एसियन कपको उदाहरणीय टोली यमन



गत फेब्रुअरीको पहिलो साता सम्पन्न १७औं एसियन कप फुटबलको उपाधि जित्दै कतार एसियाको नयाँ फुटबल शक्तिका रूपमा उदाएको छ। सन् २०२२ को फिफा विश्वकप आयोजक बनेको कतारका लागि यो सुखद कुरा हो। हुन त कतारले अहिलेसम्म फिफा विश्वकप खेलेको छैन। न त यसअघि नै कतारले एसियन कपको उपाधि जितेको थियो। फिफा विश्वकपको इतिहासमा पनि विश्वकप नै नखेली अयोजनाको जिम्मा पाउने कतार एक्लो टोली हो। यसअघि एसियाली राष्ट्र जापानले भने यो नियति भोग्नबाट बचेको थियो।

जापानले सन् २००२ मा दक्षिण कोरियासँग संयुक्तरूपमा विश्वकप आयोजनाको जिम्मा पाएको थियो। तर, उक्त जिम्मेवारी पाएको मितिसम्म जापानले विश्वकप नै खेलेको थिएन। तर, सन् १९९८ को फ्रान्समा सम्पन्न फिफा विश्वकपमा जापान पहिलोपटक छनोट भयो। यसरी विश्वकप नखेली सन् २००२ को विश्वकप आयोजक बन्ने परिचयलाई जापानले मेटाउन सफल भयो। तर, अहिले जापानझैं छनोट हुन नसके पनि पहिलोपटक एसियन कप च्याम्पियन बनेर केही हदसम्म विश्वकपका लागि लायक भएको प्रमाण कतारले दिएको छ। यति मात्र होइन, राजनीतिक कारणले पनि अन्य अरब राष्ट्रसँग सम्बन्ध चिसिएको कतारका लागि युनाइटेड अरब इमिरेट्समा जितेको एसियन कप उपाधि धेरै महŒवपँर्णसमेत बनेको छ।

एकातिर कतारले नयाँ इतिहास बनाउँदा अर्कोतिर द्वन्द्वग्रस्त यमन राष्ट्रिय फुटबल टिमको सफलता भने उदाहरणीय बन्यो। एसियन कप छनोटअन्तर्गत समँह ‘एफ’ मा नेपालकै समँहमा रहेको फिलिपिन्स र यमन क्रमशः समँह विजेता र उपविजेताको हैसियतले पहिलोपटक एसियन कपमा छनोट भएका थिए। नेपाल भने सोही समँहको अन्तिम स्थानमा रहँदै बाहिरिएको थियो। एसियन कपमा यमन, फिलिपिन्स र किर्गिस्तान पहिलोपटक छनोट भएका थिए। तर, पहिलोपटक छनोट हुने तीन राष्ट्रमध्ये यमनको एसियन कप यात्रा भने ज्यादै कठिन थियो। यो कथाले यमन फुटबल टिमको स्पोर्ट्स स्पिरिट, टिमवर्कबाट निस्केको सकारात्मकता र सफलतालाई उजागर गरिएको छ। जो साधन र स्रोत अभाव भएका टिमका लागि उदाहरण बन्न सक्छ।

यमनमा पछिल्ला ४ वर्षदेखि गृहयुद्ध जारी छ। यसका बाबजुद पनि यमन एएफसी एसियन कपका लागि छनोट भएको थियो। त्यो पनि त्यस्तो समय, जति बेला विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यमनका केही फुटबलरको हत्या र अपहरण गरिएका समाचार सार्वजनिक भएका थिए।

योबाहेक गृहयुद्धमा पिल्सिएका कारण उनीहरूसँग खेल्नका लागि रंगशालासमेत थिएन, न त खेलाडीका लागि कमाउने कुनै स्रोत नै। कतिपय खेलाडी ट्याक्सी र बस चलाएर दैनिक गुजारा चलाउँछन् भने केही किराना पसलमा काम गर्छन्। यति मात्र होइन, पछिल्लो ४ वर्षयता यमनमा घरेलु फुटबल लिग पनि शँन्य नै छ। यमनका थुप्रै क्लब आर्थिक अभावसँग जुझिरहेका छन्। कतिपय क्लबसँग कर्मचारी र खेलाडीलाई दिने पैसासमेत छैन। तैपनि यमनले पहिलोपटक एएफसी एसियन कपमा खेल्यो। वर्तमान अवस्थामा यमनका लागि सबैभन्दा सकारात्मक कुरा नै यही बन्यो।

