पञ्चासे केबलकारमा एनआरएनले ४० करोड लगानी गर्ने



नेपाल समाचारपत्र, पर्वत
पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीबाट ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) मा भएको अन्तर्राष्ट्रिय पर्वत समाजको बृहत् भेलाका क्रममो गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् ।

पोखरा महानगरपालिका–३३ घा“टीछिनादेखि पर्वतको कुस्मा नगरपालिका र मोदी गाउ“पालिकामा पर्ने पञ्चासेसम्म केबलकार सहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ । पञ्चासे केवलकार गण्डकी प्रदेशकै सबैभन्दा ठूलो परियोजना भएकाले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । केबलकार परियोजनालाई असाध्यै राम्रो परियोजनाको रुपमा उहा“ले स्विकार गर्नुभयो बृहत् भेलामा सहभागी भएका अध्यक्ष शर्माले भन्नुभयो–‘भेलामा सहभागी पर्वतबासी र अन्य गैरआवासीय नेपालीले समेत स्वतस्र्फुत रुपमा लगानी गर्न प्रतिबद्धता जनाउनुभएको छ ।’ देश सम्बृद्ध बनाउने राम्रो एजेन्डामा उहा“हरुको सकारात्मक प्रतिबद्धतासहित लगानीको लागि अग्रसर रहेको आफूले पाएको शर्माको भनाइ छ ।

अध्यक्ष शर्माले दिएको जानकारी अनुसार पर्वत सेवा समाज अस्ट्रेलियाले भेलामा प्रमुख एजेण्डाको रुपमा पञ्चासे केबलकार निर्माणको बिषयलाई उठाएको थियो । अष्टे«लियामा बस्ने पर्वतबासीले २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतलगायतका युरोपेली देशबाट १० करोड लगानी गर्ने प्रतिबद्धतता आएको छ भने पर्वत समाज कतारबाट २ करोड, पर्वत समाज बेल्जियमबाट १० करोड लगानीको प्रतिबद्धता आएको छ । कास्की समाजसं“ग समेत छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

केबलकार साढे ११ अर्ब रुपिया“ लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर संकलन गर्ने लक्ष्य छ । ४ अर्ब ५५ करोड शेयरमध्ये २ अर्ब ७३ करोड प्रवद्र्धक शेयरबाट संकलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । बा“की १ अर्ब ८२ करोड रुपिया“ भने शेयर निष्काशनबाट संकलन गर्ने लक्ष्य छ । कम्पनीले प्रभावित गाउ“मा न्युन आय भएका सर्वसाधरणका लागि रोजगारीसहित शेयर वितरणका लागि शिविरसमेत सञ्चालन गरिसकेको छ ।

कम्पनीले कुस्मा नगरपालिकाको आर्थर, मोदी गाउ“पालिकाको चित्रे र राम्जामा शिविर सञ्चालन गरिसकेको छ भने आ“धीखोला गाउ“पालिकाको बाङसिङ, फेदीखोला गाउ“पालिकाको बा“गे फड्के, पोखरा महानगरपालिकाको भदौरे र चापाकोट तथा अन्नपूर्ण गाउ“पालिकाको सल्यानमा समेत शिविर सञ्चालन गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो ।

२०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ । पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउ“पालिका एवम् सरकारस“ग करिब ३ हज्रार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ । पञ्चासे तालदेखि चित्रे गाउ“सम्म जीप फ्लायर, पञ्चासेदेखि आर्थरसम्म साइकल लेन, पञ्चासे घुम्ने ट्रेकिङ रुट, बाल उद्यान एवम् फन पार्क, श्रवणकुमार आश्रम, हस्तकला बिक्रीकेन्द्र एवम् हेरिटेज प्लाजासहित होटल, रिसोर्ट, अल्कोहल जोन तथा होम स्टे तयार गरिने परियोजनाको लक्ष्य छ ।
परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजार जनाले रोजगारी सिर्जना हुने अनुमान छ । सोही समूहले तनहु“को बन्दीपुरमा पनि केबलकार निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्