चम्किए चाम्स



रश्मी थापा
निर्देशक मिलन चाम्स पछिल्लो समय फिल्म निर्देशनमा चम्किएका छन्। उनले निर्माण र निर्देशन गर्दै आएका धेरैजसो फिल्म सफल सावित भएका छन्।

म्युजिक भिडियो निर्देशनदेखि फिल्म निर्देशनसम्म खास नाम बनेर चम्किएका मिलन कुनै बेला म्युजिक भिडियोमा चम्किएको नाम बनेका थिए। एकसाथ आधा दर्जन म्युजिक भिडियो सार्वजनिक गर्ने म्युजिक भिडियो निर्देशक, नेपाली फिल्मको विदेशमा शानदार रेड कार्पेट प्रिमियर तथा नेपाली फिल्मलाई विदेशका रमणीय स्थलमा अनुमति लिएरै सुटिङ गर्ने निर्देशकका रूपमा चिनाएका उनी अघिल्लो वर्षको सुपर हिट फिल्म लिलीबिलीअघि हँसिया, वीर विक्रम, ब्लाइन्ड रक्स, ≈याप्पी डेज, बोबीजस्ता एकपछि अर्को फिल्म निर्देशन गर्दै आएका छन्। हँसिया, वीर विक्रम र वीर विक्रम–२ का निर्माता रहेका उनी हाल वीर विक्रम–२ को पोस्ट प्रोडक्सनमा छन् भने विग बजेटको गोरखा प्रोटेक्टर नामक नयाँ फिल्मको निर्देशन गर्ने तयारीमा समेत जुटिरहेका छन्।

एउटा फिल्म सकिँदा नसकिँदै अर्को फिल्म निर्माणमा जुट्ने उनी साढे १७ वर्षको कलिलो उमेरमै ब्रिटिस सेनामा भर्ती भई बेलायत पुगेका थिए। चाम्सलाई फिल्मी मोहले नै जन्मभँमिमा फर्कायो। सानै उमेरदेखि नै फोटोग्राफीमा सौखिन उनी आफ्नो बुबाले गिफ्ट दिएको यासीका क्यामेराबाट फोटो खिच्थे। यहीबाट नै उनको फिल्मप्रतिको मोह पलाएछ।

‘मलाई सानैदेखि फिल्मको लत थियो। स्कुलबाट भागीभागी फिल्म हेर्न जान्थें। यो फिल्मलाई यसरी खिच्यो होला र यसरी बनायो होला भनेर सोचिरहन्थें। जब म रियालिटीमै म्युजिक भिडियो र फिल्म निर्देशक बनें, त्यतिबेला थाहा भयो मेरो बाल मस्तिष्कले सोचेको त वास्तवमै सही पो रहेछ’ –उनी भन्छन्। २०३६ सालमा सुनसरीको तररामा जन्मिएका उनको नाउँ खासमा मिलन राई हो। चाम्लिङ राई भएकाले उनले मिलन चाम्स लेख्न थाले। चाम्लिङभित्र पनि साब्चा नाम्छा हुन्छ। चाम्लिङ र साब्चा नाम्छा मिक्स गरेर उनले चाम्स लेखेका हुन्। पुख्र्यौली थलो भोजपुरको भोजपुर बहुमुखी क्याम्पसमा आईकम पढ्दै गर्दा उनी ब्रिटिस फोर्समा पुगेका थिए।

