व्यक्तिवृत्त तीखो कलमका चर्चित लेखक



मोहन दुवाल
खगेन्द्रराज संग्रौलाको साहित्यिक नाम हो– खगेन्द्र संग्रौला। वि.सं. २००३ मङ्सिर १० गते शुभाङ, पाँचथरमा जन्मेका यिनले थुप्रै अनुभव, सङ्घर्षका जीवन क्रमहरू अनुभँत गर्दै आजको चर्चित लेखक खगेन्द्र संग्रौला बनेका हुन्। तीखो कलमका चर्चित लेखक भनेर ख्याति प्राप्त गरिसकेका लेखक खगेन्द्र संग्रौलाले साहित्य युगको स्पन्दनको कलात्मक प्रतिविम्बन हो भन्ने व्याख्या गरेका छन्। उनी साहित्यको परिभाषा गर्दै लेख्छन्– वर्ग विभाजित समाजमा साहित्यले समाजको मानवीकरण वा अमानवीकरणको प्रक्रियामा सघाउ पु¥याउँदा हाम्रो आजको सामाजिक सन्दर्भमा साहित्य र कला व्यापक जनसमुदायको भावनात्मक उत्थानतर्फ अग्रसर हुनुपर्दछ भन्ने मलाई लाग्छ। यस्तै विचारलाई मापदण्ड बनाउँदै साहित्य सिर्जना गर्दै आएका यिनका कथा, नाटक र उपन्यासका पात्रहरू, घटनाक्रमहरू, विषयवस्तुहरू सबै–सबैजसो यस्तै खालका सामाजिक सन्दर्भहरूबाट प्रभावित छन्।

व्यङ्ग्यको भाषामा तीतो, टर्रो र खह्रो कुराहरू गर्न सिपालु यिनी सुन्दर भाषामा आफ्ना विचारहरू सभा–समारोहमा राख्न सिपालु पनि छन्। वि.सं. २०३४ मा नै नलेखिएको इतिहास लेखिनुपर्ने मान्यताका साथ उपन्यास लिएर देखा परेका यिनको पहिलो रचना वि.संं. २०२४ मा बिहानी पत्रिकामा प्रकाशित अधुरो प्रेम भिजेको रूमाल रचना हो। प्रगतिशील लेखक संघका केन्द्रीय महासचिवसम्म रही प्रगतिशील लेखकहरूको नेतृत्वसमेत लिइसकेका यिनी निर्भिक भएर आफ्नो रचनामार्फत् अनुभँति पोख्न र सभा–समारोहमा विचार राख्न निडर छन्। समसामयिक घटना प्रसङ्गहरूबारे निर्भिक रही दह्रो खालका विचारहरू राख्न खोज्ने यिनी कुन्साङ काकाका रूपमा पनि चिरपरिचित छन्। पँर्व मेचीदेखि पश्चिम महाकालीसम्म, प्रवासमा र विदेशमा समेत आफ्नो लेखकीय पहिचान देखाउन सफल यिनलाई सबैजसो लेखकहरूले आफ्नै अर्थमा उठेका लेखक मान्छन्।

धेरै समय शिक्षणसेवामा आफँलाई समर्पित गराइसकेका यिनी हाल अखबारको लागि समसामयिक लेख–रचनाहरू लेख्छन्। कान्तिपुरजस्तो राष्ट्रिय दैनिकमा कलम चलाएर आफ्नो विचार व्यक्त गर्न सिपालु खगेन्द्र संग्रौलाले स्नातकसम्म उत्तीर्ण गरेका छन्। उनको भाषा सरल रहीकन ओजपँर्ण शैलीमा व्यक्त हुन्छन्। थुप्रै विदेशी लेखकहरूलाई नेपाली पाठकहरूसमक्ष पु¥याउन सफल अनुवादक खगेन्द्रले चीनका महान् नेता तथा दार्शनिक राजनीतिज्ञ माओत्सेतुङका विचार दर्शनका सङ्ग्रहहरू, चीनका प्रख्यात उपन्यास युवाहरूको गीतको अनुवादले आफँलाई सफल अनुवादकका रूपमा उभ्याइसकेका छन्। शत्रु कस्ता हुन्छन् गोर्कीको नाटकबाट परिचय बाँड्न सफल नाटककार। सरकारी निरीक्षकका रूपरङ्ग कसरी परिचालित हुन्छन् भन्ने परिचय देखाउन सफल गोगलको उपन्यास अनुवाद गर्न सबल उपन्यासकार। भियतनामी उपन्यास अजम्बरी गाउँ र कोरियाली गीती नाटक फँल बेच्ने केटीका चर्चित उल्थाकार।

