कोटश्वर–कलंकी सडक: त्रुटी सच्याउन प्राविधिक टोली



sf7df8f}sf] sf]6]Zj/–snÍL rqmky ;8s v08 lkr ug]{ qmd k’/f eO;s]kl5sf] b[Zo . tl:j/ M lah’ dxh{g÷sflGtk’/

सुरेश तामाङ, काठमाडौं ।
चक्रपथको कलंकी–कोटेश्वर (१० किमि) सडकखण्ड विस्तार कार्य सम्पन्न गरेर चीनले नेपाललाई हस्तान्तरण गरिसकेको छ । आफ्नो जिम्ममा रहेको सबै काम सम्पन्न गरेको भन्दै चीनले माघ १४ गते नेपाललाई हस्तान्तरण गरेको हो । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २७ किमि मध्ये चक्रपथको कोटेश्वर–सात दोभाटो–कलंकी खण्डको काम सम्पन्न नभएपनि सम्पन्न भएको भन्दै सरकारले समेत जिम्मेवारी लिईसकेको छ ।

अन्डरपास सहितको नेपालकै लागि नमुना सडक विस्तार गरे पनि चक्रपथको काम अझै बाँकी नै छ । सडकको विभिन्न खण्डमा सर्भिस ट्रयाक, सडक सुरक्षा, बस स्टेशन, जेब्रा क्रसिङ, डिभाइडर लगायतको पुर्वाधार अझै पुरा भईसकेको छैन । जसको कारण उक्त सडक खण्डमा जोखिम बढेको छ । सडकमा रातीको समयमा सडक बत्ति नहुँँदा झन जोखिम बढेको छ । सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आएपनि सडक बत्ति नहुँद जथाभवी रुपमा पैदल यात्रुले सडकबाट वारपार गर्ने गरेको कारण जोखिम बढेको स्थानीय बताउछन । तीब्र गतिमा सवारी साधनको सञ्चालन हुने उक्त सडकमा आवश्यक आकाशे पुल समेत निर्माण हुन सकेको छैन् ।

सडक विभागले भने चिनियाँ पक्षले निर्माण गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरिसकेको दाबी गरिरहेको छ । विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले चिनियाँ पक्षले बनाउनु पर्ने सबै संरचना सम्पन्न गरिसको बतउनुभयो । सडक निर्माण गर्नु पूर्व नै उक्त सडकमा निर्माण हुनुपर्ने भौतिक संरचना निर्माणको विषयमा सडक विभागले पर्याप्त ध्यान नदिदा जोखिम समेत बढेको छ ।
सडकमा जेब्रा क्रसिङ, ट्राफिक संकेत, ट्राफिक बत्ती, उपयुक्त आकाशे पुल लगायतको संरचना नबन्दा यात्रुले जोखिम मोलेर यात्रा गर्नु परेको छ । मुख्य चोक बाहेक अन्य स्थानमा जेब्रा क्रसिङ भेटिदैन । उपयुक्त स्थानमा जेब्रा क्रस र आकाशे पुल नहुँदा यात्रु जोखिम मोलेरै आठ लेनको सडक पार गर्न बाध्य छन् ।

कोटेश्वर, विएण्डबी र बागडोल गरी ३ वटा स्थानमा मात्रै चीनले आकाशे पुुल निर्माण गरेको छ । आठ लेनमा बनेको अन्तर्राष्ट्रि स्तरको चिटिक्क परेको सडक भएपनि शहर परिवेश सुहाँउदो यात्रुमैत्री नभएको भन्दै जनगुनासो अझै पनि छ ।

केहीले भने यस सडक निर्माणाधिन भईरहेको अबस्थामा डिजाइन नै त्रुटीपूर्ण भन्दै तत्काल सच्चिनु पर्ने आवाज पनि उठेको थियो । यी आवाजहरुको मत्थर नभई निर्माण कार्य सम्पन्न भएको भन्दै चीनले नेपाललाई उक्त सडक हस्तान्तरण भएपछि आलोचना भईरहेको छ ।

विभागका महानिर्र्देशक श्रेष्ठले उक्त सडकमा कमी कमजोरी भएको स्विकार्दै थप के कस्ता कमी कमजोरी छन् र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्ने विषयमा अध्ययन टोली बनाएर काम गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार अध्ययनपछि सच्याउनु पर्ने भागमा विभागले सच्याउन छ । कुनै ठेकेदारले निर्माण कार्य सम्पन्न गरेको एक वर्षसम्म मर्मतको जिम्मेवारी स्वयं ठेकेदारको हुने प्रावधान छ । विभागको अध्ययनपछि भेट्टिने त्रुटीलाई ठेकेदारलाई सच्याउन आग्रह नगरी विभाग आफैँले सच्याउनेछ ।

विभागकै योजना अनुगमन तथा मुल्यांकन शाखा प्रमुख अर्जुन सुवालले उक्त सडकमा देखिएको त्रुटीका विषयमा विज्ञ टोलीले अनुगमन गरिसकेको बताउनुभयो । m टोलीले प्रतिवेदनको काम गरिरहेको बताउदै उहँले अध्ययन टोलीले एकमहिनाभित्र प्रतिवेदन पेश बताउनुभयो ।

चिनियाँ ठेकेदार कम्पनी साङघाई ग्रुपले यो सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनिँया सरकार र नेपाल सरकारबीच द्धिपक्षिय सम्झौता भएको हो ।

कम्पनीले सन् २०१३ सेप्टेम्बरदेखि काम थालेको थियो । यो सडक खण्ड चीनले ६ वर्ष लगाएर निर्माण सम्पन्न गरेको थियो । २०७२ मा आएको विनाशकारी भूकम्प र नाकाबन्दीको असरले समेत यो समयमै सम्पन्न नभई समय लम्बिएको विभागले बताएको छ ।

सयम लम्बिएपछि सर्भिस ट्रयाक बल्खु–खसिबजार खण्डको सर्भिस ट्रयाक निर्माण गर्न चीन असमर्थ भएपछि विभागले बनाउने सम्झौता भएर म्याद थप भएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो । अहिले त्यहाँ पर्खाल लगाउने, सर्भिस ट्रयाकको कालोपत्रेको लागि कामहरु भईरहेको छ ।
उहाँले सर्भिस ट्रयाकको काम तीन महिनाभित्र सम्पन्न गरिसक्ने बताउनुभयो । यात्रुलाई सहज पार्न विभागले रकम विनियोजन गरेर ग्वार्काे, सातदोबाटो र महालक्ष्मी स्थानमा आकाशे पुल निर्माणको काम थालि सकेको उहाँको भनाई छ ।

आठ लेनको सडक भएपनि यस खण्डमा ट्राफिक जामको चर्काे सास्ती यात्रु खेप्नु परिरहेको छ । सवारी चाप हुने पिक आवर बाहेक पनि सवारी जाममा पर्ने पुरानै शैली यस खण्डमा कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्