‘हजुरबुबा, बुबा र काका सबै ब्रिटिस आर्मीमा भएकाले उहाँहरूबाट मलाई पनि आर्मीमा जानुपर्छ भन्ने प्रेसर थियो। ठँलोबुबा र हजुरबुबाले त आफ्नो रिटायर्ड लाइफपछि पनि ब्रिटिसकै सेवा गरेर बस्नुभएको थियो। त्यसैले २०५४ मा लन्डन गएर ब्रिटिस आर्मीमा भर्ती भएँ। त्यहाँ ट्रेनिङ गरे पनि मलाई खासै आर्मीमा बस्ने रहर भएन। यो क्रममा धेरै देशमा सेवाका लागि गएँ तर कुनै पनि देशमा बस्ने इच्छा नै जागेन’, चाम्सले सम्झिए– ‘सौभाग्यवश केही वर्षको सेवापश्चात ब्रिटिस अफिसरको मेसमा म्यानेजर लेभलको काम गर्ने मौका पाएँ। त्यहीं बसेर दिनरात समय मिलाएर र छुट्टीको समय सदुपयोग गरेर लन्डनको इस्टनस्थित लन्डन फिल्म एकेडेमीमा फिल्मसम्बन्धी कोर्स गरें। बिहान ४ बजे ट्रेन चढेर पढ्न जान्थें र दिनभरि पढेर राति फर्किन्थें। एकदिन काम र एकदिन छुट्टी मिलाएर पढ्न जाने गर्थें।’

ब्रिटिस फोर्समै रहँदा समय मिलाएर नेपाल आई म्युजिक भिडियो निर्देशन गर्न थालेका मिलनले सन् २००४ मा बु्रनई पुगेर गायक भँमिराज राईको गीतको म्युजिक भिडियो निर्देशन गरे भने राजेश पायल, उदय सोताङ, मनिला सोताङ, मौसमी गुरुङलगायतका कलाकारहरूको गीतको म्युजिक भिडियो निर्देशन गरे। ‘त्यतिबेला नेपाली म्युजिक भिडियोको नेपालबाहिर सुटिङ गररिँदैन थियो र मानिसमा बाहिर खिचेको म्युजिक भिडियो भनेपछि क्रेज थियो। मलाई लाग्छ नेपाली म्युजिक भिडियोको बाहिर सुटिङको सुरुआत गर्ने म नै पहिलो व्यक्ति हुँ। त्यतिबेला मैले म्युजिक इन्डस्ट्रिका ८० प्रतिशत कालकारसँग काम गरेको छु। अहिले पनि गरिरहेको छु।

म्युजिक भिडियोले अपडेट गराइरहन्छ र म यसलाई डाइलगबिनाको फिल्म भन्छु। फिल्म भनेको वर्षमा १÷२ वटा गरिन्छ’, हालसम्म २ सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका मिलनले भने– ‘म जुन बेला लन्डनमा थिएँ। त्यो बेला नेपाली फिल्म त्यहाँका नेपालीले नै हेर्दैन्थे। १६ एमएमको क्वालिटीमा खिचिने भएकाले मानिसहरू नेपाली फिल्म भनेपछि नाक खुम्च्याउँथे। मलाई नराम्रो फिल हुन्थ्यो। त्यसैले म त्यहाँ बस्ने नेपालीको घर घर पुगेर नेपाली फिल्मको टिकट बेच्थें। लन्डनमा नेपाली सिनेमा देखाउँदा ट्रेनको भाडा पनि उठ्दैनथ्यो। त्यतिबेला मैले अठोट लिएको थिएँ कि एउटा राम्रो सिनेमा बनाउँछु।’

फिल्मको मोहकै कारण छँदाछँदैको ब्रिटिस सेना जागिरबाट अवकास लिएर २०६८ मा नेपाल फर्केका मिलनले नेपाल आउनेबित्तिकै फिल्म हँसियाको निर्माण गरे। व्यापार मध्यम रहे पनि उनले फिल्मबाट प्रशंसा पाए। ‘सिनेमाको मोहले गर्दा म स्वदेश फर्कें। मलाई जागिर पुग्यो भनेर निस्किएको म त्यहाँको पहिलो नेपाली हो। जबकि मैले त्यही वर्ष बेस्ट सोल्जर अवार्ड पनि थापेको थिएँ। डेब्यु निर्देशनमा बनेको हँसियाबाट ममा टेक्निकल्ली नलेज छ भन्ने विश्वास मानिसहरूलाई दिलाएँ। म एक्सन मुभीको पारखी थिएँ। त्यसकारण नयाँपन भएको सिनेमा बनाउँछु भनेर हँसिया बनाएको थिएँ’, मिलनले भने– ‘त्यसपछि वीर विक्रम आफ्नो लागि भन्दा पनि दर्शकका लागि बनाएँ, बम्पर हिट भयो। त्यसपश्चात ≈याप्पी डेज र ब्लाइन्ड रक्स फ्लप भयो। ब्लाइन्ड रक्स क्रिटिकल्ली एकदमै राम्रो मानियो, अवार्ड पनि दिलायो। बोबी र लिलीबिली हिट भयो।’