लँस्युनका कथाहरूका चर्चित अनुवादक। गुनिला चिनिया कथाहरू, पुनर्वाचित पुराना कथाहरू, लु स्युनका कथाहरूका अनुवादक कथाकार। खगेन्द्र संग्रौला कथाकार, उपन्यासकार, व्यङ्ग्यकार, तीतो सत्य ओकल्ने लेखकका साथै नाटककार र सफल अनुवादक पनि हुन्। लागेको सत्य बोलिहाल्ने, तीतो भए पनि अभिव्यक्तिमा पोखिहाल्ने, कटु सत्यलाई घुमाइफिराइ जस्तोसुकै अवस्थामा पनि विचार अनुभँति लेखिहाल्ने आदि गुणले सम्पन्न यिनी लेखक साहित्य र कलाको उत्थान र विकासका निम्ति सञ्चालित सरकारी संघसंस्था, प्रतिष्ठानलाई युगानुकँल दृष्टिबाट उपयोग गरिनुपर्छ, अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने नीति नियम र व्यवहारको अन्त्य हुनुपर्छ र स्तुति तथा कृपाका आधारमा नभई स्रष्टाको सिर्जन प्रतिभा तथा उसका कृतिको गुणका आधारमा मँल्याङ्कन र पुरस्कृत गर्ने प्रेरक वातावरणको सिर्जना गरिनुपर्छ भन्छन्।

(साहित्यकार परिचय र अभिव्यक्ति ग्रन्थबाट)
शिक्षणसेवामा निकैजसो आफ्नो समय बिताइसकेका यिनी गाउँलेका चर्चित शिक्षक पनि हुन्। अनुवाद कलामा पारङ्गत यिनी निकै अध्ययनशील आजका चर्चित लेखक पनि हुन्। कथामा परिवेशको यथार्थ र पात्र–पात्राहरूको सजीव चित्रण भएर नै यिनका कथाहरू प्रभावशाली छन्। उपन्यासमा स्वाभाविकताका प्रसङ्गहरूमात्र नभई युगमा व्याप्त विसङ्गति र शोषणका जालोहरू कसरी चिर्ने हो, सोको समेत कलात्मक भाषामा व्याख्या हुनु उनको मौलिकताभित्रको शैली हो। नाटकमा व्यक्त भएका भाषाशैली, संवाद, पात्र चयन र घटना प्रसङ्गहरू आफ्नै पनमा रमरमाएका यिनका आफ्नै खालका नाट्यशैली हुन्। खारिएका अनुवाद गर्न सफल अनुवादक खगेन्द्रका थुप्रै लेख–रचनाहरू चर्चामा छन्।

सधैँ गफमा व्यस्त, सधैँ लेखनमा मस्त, सधैँ अध्ययनमा दुरुस्त भई रम्न जानेका खगेन्द्र संग्रौला सामाजिक अन्तरक्रियामा पनि रम्न र जम्न जानेका चर्चित लेखक हुन्। कलाको अभीष्ट के हो, कलाकार के हो भन्ने बारेमा यिनले यसरी विचार राखेका छन्– संघर्षशील सौन्दर्य चेतनाको निर्माण गरी मानवजातिको मुक्ति प्रक्रियामा ऊर्जा थप्नु नै कलाको अभीष्ट हो। कलाकार यस पथको एक सजग योद्धा हो। (स्रष्टा र कला ग्रन्थबाट)।

