधरी ग्रुपले चालू आवमा नेपालमा २० अर्ब लगानी गर्दै



नेपाल समाचारपत्र, काठमाडौं
गत आर्थिक वर्षमा चौधरी ग्रुप सम्बद्ध कम्पनीले ९ अर्ब ६७ करोड रुपियाँ राजस्वमा योगदान दिएका छन् । कुल सरकारी राजस्वमा ग्रुप सम्बद्ध कम्पनीमार्फत् गरिएको योगदान १ दशमलव ६४ प्रतिशत रहेको चौधरी ग्रुपको भनाइ छ ।

चौधरी ग्रुपले आर्थिक वर्ष २०७३÷७४ को तुलनामा आर्थिक वर्ष २०७४÷७५ मा २२ दशमलव ७२ प्रतिशत बढी राजस्व दाखिला गरेको जनाएको छ । २०७३÷७४ ग्रुपले ७ अर्ब ८८ करोड रुपियाँ राजस्वमा योगदान गरेको थियो ।
आर्थिक बर्ष २०७२÷७३ को तुलनामा भने यो राजस्व ७३ प्रतिशतले बढी छ । उक्त वर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपियाँ राजस्वमा योगदान गरेको थियो ।

‘सरकारी राजस्वमा उच्च योगदान पु¥याउन सकेकोमा हामी गौरवान्वित छौँ । नेपालमा बढ्दो लगानी र फैलिदै गएको व्यवसायबाट अन्ततः रोजगारी सिर्जना र राजस्वमा हाम्रो योगदान बढ्दै गएको छ,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो–‘हामी उच्च व्यावसायिक मर्यादा एवम् पारदर्शीतामा विश्वास गर्छौ । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’

चौधरी ग्रुपले चालँ आर्थिक वर्ष २०७५÷७६ मा नेपालमा २० अर्ब लगानी गर्दैछ । केही प्रोजेक्ट सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयन चरणमा रहेका छन् । यस्ता मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठँलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सिजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवम् ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत रहेका छन् । सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्सलगायतका उद्योग रहेका छन् ।

चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजी लाइफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुनेछ । यस परियोजना कार्यान्वयनमा सम्बद्ध निकायबाट आवश्यक समर्थन र सहयोग प्राप्त हुने हाम्रो विश्वास छ ।

चौधरी ग्रुपमा १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ग्रुपद्वारा उत्पादित वस्तु तथा सेवाको व्यवसायमा हजारौंको सहभागिता रहेको छ । ग्रुपले प्रदेश नम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।

चौधरी ग्रुप राष्ट्रकै अग्रणी लगानीकर्ता र करदाता हो । ग्रुपले दशकौंदेखि अनुकुल एवं प्रतिकुल दुवै परिस्थितीमा नेपालमा लगानी विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्