बेलायत, नर्वे, हङकङजस्ता राष्ट्रहरूमा नेपाली फिल्मको रेड कार्पेटसहित प्रिमियर गरेका मिलनले इंग्ल्यान्ड, नर्वे, लन्डन टर्की, अजरबैजानलगायत देशमा आफ्ना फिल्महरूको छायांकन गरेर नेपाली फिल्मलाई फरक र नयाँ दृश्य दिएका छन्। ‘नेपाली फिल्मलाई विदेशमा सही तरिकाले रेड कार्पेट गर्नुपर्छ भनेर नायक राजेश हमाललाई लन्डनमा लगेर पहिलोचोटी हँसियाको रेड कार्पेट गरें। त्यसपछि दयाहाङलाई लगेर वीर विक्रमको रेड कार्पेट हङकङमा गरें। नर्वेमा बोबीको रेड कार्पेटसहितको प्रिमियर गरियो। नेपाली सिनेमाको विदेशमा पनि सुटिङ गर्नुपर्छ भनेर यसको पनि सुरुआत गरें, जुन काम निकै कठिन थियो। फिल्म ≈याप्पी डेज इंग्ल्यान्ड र स्कटल्यान्ड, बोबी नर्वे, लिलीबिली स्कटल्यान्ड, लन्डन र टर्कीमा सुटिङ गरियो। नेपाली सिनेमाको छायांकन पहिले पनि विदेशमा हुन्थे तर लुकेर खिचिन्थ्यो। मैले पैसा तिरेर सेक्युरिटी राखेर सिस्टममा गएर खिचेको हुँ’, मिलन सुनाउँदै थिए– ‘विदेशमा फिल्म खिच्न निकै दुःख छ।

मुख्य कुरा खर्चको हो। किनभने बाहिर सुटिङ गर्दा धेरै पैसा खर्च हुन्छ। अर्को कुरा भनेको भाषागत समस्या पनि हो। अंग्रेजी भाषा नबुझ्ने देशमा गाह्रो हुन्छ। टर्कीमा सुटिङ गर्दा त्यस्तै दुःख थियो। सेक्युरिटी हाइ अलर्टमा थियो। जताततै विथ गन आर्मी थिए। आफैं गभर्मेन्ट लेभलमा गएर हामी नेपालबाट तिमीहरूको देशलाई प्रोमोट गर्न आएको भनेर फाइल क्युमा तल हँुदा पनि प्रायोरिटीमा राख्न लगाएर सुटिङ गरियो, जुन एउटा मुस्लिम र स्ट्रिक कन्ट्रीमा निकै गाह्रो विषय थियो।’ उनले विदेशमा सुटिङ गर्दाको क्षण सम्झिए– ‘≈याप्पी डेज निर्देशन गर्दाखेरी म भुइँमा सुतेर काम गरें। डाइरेक्टर भएका कारण मलाई सिंगल रुम चाहिन्छ भनेको भए पनि हुन्थ्यो। तर अलिकति भए पनि बचाउँ भनेर भुइँमा तन्ना मात्र ओछ्याएर र सिरानीबिना सिल्पिङ ब्याग ओढेर सुत्थें। जसको प्रत्यक्षदर्शी अभिनेतृ प्रियंका कार्की हुनुहुन्छ। नर्वेमा बोबीको सुटिङमा म आफैं गाडी ड्राइभ गर्थें र खाना बनाउँथे।

