हेलिकोप्टरमा पाइलटसँगैको सिट हट्यो



नेपाल समाचारपत्र
काठमाडौं
छिल्लो समय बढिरहेका हेलिकोप्टर सेवा र हवाई दुर्घटनालाई मध्यनजर गर्दै सरकारले सुरक्षालाई मजबुृत गर्न भन्दै हेलिकोप्टरको सिट संख्यामा कटौती गरेको छ।

हेलिकोप्टर सेवा प्रदायक कम्पनी र नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको सहमतिपश्चात हाल नेपालमा प्रयोगमा रहेका हेलिकोप्टरको एउटा सिट हटाउने निर्णय भएको हो। यससँगै हेलिकप्टरको सिट क्षमता पाइलट बाहेक पाँचवटा हुनेछ, यसअघि छ सिट क्षमता रहेको थियो। यद्यपि, मौसमको अवस्था, यात्रु तथा सामानको तौल र कुन क्षेत्रमा उडान भर्ने भन्ने विषयले सिटको क्षमता आँकलन हृुने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो। कुन अवस्थामा के कति यात्रु बोक्ने भन्ने विषय पाइलट आफंैले निर्णय गर्नुृपर्नेहुन्छ पोखरेलको भन्नुभयो।

प्रँधिकरणले नेपालको हवाई सुरक्षालाई थप व्यवस्थित र सुरक्षाको विधि अपनाउँदै शुृक्रबारबा पाइटलसँगैको सिट हटाउने निर्णय गरेको पोखरेलले जानकारी दिनुभयो।

‘सुरक्षित उडान गर्न र दीर्घकालीन सोच लिएर तत्काल गर्नुपर्ने काममा सरोकारवालासँग छलफल गरी निर्णय भएको छ,’ पोखरेलले भन्नुभयो –‘पछिल्लो समय सृुरक्षित उडान गर्नको लागि पाइलट, अपरेसन तथा सरोकारवाला निकायलाई केन्द्रित गरेर तीन दिने तालिमसमेत सञ्चालन गर्दै आएको छांै।’

प्राधिकरणले सगरमाथा क्षेत्रमा रहेको गोरक्षेप हेलिप्याड तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ। उचाई, भौगोलिक कठिनाई र मौसमको प्रतिकूलताले गर्दा आपतकालीन अवस्थामा बाहेक अरू बेलाको उडान अवतरणमा सो हेलिप्याड प्रयोगमा रोक लगाइएको पोखरेलले जानकारी दिनुभयो।

उक्त हेलिप्याड १७ हजार फिटमा रहेकाले हावा चाप बढी हुने, प्रायः मौसम बिग्रिरहने भएकाले सुृरक्षाको दृष्टिकोणले प्रयोगमा रोक लगाइएको हो।

नेपालको भौगोलिक बनोटका कारण हेलिकोप्टरलाई उद्दारको उपयुक्त साधन मानिँदै आएको छ। विशेषगरी हिमाली क्षेत्रमा र हिमाल आरोहणको उद्दारमा हेलिकोप्टरको प्रयोग बढ्दो छ।

नेपालमा ११ वटा निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनीमार्फत ३ दर्जनभन्दा बढी हेलिकोप्टर सञ्चालनमा रहेका छन्। त्यस्तै करिब ८० वटा विमान रहेको छन् भने साना अल्ट्रासाउन्ड विमानको संख्या १६ थान वटा रहेको छ। प्राधिकरणका अनुसार नेपालमा हवाई यात्रुको वृद्धिदर वार्षिक सरदर १० प्रतिशत रहेको छ।

तीन महिनापछि उड्यो सौर्य एयर

काठमाडौं, (नेस)
निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले पुनः उडान शुरू गरेको छ। एयरलाइन्सले करिब तीन महिनापछि उडान शुरू गरेको हो।

तेस्रोपटक एयरलाइन्स खरिद बिक्री भऐछि शुक्रबारबाट उडान थालेको सौर्य एयरलाइन्स व्यवस्थापनले जनाएको छ। तेस्रोपटकको नयाँ व्यवस्थापनले मार्च १ तारिखबाट एयरलाइन्सको दायित्व लिई उडानको तयारी थालेको थियो। नयाँ व्यवस्थापनले ६२ करोड रुपियाँमा एयरलाइन्सको दायित्वे सकारेको हो। नयाँ व्यवस्थापनले शुक्रबारबाट उडान सुचारु गरेको एयरलाइन्सका प्रमृुख बजार मुकेश खनालले जानकारी दिनुुभयो। एयरलाइन्सले पहिलो दिन भैरहवा एक र विराटनगरमा दुई उडान गरेको छ।

एयरलाइन्सको दोस्रो व्यवस्थापक दीपक पोखरेलले ६२ करोड रुपियाँमा भारतीय व्यावसायिक समूह कुबेर गु्रपअन्तर्गतको क्लब वान कम्पनीलाई बिक्री गरेका थिए। वैदेशिक लगानी ल्याएर नै एयरलाइन्सको नयाँ सोच र प्रतिस्पर्धी बजारमा आउने गरी गृहकार्य गरिरहेको एयरलाइन्सका बजार प्रमुख खनालले बताउनुभयो।

हाल नेपालका माडवारी समुदायका व्यवसायीले एयरलाइन्समा लगानी गरेका छन्। छ महिनापछि कुबेर ग्रुपले औपचारिक रूपमा थप लगानी गरी तीनवटा एटीआर विमान ल्याएर तराई क्षेत्रमा व्यावसायिक उडान भर्ने योजना रहेको खनालले जानकारी दिनुभयो। हाल यस एयरलाइन्ससँग सिआरजे–२०० सिरिजका ५० सिट क्षमताका दुईवटा जेट विमान रहेका छन्। कम्पनीले आगामाी दिनमा यी दुई विमानबाट भारतको विभिन्न शहरमा उडान भर्ने योजना बनाएको छ। अनालका अनुसार कोलकता, लखनउ, दिल्ली, बनारस उडान गर्नका निम्ति कम्पनीले तयारी गरेको छ।

आर्थिक संकट बढ्दै गएपछि गत साउनमा एयरलाइन्स बिक्री गरेको थियो। गत साउन २४ गते व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीले ६१ करोड रुपियाँमा सो एयरलाइन्स खरिद गरेका थिए। एयरलाइन्स सञ्चालन गर्न नसकेपछि उनीहरुले खरिद बिक्री सम्झौता रद्द गरेका थिए। व्यवस्थापनले विमानस्थल सेवा शुल्क करिब ४ करोड रुपियाँ तिर्न नसक्दा त्रिभूवन विमानस्थल कार्यालयले सौर्य एयरलाइन्सलाई मंसिर २० गतेबाट उडान अवतरणमा रोक लगाएको थियो। अहिलेको नयाँ व्यवस्थापनले करिब ९८ लाख रुपियाँ विमानस्थल कार्यालयलाई भुक्तानी गरी बाँकी रकम किस्तामा तिर्दै खनालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्