ट्रम्पकोे टिप्पणी



वासिंगटन,( एजेन्सी )
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले भुउपग्रह बोक्ने रकेट प्रक्षेपण स्थलको पुन निर्माण गर्न लागेको भन्ने खवर निकैदुखदायी भएको टिप्पणी गरेका छन् ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउने चेतावनी दिएपछि राष्ट्रपति ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो ।

उत्तर कोरियाले तोंगचाँगी क्षेत्रमा रकेट प्रक्षेपण स्थलको निर्माण कार्य शुरु गरेका तस्वीरहरु दक्षिण कोरियाको गुप्तचर निकायले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्