पैसा बचाउँ भन्ने उद्देश्यले ४ बजे उठेर हतार हतार मुख धोएर ब्रेकफास्ट बनाएर सबैलाई ५ बजे उठाउँथे र ४ घण्टासम्म ड्राइभिङ गरेर सुटिङ सकेर राति १२ बजे फर्किन्थ्यौं। जेनेरेटरदेखि ट्राइपट पनि आफैं बोक्थें। राति १२ बजे रुममा आएर खाना पकाएर खुवाई भाडा माझेर राति २ बजे सुत्थें र फेरि २ घन्टा सुतेर ४ बजे उठी दैनिकीतर्फ लाग्थें। लिलीबिली बनाउँदा माइनस ९÷१० डिग्री तापक्रममा लिभिङ रुमको सोफामा सुतेर डाइरेक्सन गरें। यो फिल्मले मलाई सिजी लक्स कामना फिल्म अवार्डसहित धेरै अवार्ड दिलायो’, मिलनले थपे– ‘सिनेमा बनाउन कति दुःख हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ। तर त्यति दुःख गरेर बनाएको सिनेमा नहेरी समीक्षा आउँछ। फिल्मको ट्रेलर हेरेको भरमा नै फिल्म चल्छ चल्दैन भनिन्छ।’ मिलन नेपाली सिने क्षेत्रमा अरूको खुट्टा तान्ने प्रवृत्ति रहेको बताउँछन्। ‘यहाँ मानिसको खुट्टा तान्ने प्रवृत्ति विकृतिका रूपमा रहेको छ। राम्रो काम गरौं भन्ने भावना भएको मान्छेलाई यस्तो कुराहरूले घरीघरी हतोत्साहितचाहिँ बनाउँदो रहेछ। नेपाली सिनेमालाई कसैले नराम्रो भनिदियो भने मलाई चित्त दुख्छ। नेपाली सिनेमाका लागि विदेशमा बसेर मानिसको ढोका ढकढकाएर टिकट बेचेको अहिले पनि झलझली सम्झना आउँछ। जुन बेला नेपाली दर्शकले नै नेपाली सिनेमालाई छि भन्नुहुन्थ्यो।

र्याप्पी डेज निर्देशन गर्दाखेरी म भुइँमा सुतेर काम गरें। अलिकति भए पनि बचाउँ भनेर भुइँमा तन्ना मात्र ओछ्याएर र सिरानी बिना सिल्पिङ ब्याग ओढेर सुत्थें। नर्वेमा बोबीको सुटिङमा म आफैं गाडी ड्राइभ गर्थें र खाना बनाउँथें। ४ बजे उठेर हतार हतार मुख धोएर ब्रेकफास्ट बनाएर सबैलाई ५ बजे उठाउँथे र ४ घन्टासम्म ड्राइभिङ गरेर सुटिङ सकी राति १२ बजे फर्किन्थ्यौं। जेनेरेटरदेखि ट्राइपट पनि आफैं बोक्थें।

तर अहिले त्यही दर्शकले नेपाली सिनेमा राम्रो बनिरहेको छ भन्नुहुन्छ। यसमा राम्रो फिल्म दिने धेरैजना मेकरको योगदान रहेको छ’, मिलन भन्छन्– ‘मैले चाहेको भए राम्रो तरिकाले पैसा कमाएर आफ्नो गुजारा गर्न सक्थें। तर मेरो लागि फिल्म नै प्यारो भयो।’ नेपाली सिने क्षेत्रलाई राम्रा राम्रा सिनेमा दिने सोच रहेको बताउने मिलनले आफ्नो आगामी फिल्मको बारेमा खुलाए– ‘वीर विक्रम–२ पछि यस्तो सिनेमा बनाउँदै छु जुन सिनेमाले नेपाललाई संसारभर चिनाउनेछ। गोर्खा प्रोटेक्टर नामक उक्त सिनेमाको काम शुरू पनि गरिसकेको छु। यसबारे मैले होमवर्क गरेको करिब ७÷८ वर्ष नै भयो। सन् २०२० को अन्त्यमा ग्लोबल्ली रिलिज गर्दै छु। यो फिल्मले नेपाललाई आफ्नो बहादुरी र इमानदारीमार्फत संसारभर चिनाउने गोर्खालीको प्रतिनिधित्व गर्छ।

