उदाउदो खेलाडी कालीबहादुर



इश्वरराज ढकाल
खेलकुद क्षेत्रमा चर्चा कमाएका कालीबहादुर घर्ति मगर एक सफल खेलाडीको परिचय पाउन सफल भएका छन् । अखिल नेपाल खेलकूद महासंघ को महासचिव, नेपाल स्वयं सेवक प्रशिक्षक महासंघका उपाध्यक्ष, नेपाल सितोरियो कराते संघ नक्शाल डोजोको सल्लाहाकार, नेपाल युनाइटेड बक्सिंग एकेडेमीका मानार्थ सदस्य र वर्ल्ड फेडेरेशन ईलाइट मार्शल आर्ट्स हाप्किडो दक्षिण एसियाका निर्देशक जस्ता महत्वपुर्ण पदमा रहेका उनले आफ्नो अधिकांस जिवन खेलकुदमै समर्पण गर्ने जनाएका छन् ।

साथै खेलकुद लगायत सामाजिक कार्यमा समेत ख्याती कमाउन सफल उनी मार्शल हाप्किडो ब्लाक बेल्ट सातौ डान हुन । नेपालको मध्यपश्चिम प्यूठान जिल्ला मर्काबाङ गोल्बाङ २ मा जन्मेका घर्ती मगर सानै उमेर देखी खेलकूद क्षेत्रमा लागेर करिब ३५ वर्षको उमेरमा एक दर्जन भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय दिन सफल भैसकेका छन् ।

उनले खेलकूदमा पाएको सफलतालाई विश्वभर चिनाउन अवसरको रुपमा लिएका छन् । उनले दक्षिण कोरियामा कोरिया तथा वर्ल्ड मार्शल आर्ट्स हाप्किडो महासंघ द्वारा आयोजित अवार्ड कार्यक्रममा प्लेयर अफ द एयर वर्ल्ड अवार्ड, इन्डोनेसियामा मार्सल आर्ट्सको प्रतिष्ठित हल अफ फÞेम इंस्ट्रक्चर अफ द एयर अवार्ड, जर्मनीमा प्रतिष्ठित हल अफ फेम मास्टर अफ द एयर , मार्शल हिरोईज काउन्सिल तथा समुयले मार्शल हिरोईज अवार्डमा मास्टर अफ द एयर अवार्ड लगायत अन्तराष्ट्रिय अवार्ड पाउन सफल भएका छन् ।


खेलकूदमा समर्पित घर्तीमगर सून्नानी आधार माध्यामिक बिध्यालय रातापानी प्यूठान मास कक्षा ७ मा अध्ययन गर्दा देखी नै मार्शल आर्ट्स कराते बाट खेलजीवन सुरु गरेका थिए । आफनो विद्यार्थी जीवन देखिनै जिल्ला, क्षेत्रिय हुदै, राष्ट्रीय तथा अन्तर्राष्ट्रीय स्तर मा प्रतियोगिता हरूमा भाग लिएर पदक तथा पुरस्कार हरू जित्न सफल भएका छन् । उनी करातेका ब्लाक बेल्ट तेस्रो डान हून ।

यसरी नै राष्ट्रीय तथा अन्तर्राष्ट्रीय प्रतियोगिताहरू बाट समेत विभिन्न पदक तथा पुरस्कार हरू जित्न सफल भएका घर्ती मगर, मार्शल आर्ट्स हाप्किडो ब्लाक बेल्ट सातौ डान हुनू । साथै अन्तर्राष्ट्रीय मास्टर हून। उनी अन्तर्राष्ट्रीय रेफ्री पनि हून । उनले रेफ्री ग्लोबल हाप्किडो संघ अमेरिका बाट गरेका छन ।

उनी यस अघि यूरोपियन हाप्किडो यूनियन जर्मनी , यूरोपियन हाप्किडो यूनियन क्रोसिया, बिग अन्तर्राष्ट्रीय सेमिनार, थाईलैण्ड हाप्किडो महासंघको आयोजनामा अंतरराष्ट्रीय सेमिनारमा प्रशिक्षकमा सहभागी, अस्ट्रेलियन हाप्किडो संघको आयोजनामा अन्तर्राष्ट्रीय सेमिनार, स्कटल्यांडमा अन्तर्राष्ट्रीय सेमिनारमा सहभागी, यूरोपियन हाप्किडो सममिट अस्ट्रीया , अन्तर्राष्ट्रीय हाप्किडो फेस्टिभल, यूरोपियन कांग्रेस, जापानमा मार्शल आर्ट्स अन्तर्राष्ट्रीय कराते सेमिनार, दक्षिण कोरयामा वर्ल्ड कोरिया मार्शल आर्ट्स हाप्किडो अन्तर्राष्ट्रीय सेमिनार, रसियामा द यूनियन अफ हाप्किडो फÞेडेरेसन अन्तर्राष्ट्रीय हाप्किडो रेफ्री सेमिनारमा सहभागी भैसकेका छन् ।


उनी नेपाल मार्शल आर्ट्स हाप्किडो संघ को आयोजनामा राष्ट्रीय टेक्निकल सेमिनारमा सहभागी भैसकेका छन् । इण्डिया हाप्किडो संघ को आयोजनामा भएको एसियन हाप्किडो सेमिनार भारत लगायत विभिन्न मूलकमा सहभागी भएका छन । मार्शल आर्ट्स करभ मग परोसनल प्रोटेक्टशन टाइटल अवार्ड इजराईलबाट सम्मान पाइसकेका छन् । युवा तथा खेलकुद मन्त्रालय, दक्षिण कोरिया र एनआर.एन . दक्षिण कोरिया ,मगर भुम्या पर्व प्रतिष्ठान , दक्षिण कोरिया नेपाल मगर संघ को आयोजना मा उपरास्ट्रपति बाट सम्मानित , नेपाल सितोरियो कराते शाखा डोजो नक्शाल अन्तर्राष्ट्रीय कराते आयोजनामा सम्मान भएका छन ।

आफुलाई प्रेरण दिने गुरुहरुको साथले गर्दा आफुले खेलकुद क्षेत्रमा योगदान गरेको बताउदै घर्ति मगरले भने–मैले पाएको यो सम्मान आफ्नै देशको लागि हो, जन्मभुमीको लागि हो । कराटे र हाप्किडोको विकासका लागि आफहरु सधैव लागि पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्