संकटमा मल्लकालीन व्यवसाय, हस्तकला नगरीमा थपियो चुनौती



सुनील महर्जन, ललितपुर

तामापित्तल व्यवसाय भने हिजोआज संकटमा पर्दे गएको छ । मल्लकालदेखि निकै फस्टाएको यो व्यवसाय बदलिदो समयसंगै संकटमा पर्दे गएको हो ।

यस व्यवसायलाई नेवार समुदायका ताम्रकारहरुको पुख्यौली पेशाका रुपमा लिईन्छ । हाल ललितपुरको टंगल क्षेत्रमा यो पेशा व्यवसाय गर्दे आईरहेका ३ सय परिवार रहेका छन् । टंगलसंगै हौगल, इखालुखका केही सिमित ताम्रकारहरुले जेनतेन यो पेशालाई बचाउ“दै आईरहेका छन् ।तामा पित्तलको भा“डा बनाउने र व्यापार गर्ने कार्य समेत गरेर यसबाट करिब ५ हजार भन्दा बढी मानिसले रोजगारी पाईरहेको छ ।

बदलिएको समयसंगै आन्तरिक र बाहय समस्याले गर्दा पेशा संकटमा पर्दै गएको पाइएको छ ।पुस्तौदेखि काम गर्दे आएका व्यवसायीहरु आफनो बाबु, बाजे र आफनो पुख्यौली पेशालाई बचाईरहनुपर्छ भने हिसाबले मात्र व्यवसाय टिकिरहेको छ । ‘तर पेशामा झन् झन् समस्यामा पर्दे गएपछि यो भावनाले मात्र कति दिनसम्म टिक्न सकिने हो, त्यसै भन्न सकिन्न ।’ व्यवसायी शम्भुगोविन्द ताम्रकारले भने ।

पढाइपछि जागिरको आकर्षक, नया“ प्रविधिलाई अंगीकार गर्न नसक्नु, बजारको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता कारणहरुले गर्दा ताम्रकारहरुले आफ्नो पुख्र्यौली पेशा परिवर्तन गर्न बाध्य भएका छन् ।संस्कृतिमा आएको फेरबदलसंगै तामा पित्तल जन्य सामग्रीहरुको कम प्रयोग हुनु र प्लास्टिक, स्टिल तथा आल्मुनियमका भा“डावर्तनहरुको अत्यधिक प्रयोगका कारण तामा पित्तल व्यवसाय संकट पर्दे गएको व्यवसायीहरु बताउ“छन् ।यो पेशामा संकटमा पर्नुको अरु धेरै कारणहरु छन् ।

‘एक समय सापेक्ष आफूलाई परिर्वतन गर्न नसक्नु यो व्यवसायको कमजोरी रहेको पाईन्छ । बजारको चाहना बुझेर नया“ सामग्रीहरु उत्पादन गर्न नसक्नु ।’ कलाकार एवं उद्यमी राजकुमार शाक्यले भने ‘समय अनुसार उत्पादन प्रविधिलाई परिर्वतन गर्न नसकेकोले यसमा अहिलेको युवापुस्ताको आकर्षक कम भएको हो ।’

‘वल्ड क्राफ्ट काउन्सिलबाट ललितपुरलाई ३५ औं क्राफ्ट सिटी घोषणा गरिएको छ । सो घोषणाको मर्म अनुरुप स्थानीय तहले यस व्यवसायलाई प्रर्वद्धन गर्न ठोस नीति, योजना ल्याउने आशामा छौं ।’ ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले भने ।

युवापुस्ताको आकर्षण नहुनुको अर्को कारण रोजगारी छनौटको विकल्प बढ्नु रहेको बताउ“दै कलाकार शाक्यले भन्नुभयो ‘ संयुक्त परिवारबाट क्रमशः एकल परिवारतर्फ आकर्षित हुनु प्रविधि र उपकरणको प्रयोगको अभावले पनि यसप्रति आकर्षण घटेको हो ।’सरकारी तवरबाट संरक्षणका प्रयासहरु नभएको पनि व्यवसायीहरुको भनाई रहेको छ ।

त्यसगरीै नेवाः समुदायमा रक्सी बनाउन तामाको भा“डाकु“डा, विविध प्रयोजनका लागि पनि तामा पित्तलको भा“डावर्तन नै प्रयोग गर्ने गरिन्छ । तर आजभोलि रक्सी बनाउने परम्परागत प्रविधि लोप हु“दै गएको छ । नया“ पुस्ताहरु हलुका र सस्तो पर्ने हिसाबले प्लास्टिकका भा“डा अत्यधिक रुपमा प्रयोग गर्ने गरेको छ । तामा पितलको कच्चा पदार्थको अत्यधिक मूल्य वृद्धिले उपभोक्ताहरुमा व्यवसायीहरु मारमा परेको छ ।