संसारमा मानिसहरूले नेपाललाई पहिलो सगरमाथाको देश, दोस्रो गौतम बुद्धको र तेस्रो गोरखालीको देश भनेर चिन्दा रहेछन्। मैले यही कुराहरू समावेश गरेर गोर्खा प्रोटेक्टर बनाउन लागेको हो। जसमा बेलायतकी महारानी एलिजाबेथसम्मको कुराहरू जोडिनेछन्। १३ जना भीसीमध्ये १ जना मात्र हुनुहुन्छ, जसलाई रानीसम्मले सम्मान गर्नुहुन्छ। फिल्मको बजेट नै २२÷२३ करोड लाग्नेछ र टेक्निकल्ली पनि रिच बन्नेछ। फिल्मको फन्डिङ बाहिरबाट हँुदै छ। जब यो सिनेमा बाहिर रिलिज हुन्छ, त्यतिबेला नेपालले गौरव गर्नेछ।’

मिलनले केही समयअघि नायक अनमोल केसीलाई लिएर ब्याचलर बन्टी नामक फिल्म निर्माणको घोषणा गरेका थिए। तर अब उक्त फिल्म नबनाउने निर्णयमा पुगेको मिलन बताउँछन्। ‘म एकदमै समयमा चल्ने मान्छे भएकाले समयमा नचल्ने मेरो कसैलाई पनि छोड्दिनु फिल्मका लागि अनमोलले निर्धारित समय नदिएकोप्रति इंगित गर्दै उनले भने– ‘म काममा एकदमै स्ट्रिक मान्छे हुँ। यदि कोही समयमा चल्दैन भने कसैलाई पनि छोड्दिन। अनमोलसँग ट्युनिङ र टाइमिङ नमिलेपछि उक्त फिल्म नगर्ने निधो गरें। पछि ऊ सँग मेरो सहकार्य हुन सक्छ। यो फिल्मचाहिँ गर्दिनँ। नेपाली सिनेमा क्षेत्रमा दर्शकले पनि मेकरलाई भन्दा कलाकारलाई ठँलो मान्छन्। कलाकारले गल्ती गर्दा पनि उहाँहरूलाई नै ठँलो मानिन्छ। किनकि पर्दामा पनि हिरो हिरोइन जहिले पनि पोजेटिभ र भिलेनलाई भिलेन नै देखाइन्छ। त्यसैले पदमा मानिस जस्तो देखिन्छ, रियलमा पनि त्यही तरिकाले हेरिँदो रहेछ।’

छायांकन र सम्पादनमा समेत राम्रो ज्ञान भएका मिलनले ६०÷७० म्युजिक भिडियोको सम्पादन र ५०÷६० म्युजिक भिडियोको छायांकन गरेका छन्। उनीसँग फिल्म निर्माणका लागि चाहिने उपकरण आफ्नै छन्। ‘फिल्मका लागि चाहिने उपकरणहरू आफ्नै चलाउँछु। अरूको लिन्न पनि र अरूलाई दिन्न पनि। म आफ्नै रेड ड्र्यागन क्यामेरा र एरीको अल्ट्रा प्राइम लेन्स प्रयोग गर्छु, जुन नेपालमा भर्खरै शुरू भएको हो भने हलिउडमा पनि चलाइन्छ’ –उनले सुनाए।

 

प्रतिक्रिया दिनुहोस्