अरब देशहरूबीच सन् १९७० देखि खेल्न थालिएको गल्फ कप प्रतियोगितामा अहिलेसम्म यमनले कुनै म्याच जितेको छैन। यमन एएफसी एसियन कपमा खेल्ने सबैभन्दा तल्लो वरीयता (१३५औं स्थान) को टिम हो। यमन राष्ट्रिय फुटबल टिमका कतिपय खेलाडीले आफ्नो फुटबल सपना पँरा गर्न र परिवारको पेट पाल्नका लागि सानोतिनो कामलाई अँगालेका छन्। टिमका गोलकीपर मोहम्मद आयस र सुकरी अल दहिया तेल कम्पनीमा काम गर्छन्। सुलेमान हजम सडकमा आलु बेच्ने गर्छन्। केही खेलाडी ट्याक्सी र बस ड्राइभर छन्। कोही भने आफ्नै परिवारमा निर्भर छन्।

यमनमा सुरक्षाका कारण खुलेआम हिँड्डुल गर्न अन्यलाई जस्तै खेलाडीलाई पनि सहज छैन। युद्धका दौरान केही खेलाडीले सरकारको पक्ष लिएका थिए। जसका कारण सरकार विरोधी हौती विद्रोहीले यमनका फुटबलर अली घराबा, अब्दुल्ला एरेफ र अब्दुल्ला अल बेजाजलाई उनीहरूको घरबाहिर गोली हानी हत्या गरेका थिए। कोही छनोट चरणको म्याच खेलेर घर फर्किरहेका बेला अपहरणमा परेका थिए। जसलाई ४८ घन्टापछि मुक्त गरिएको थियो। सुरक्षाका कारण खेलाडी एकैसाथ अभ्यासका लागि निस्कँदासम्म पनि कसैले नचिनुन् भनेर उनीहरूलाई मालसामान ढुवानी गर्ने ट्रकमा लगिन्थ्यो।

यमनका करिब ७० प्रतिशत स्टेडियम ध्वस्त भएका छन्। हौती विद्रोहीले देशका कयौं स्टेडियम ध्वस्त पारेका छन्। उनीहरूले स्टेडियम कब्जा गरी आफ्नो आधारस्थल बनाएका छन्। जसका कारण यमनले एसियन कपअघिको केही महिना कतारमा अभ्यास गरेको थियो।

हुन त यँएईमा सम्पन्न एसियन कपका अर्को टोली सिरियाको अवस्था पनि यमनको भन्दा कम छैन। हाल सिरिया र यमन दुवै द्वन्द्वको चपेटामा छन्। तर, एसियन कपमा यमनभन्दा सिरिया पुरानो र अनुभवी टोली हो। सिरियाले छैटौंपटक एसियन कप खेलेको छ। सिरियाका प्रायः खेलाडी अन्य देशको लिगमा आबद्ध छन्। तर, सिरियाली खेलाडीको तुलनामा यमनका खेलाडीको अवस्था भने निकै खराब छ। यसका बाबजुद पनि पहिलोपटक एसियन कपमा खेल्नु यमन फुटबलका लागि ठँलो सफलता हो।

तर, पहिलोपटक एसियन कप खेलेको यमनले सम्झनलायक प्रदर्शन भने गर्न सकेन। समँह ‘डी’ मा इरान, इराक र भियतनामसँग खेलेको यमनले एक गोल पनि नगरी बदलामा १० गोल बेहोरेर जितविहीन बन्दै समँह चरणबाट बाहिरिनुपरेका थियो। तर, अन्तर्राष्ट्रिय मिडियाले भने त्यसलाई ‘सम्मानजनक प्रदर्शन’ बताएका थिए। यमनमा गृहयुद्धका कारण विगत ४ वर्षमा ८४ हजार जना मारिएका छन्।

संयुक्त राष्ट्रसंघले यसलाई एउटा ठँलो मानवीय संकट भएको बताउँदै आएको छ। सन् २०१५ देखि अहिलेसम्म ३२ लाख मान्छे घरबारविहीन बनिसकेका छन्, जसमध्ये ७६ प्रतिशत महिला र बालबालिका छन्। ८५ हजार बालबालिका (५ वर्षभन्दा कम उमेरका) कुपोषणका शिकार भएका छन्। सेभ द चिल्ड्रेनको रिपोर्टअनुसार ८४ हजार बालबालिकाको मृत्यु भोकमरीबाट भएको जनाइएको छ। तथ्यांकअनुसार १ करोड ४ लाखभन्दा बढी मान्छे अकालमा मर्ने खतराको घेराभित्र रहेको जनाइएको छ।

यो पछिल्लो १ सय वर्षमै सबैभन्दा खराब अवस्थासमेत हो। खाद्यान्नको मँल्य ९८ प्रतिशतसम्म र इन्धनको मँल्य १ सय १० प्रतिशतले वृद्धि भएको छ। ५५ प्रतिशत मानिस पिउने पानीको पहुँचबाट टाढा छन्। यस्ताखाले बिघ्नबाधाका बाबजुद पनि एसियाको सबैभन्दा ठँलो फुटबल प्रतियोगितामा यमन छनोट हुनु कुनै चमत्कारभन्दा कम थिएन।

प्रतिक्रिया दिनुहोस्