समाज परिर्वतनसंगै शिक्षित युवावर्गलाई रोजगारी लागि विभिन्न विकल्प भएपछि सामान्यता उनीहरुले यो पेशालाई निरन्तरता दिएको पाइएन् । ताम्रकार कुल देवता उग्रचण्डीमाई संरक्षण समिति (ताम्रकार समाज)का अनुसार ललितपुरमा मात्र ताम्रकारहरु करिब ३ हजारको हाराहारीमा रहेको छ । ती मध्ये करिब आधाजसो पुख्यौली पेशा बाहेक अन्य व्यापार, कर्मचारी, शिक्षक, प्राविधिक पेशामा लाग्ने गरेको छ । त्यस्तै विदेशीने युवाहरु पनि प्रशस्तै रहेको छ ।

ताम्राकारहरुको गौरव, पहिचानको पेशा भएपनि हालसम्म यसको तालिम दिने , प्रशिक्षण दिने अभाव रहेकोले पेशालाई समयसापेक्ष बनाउन नसकेको व्यवसायीहरु अनुभव रहेको छ । तामापित्तल व्यवसायीहरुलाई अहिले व्यवसाय संरक्षण गर्नु प्रमुख चुनौती हुन पुगेको छ । केही व्यवसायीहरु पलायन हुने क्रममा रहेको छ ।

कला, कौशल, सीप सिकाउन लागि प्राविधिक शिक्षालय खोल्न सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने हो भने पक्कै यो व्यवसायमा संरक्षणमा सहयोग पुग्ने ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताए ।व्यवसाय संरक्षणको लागि व्यवसायीहरुलाई तामा पितलका नया“ नया“ सामग्री बनाउन तालिम दिने, युवापुस्तालाई आकर्षण गर्नुपर्ने र उद्यमशीलताको विकास गर्नुपर्ने पनि अध्यक्ष ताम्रकार बताउ“छन् ।

तामाका वर्तनमा पानी राखेर पिउनाले रगत सफा हुने, ग्यास्टिक नियन्त्रण हुने, रक्तचाप ठीक रहने भनेर चिकित्सकहरुले भनिरहेका छन् । त्यस अनुरुप का“चका थाल कचौराको प्रयोग दिनानुदिन बढी माग हुन थालेको छ । होटेल, रेष्टुराहरुमा राख्ने क्रम बढीरहेको छ । हाल पुजाआजा, विवाह लगायत शुभकार्यमा आफन्तहरुले दाइजो दिनै पर्ने भएको हुनाले ग्रागी, फोसी, घ्याम्पो दिने प्रचलन रहेकोले विवाहको महिनामा केही व्यापार हुने गरेको छ ।

व्यवसायमा उतारचढावका बीचमा तामा पित्तल व्यवसायीहरु एकजुट हुने प्रयास गरिरहेको पाइएको छ ।‘ धातु कला मुख्य बजार तिब्बतमा निकासी चीन सरकारले छुट दिदा पनि बिचौलियाहरुले बदमासी गरिरहेको छ । यसको संरक्षणलाई प्राथमिकतामा राख्नुप¥यो समाजका अध्यक्ष ताम्रकारले भने।’

‘तामा पित्तलको कलात्मक सामाग्रीहरु निर्माण गर्ने ताम्रकार राष्ट्रकै सम्पति हुन् ।’ समाजका अध्यक्ष ताम्रकारले भन्नुभयो ‘वल्ड क्राफ्ट काउन्सिलबाट ललितपुरलाई ३५ औं क्राफ्ट सिटी घोषणा गरिएको छ । सो घोषणाको मर्म अनुरुप स्थानीय तहले यस व्यवसायलाई प्रर्वद्धन गर्न ठोस नीति, योजना ल्याउने आशामा छौं ।’ ताम्रकार समाजले यस व्यवसाय जोगाउन पहल गर्दै आएको जनाउ“दै यसमा ललितपुर महानगरपालिकाले पनि साथ दिनुपर्ने पनि अध्यक्ष ताम्रकारको भनाई रहेको छ ।

ताम्रकार समाजको व्यवसाय विकास उपसमितिले गत साता तामा पित्तल व्यवसायमा चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा ५० जना उद्यमी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्