नलेखिएको इतिहास लेख्न खोज्ने, हाँडीघोप्टेको जीतबाजीमा रमाउन चाहने, सेतेको संसार होस् भन्ने चाहना राख्ने, चेतनाको पहिलो डाक देखाउन मन पराउने, आमाको छटपटीमा मन दुखाउने, फाटेको लंगौटी टालेको दिमाग कस्तो हुन्छ व्यङ्ग्यमा व्यक्त गर्न खोज्ने, जनआन्दोलनका छर्राहरू कस्ता हुन्छन् देखाउन रूचाउने, जँनकीरीका संगीत सुन्न रूचाउने खगेन्द्र संग्रौला प्रज्ञा, साझा कतैतिर नअल्झीकन आफ्नै कलमका आधारमा आफ्नो प्रज्ञा चरित्र देखाउन सफल लेखक पनि हुन्। यिनका प्रकाशित चर्चित कथासङ्ग्रहहरूमा ‘चेतनाको पहिलो डाँक’ (२०२७), ‘आमाको छट्पटी’ (२०३४) र ‘हारी’ (२०५०) मा प्रकाशित छन्। ‘जुनकीरीको सङ्गीत’ यिनको २०५६ मा प्रकाशित उपन्यास–कृति हो। यसै गरी नाटक–कृतिमा ‘हाँडीघोप्टेको जीतबाजी’ (२०४०), ‘भविष्यको खोजीमा’ (२०४२), ‘फाटेको लंगौटी, टालेको दिमाग’ (२०४९) आदि छन्। ‘जनआन्दोलनका छर्राहरू’ चर्चित निबन्धसङ्ग्रहका रूपमा प्रख्यात छन्।

एक छोरा र एक छोरीका बाबु, जमुना गुरुङका प्रिय श्रीमान्, सोझा–सीधा जनमनका प्रिय लेखक खगेन्द्र संग्रौलाले आफँलाई प्रदान गरेको सम्मानमा सम्मानमात्र लिएका छन्। तर नगद रकम लिन अस्वीकार गरेका घटनाक्रमहरू छन्। २०४६ सालमा मैनाली कथा पुरस्कारबाट प्राप्त गरेको नगद रकम जनआन्दोलनमा सरिक कैदीहरूका लागि प्रदान गरेका यिनले २०५४ मा दीपा–जनमतबाट प्रदान गरेको नगद रकम रू. ५०००।– जनमत प्रकाशनलाई नै फिर्ता दिएका थिए। यसै सन्दर्भमा आफ्नो विचार यिनी यसरी व्यक्त गर्छन्– साहित्यका वा ज्ञान–विज्ञानका अन्य विधामा लेखकहरूलाई प्रेरणा, प्रोत्साहन र सम्मान चाहिँदैन भन्ने मेरो मनसाय होइन। पुरस्कारका नाउँमा लेखकलाई बक्सिसरूपी नखतको थैलो टक््रयाउनुभन्दा सन्दर्भ, आवश्यकता र औचित्य हेरीकन लेखकका गहन कृतिको गहन खर्च गराउनु बढी सार्थक हुन्छ, लेखकको अभिनन्दन गर्नु बढी शोभनीय हुन्छ।

यस्तै खालका खह्रो विचार राख्दै आएका चर्चित आख्यानकार तथा अनुवादक खगेन्द्र संग्रौला नै आजका कुन्साङ काका हुन्, जसले परिवर्तनकामी जनमनका भावनालाई आफ्नो समसामयिक विचारका लेखहरूबाट प्रभावित तुल्याउन सफल छन्। आफ्नो विवेकको आदेशलाई मनमा पालना गरी लेखक हुन जानेका खगेन्द्र संग्रौला आजका चर्चित तीखो कलमका लेखक हुन्। कर्तव्यपथमा सधैंँ–सधैँ रमिरहन सिकँन्, शुभकामना छ।

प्रतिक्रिया दिनुहोस्